नेपाल तरुण दल बनेपा नगर समितिको आयोजना र नेपाली कांग्रेस बनेपा समितिको समन्वयमा राष्ट्रिय धान दिवस तथा असार १५ गते दही चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाको प्रमुख आतिथ्यता र तरुण दल बनेपा नगरसभापति विजेन रञ्जीतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्धकृष्ण घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति तिर्थ लामा, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ ‘ख’ को सभापति रामहरी श्रेष्ठ, तरुण दल काभ्रे सभापति रामजोशी, नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्य लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तरुण दलका युवा पक्तिं र नेपाली कांग्रेस काभ्रेका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
