IMG-LOGO

हाजिरी जवाफ प्रतियोगीतामा केयु हाइस्कुल प्रथम

 मंगल, असार २१, २०७९  ---

      काभ्रे माध्यमिक विद्यालय बनेपा, बुडोलमा जिल्लास्तरीय हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित उक्त कार्यक्रममा जिल्लाका २१ वटा विद्यालयको सहभागिता रहेको थियो। सो कार्यक्रममा काठमाडौं विश्वविद्यालय हाई स्कूल, चौकोट प्रथम, अरुणोदय मा.वि. पनीती द्वितीय तथा काभ्रे मा.वि., बनेपा, तृतीय भएका थिए । विजयी विद्यालय एबम् विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कुमार मानन्धर तथा सहायक प्राचार्यद्वय केशव श्रेष्ठ र विकास श्रेष्ठद्वारा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रम सञ्चालन शिक्षकहरू सीताराम तिवारी, उद्धव लुइँटेल, सागर लामा, श्यामकृष्ण मानन्धर लगायतले गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्