एभरेष्ट बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषि ऋण प्रदान सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्नो वृहत सञ्जाल मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। हाल बैंकको ७ ओटै प्रदेशमा जम्मा ९८ शाखा कार्यालय, ३० राजश्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम काउन्टर रहेका छन् ।
पाँचखाल नगर कृषि शहर नारा राखेको नगरपालिकाले यस सम्झौताबाट पाँचखालका किसानको लागि सहुलियत रुपमा व्याज लाग्ने गरी ऋण पाउने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए ।
