IMG-LOGO

माओवादी केन्द्र र एकिकृत समाजवादी बिच एकताको तयारी

 मंगल, असार २१, २०७९  ---

      सत्ता गठवन्धनमा रहेका दलहरुले कांग्रे्रस वाहेकका ६ दलहरू मिलेर छट्टै गठवन्धन बनाउन छलफलमा जुटिरहेको अवस्थामा कम्तीमा पनि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अगाडि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी बीच एकताको विषयमा सकारात्मक रूपमा छलफल अगाडि वढीरहेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायण काजी श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल वीच पार्टी एकताको विषय गम्भिर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमलाई बताए ।

      वर्तमान राजनैतिक परिवेशमा नेपालको राष्ट्रियतालाई बचाउन वामपन्थी शक्तिहरुको एकता, गठवन्धन र मोर्चाबन्दी, धु्रविकरण  आवश्यकता रहेकोे छलफलको निष्र्कष रहेको छ । यसका लागि प्रक्रियागत रूपमा अगाडि जानु पर्ने बताउँदै कम्तीमा पनि चुनाव अगाडि नेकपा माओवादी एकिकृत समाजवादी बिच एकता गर्ने निचोडमा पुगेको नेताहरुले वताएका छन् । अरु वामपन्थीसँग चुनाव सम्ममा तालमेलको अवस्थामा पु¥याउने प्रयास गर्ने बताएका छन् । नेकपा एमालेले गरेको भूमिकाको सन्दर्भमा हाल सम्म कुनै पनि किसिमको आत्मा आलोचना नगरेको कारण प्रतिनिधी र प्रदेश सभाको चुनावमा बामपन्थीको नाममा एमालेसँग गठवन्धन, एकता केही पनि नहुने बैठकले निचोड निकालेको छ ।

      स्थानीय तहको निर्वाचनमा कांग्रेससँगको गठवन्धनको प्रक्रियामा कांग्रेस पार्टीले चुनावको अन्तिम चरणमा खेलेको भूमिकाले नेकपा माओवादी र एकिकृत समाजबादी दुबैलाई घाटा पुगेको निष्कर्ष निकाल्दै आगामी चुनावमा एमाले वाहेकका वामपन्थीहरुसँग एकता र ध्रुविकरणको सम्भावनाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्ययन गरिरहेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्