IMG-LOGO

अन्तरघातीलाई कारवाही गरिने

 मंगल, असार २१, २०७९  ---

      गत वैशाख ३० को स्थानीय चुनावमा पार्टी प्रति बेइमानी गर्ने एमाले भित्रका अन्तरघातीलाई  कार्वाहीको तयारी  गरिदैंछ ।  निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन । एमालेको  सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

      स्थानीय निर्वाचनका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ता विरुद्ध पार्टीमा उजुरी परेको थियो । बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको उप–महासचिव गुरुङले बताए । बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्