जनागालः काभ्रेमा कार र बस एक आपसमा दुर्घटना ः हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । प्रहरिका अनुसार शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ आउदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कलंकी सितापाइला निवासी ५५ वर्षीय ध्रुर्ब सापकोटाको निधन भएको हो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
