अपाङ्ग बला अस्पतालको कर्मचारीहरु बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० जना घाइते भएका छन् । बनेपा नगरपालिका वडा नं ११ अपाङ्ग बाल अस्पताल तथ पुनस्र्थापना केन्द्र नजिक कर्मचारीहरु बोकेको बा.१ क ५७४७ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका डियसपी एवं सूचना अधिकारी हरि खतिवडाका अनुसार उक्त दुर्घटनामा अस्पतालको कर्मचारी लेखकुमारी बस्नेतको मृत्यु भएको बताउनु भयो ।
गम्भीर घाइते भएका ६ जनाको बि एण्ड बी अस्पताल काठमाण्डौ र एक घाइतेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको बताउनुभयो । सामान्य घाइते भएका ३३ जनाको भोमी अस्पताल र धुलिखेल अस्पतालमा उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुशन्धानमा वर्षातका कारण सडक भाँसिदा बस दुर्घटना हुन पुगेको र बस चालकलाई नियन्त्रणमा लिइ थप अनुशन्धान प्रक्रिया अघि बढाएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताउनुभयो ।
