लामो समयदेखि काभ्रेलाई अफ्नो कर्म थलो बनाएर नेपाली भाषा र साहित्यको सेवा गरे बापत चारुशिला वाङ्मय प्रतिष्ठानले २० ७७ को चारुशिला प्रतिभा पुरस्कार साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ । नगद रु तीस हजार र प्रमाणपत्र सहिते पुरस्कार २०७६ सालदेखि दिन थालिएको हो । २०७६ का लागि सो पुरस्कार रंजना निरौलालाई प्रदान गरिएको थियो । कार्यक्रममा चारुशिला पुरस्कार २०७६ बाट साहित्यकार प्रा शिबगोपाल रिसाल, रमा शर्मा पुरस्कृत भएका थिए । त्यस्तै चारुशिला पुरस्कार २०७७ बाट मुकुन्दशरण उपाध्याय र गीता केशरीलाई नगद रु पचास हजारसहित पुरस्कृत गरिएको थियो । चारुशिला मिश्रबाट स्थापित सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको भएतापनि कोभिडका कारण यो वर्ष २०७६ र २०७७ सालको पुरस्कार वितरण गरिएको हो ।कार्यक्रम प्रतिष्ठानका अध्यक्ष साहित्यकार शैलेन्दुप्रकाश नेपालको सभपतित्वमा सम्पन्न भएको थियो ।
