IMG-LOGO

भोलि पत्रकार महासंघ काभ्रेको चुनाव

 मंगल, चैत २४, २०७७  ---


मतदान ९ बजे देखि ५ बजे सम्म
नवौं जिल्ला अधिवेशनवाट नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष सम्हालेका मोतिराम तिमल्सिना  यतिवेला आफ्नो जिम्मेवारी प्रेस चौतारीबाट अध्यक्षका लागि चुनावमा उठेका नवराज बजगाईंलाई सुम्पन्न दिलो ज्यान दिएर लागि परेका छन् । भोलि हुने  जिल्ला अधिवेशनमा  बजगाई प्रेस चौतारीबाट नेपाल पत्रकार महासंघको  अध्यक्षमा उम्मेदवार बनेका हुन्  ।  काभ्रेमा बजगाई पछि प्रेस युनियन र प्रेस संगठनको सयुक्त प्यानलबाट बद्रिराज तिमल्सिना गत चुनावमा झैँ फेरी अध्यक्षका उम्मेदवार बनेका छन्  । 
बद्रीराज तिमल्सिनालाई जिताउन प्रेस युनियन र प्रेस संगठन  कम्मर कसेर लागेका छन् । काभ्रे टाइम्स र रेडियो एबिसीले यस पल्ट कुनै पदमा उम्मेदवारी दिएन अव जिताउने र हराउने मत काभ्रे टाइम्स र रेडियो एबिसीसंग मात्र छ  ।
     मैदानमा हालसम्म देखिएका ठुला तीन राजनीतिक दलका तीन वटा भगिनी सस्थाको पाइन् देखिनेवाला छ । तिनवटै सस्थाका उमेदवारहरुले आ–आफ्नो राजनैतिक धार समातेर उमेदवारी प्रस्तुत गरेका भएता पनि नेपाली कांग्रेसमा व्यापक असंन्तुष्टी र गुटबन्दीले चुनावको परिणाम यसै हुन्छ भन्ने अवस्था छैन । नेकपा माओवादी केन्द्रको भगिनी संस्था प्रेस संगठनमा अवसरवादी अराजक र गैर पत्रकारका कारण प्रेस युनियन संगठनको गठबन्धन नै खुकुरीको धारमा छ किनभने यस पल्ट काभ्रे टाइम्स र रेडियो एवीसीको मत्त नै निर्णायक हुने निश्चित छ । माओबादी क्रान्तिकारीका पत्रकार उजाड र रक्तिम लामालाई पनि दुवै प्यानलले महत्व नदिंदा उनको एक मत्तले को जित्छ को हार्छ भन्न सकिने अवस्था छैन । यो चुनावमा नेकपा एमालेसँग सम्बन्धित पत्रकारहरुको संगठन प्रेस चौतारीले एक मतले निर्णय गरी नवराज बजगाइलाई उम्मेदवार उठाएको हो भने नेपाली कांग्रेस समर्थित पत्रकारहरुको संगठन प्रेस युनियनमा कपिल कोइराला र बद्रीराज तिमलसिनाको घम्साघम्सीको अन्तिम अवस्थामा तिमल्सीनालाई दोहो¥याएको थियो भने नेकपा माओवादी केन्द्रसँंग सम्बन्धित पत्रकारहरुको सँगठन प्रेस सेन्टरले संयुक्त रुपमा बद्रिराज तिमल्सिना र प्रल्हाद शर्मा हुमागाईको संयुक्त प्यानल उठाएता पनि २१ वर्ष अघि पत्रकार महासंघ काभ्रेमा उपाध्यक्ष भइसकेका ५५ वर्षीय प्रल्हाद शर्मा हुमागाई २० वर्षीय ठिटाहरुसँग उपाध्यक्षको भाग खान ¥याल चुहाईरहेको देखिएको कुरा एक पत्रकारले बताएँ । स्वतन्त्र र क्रियाशील पत्रकारहरु काभ्रे टाइम्स र रेडियो एबिसिमा मात्र छैनन् महासंघलाई राजनितित्क पार्टीले मंञ्चका रुपमा  प्रयोग गर्दा कयौ क्रियाशील पत्रकारहरु विरक्त हुनु परेको अवस्था छ र महासंघमा क्रियाशीलले हार्ने र पार्टीको झण्डा बोक्नेको बोलबाला हुने निश्चित छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्