IMG-LOGO

प्रधानमन्त्रीद्वारा जसपाका तीन मन्त्री हेरफेर

 मंगल, असार २१, २०७९  ---

काठमाडौँ—राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । जसपाको सिफारिसमा तीन जना मन्त्री हटाएर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पार्टीभित्र विवाद बढे सँगै फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो । नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश पाएका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रलयको जिम्मेवारी दिइएको छ । यी तीनै जना बाबुराम भट्टराईसँग निकट भएर पार्टी विभाजनमै लैजाने तयारीमा थिए । तर अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको आश्वासन दिएपछि उनीहरु जसपामै मिलेर जान तयार भएका थिए ।

      मोहम्मद इस्तियाक राई यो सम्म तेस्रोपटक मन्त्री बनेका छन् । मृगेन्द्रकुमार सिंह यादव ०४६ सालमा जलस्रोत सहायकमन्त्री बनेका थिए । ०६२ साल (तत्कालीन शाही शासन)मा क्षेत्रीय प्रशासक बनेका सिंह हाल राष्ट्रिय सभाका सांसद पनि हुन् । जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर आइतबार नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन । सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले पनि अघिल्लो साता पाँच जना मन्त्री हेरफेर गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्