IMG-LOGO

क्रान्तिकारी शिक्षक संघ, केन्द्रीय सदस्य प्रधानको श्रद्धाञ्जली सभा

 मंगल, असार २१, २०७९  ---

      नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल कान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य कामरेड शोभा प्रधानको असार ८ गते निधन भएको हुंदा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिद्वारा बनेपामा श्रद्धान्जली सभा सम्पन्न गर्यो । सभामा नेपाल कान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव सुलोचना छ्वाजुले कामरेड शोभा प्रधान बिजुक्छे) मायाको प्रतिमूर्ति भएको बताउनु भयो । आफन्त, पाहुना, कार्यकर्ताहरूलाई हेरचाह गर्न कहिल्यै हिचकिचाहत नगर्ने, सदा हँसिलो मुहारका कामरेड शोभा आफू असक्त अवस्थामा पनि अरूलाई हौसला दिइरहने गर्नुहुन्थ्या ।

      नेमकिपा मण्डनदेउपुरका अध्यक्ष कृष्णबहादुर तामाङले समाजको हितमा योगदान गर्नेको जन्म सार्थक हुन्छ भन्नुभयो । कामरेड शोभा प्रधानको भौतिक शरीर नरहेपनि उहाँको योगदान सदा रहिरहने तामाङले बताउनुभयो । नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा नेपाल क्रान्तिकारी महिला सघ काभ्रेका अध्यक्ष कान्ति अवा, कर्म वाइवा, लक्ष्मीराम प्रधान, पुण्यशोभा श्रेष्ठ, सुशिला तामाङ, अस्मिता खरेल, विनोद बजगाईलगायतले कामरेड शोभा प्रधानको जीवनको विविध पक्षमा प्रकाश पार्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्