IMG-LOGO

विद्यार्थी र अभिभावकलाई राहत हस्तातरण

 मंगल, असोज २७, २०७७  ---


कोरोना भाइरसका कारण बिगत ७ महिना देखि शैक्षिक गतिविधिहरु ठप्प हुँदा बिधालयहरु बन्द छन् भने विद्यार्थीहरुले पनि आफ्नो पढाइलाई राम्रो सङ आगाडि बढाउन सकिरहेका छैनन् ।तथापि कति बिधालयले भने अनलाइन कक्षालाई भने अगाडि बढाइरहेका छन् ।यस्तो अवस्थामा  बिद्यालय संचालकलाई भने ठुलै मार परिरहेको छ।बिधालयमा आवद्ध कर्मचारीलाई तलब दिने देखि भाडा लगायतका कुरा संचालकले तिर्दै आउनु परिरहेको छ।बिद्यालय नै नचल्दा विद्यार्थीसङ पैसा लिने कुरा पनि आएन।तर यी सबका बिच बनेपामा रहेको इशा मेमोरियल स्कुलले भने स्कुलमा आवद्ध कर्मचारी र अबिभावकलाई राहत बाढेको छ।सोमबार स्कुलमा एक कार्यक्रम गरि पहिलो चरण अन्तर्गत १० कर्मचारी र २७ अविभावकलाई राहत बाढेको हो।राहतमा १ बोरा चामल ,२ प्याकेट नुन,२किलो दाल,१ लिटर तेल र १किलो चिनि बितरन गरिएको थियो भने ९ जना सुत्केरी अविभावकलाई ब्ल्याङकेट समेत बाढियको थियो।कोभीड १९ रिलिफ प्याकेज नाम दिइयर बितरन गरिएको राहत कार्यक्रम दोस्रो चरणमा समेत गरिने इशा मेमोरियल स्कुलमा अध्यक्ष सुर्य प्रभा जोशिले बताउनु भयो।हामी र अविभावक भनेका एउटै परिवार भैसके पछि  दुख परेका बेला सकेको सहयोग गर्न सके राम्रो हुने भयकाले यो राहत कार्यक्रमलाई अगाडि ल्याएको एम डि नारायण जोशीले थप बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्