IMG-LOGO

गणतन्त्र मुर्दावाद भन्दा सरकार रमिते  नेकपा भित्रको झगडाले सरकार झन अस्थिर

 मंगल, मंसिर २३, २०७७  टाइम्स बिश्लेषक.

सडकमा गणतन्त्र मुर्दावाद भन्दै छ्द्द्म अघोषित र असंगठित जमातले मेचीमहाकाली मात्र होइन काठमाडौंमा पनि बिशाल ¥याली गरेका छन् । सरकारले वर्तमन व्यवस्था र संविधान विरुद्ध नारा लगाउदा पनि मौन , मुकदर्शक मात्र होइन रमिते बनिरहेको छ । नेकपाको सुविधाजनक बहुमत सरकार भएर पनि घर झगडाको मौकामा गणतन्त्र बिरोधीहरु राजा आउ देश बचाउ भनिरहेका छन् । 
     नेकपाको सरकार एक पार्टीको सरकार जस्तो छैन । दुइ पार्टीको मिलन दुई अध्यक्ष प्रणाली असफल भएको छ । सत्ता प्राप्तिको भोकमा एमाले र माओवादीको एकता भएको  थियो । बिना प्रक्रिया र पद्धति बेगर भएको एकताले पार्टी एकताले पूर्णता नपाई विघटनको डिलमा पुगेको छ । राजावादी सल्बलाउन थालेका छन् । पार्टी बैठकमा  देश जनता कोरोना भाइरसको महामारी र गणतन्त्र विरुद्धमा लागेका नारा बारे छलफल हुदैन । भलै संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि दृढ संकल्प गरौँ भन्दै हिजोको स्थायी कमिटीको बैठकमा आइतबार  जनार्दन शर्माको विशेष प्रस्ताव दर्ता गराएका छन् । 
    पूर्व मन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकार र गृह प्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने बताएका छन् ।
    संघीय लोकतान्त्रिक गणतन्त्र रक्षको रक्षा गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् । उनले जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्ताउने बारे नेतृत्व स्पष्ट रहेको उनको भनाई छ । 
    उता पछिल्ला दिनहरुमा  राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन् । देशका विभिन्न भागमा जस्तै काठमाडौंको माइतीघरमा ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन भएको छ । नेपाल एकीकरणका नायकका रुपमा चिनिएका पृथ्वीनारायण शाहको फोटोसहित नेपाली राष्ट्रिय झण्डा बोकेर राजावादीहरु प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा झाँक्रीदेखि जोगीसम्म सहभागी देखिन्थे।
‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयता सँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफुहरुको रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् । उनले भने,‘ यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’
राजधानीको एक कार्यक्रममा प्रधान सहभागी त्यो कार्यक्रममा  बोल्दै नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले चीन र भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुनु राम्रो र सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी नेपालीहरु धेरै भाग्यशाली छौं, यो अर्थमा कि अहिले हाम्रा दुईवटै छिमेक एउटा सुपर पावर भईनैसक्यो । अर्को सुपरपावर हुन गैराखेको छ । दुईवटैको अर्थतन्त्र कोरोनाले बाहेक, धेरै फड्को मारेका छन् । हामीले अलिकति बुद्धि लगाउन सक्यौं, आन्तरिक झै–झगडा छोडेर लिनुपर्छ । हामी धेरै माथि जान सक्छौं ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको उनको दाबी छ । डा. दिक्षितले भने,‘ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो । नेपालको भारतसँग यस्तो खराब सम्बन्ध कहिल्यैपनि थिएन । अहिले आएर अलिकति सुल्झाउन ओलीले पनि खोजे । भारतले पनि त्यसलाई टेवा दिएको छ । हेल्प गरेको छ । चीनसँग राम्रो देखाउन, मित्रता देखाउन भारतसँग सम्बन्ध बिगार्न ुहुँदैन् । नेपालले हिजोपनि यो खेल खेलेको हो । एकविरुद्ध अर्कोलाई प्रयोग गर्ने काम गर्न ुहुँदैन् ।’ 
    नेपाल भ्रमणको क्रममा चिनियाँ रक्षामन्त्रीले नेपाललाई सैनिक सहयोग दिन्छु भनेर  गरेको घोषणालाई उनले प्रश्न गरे,‘तर, हामीलाई सैनिक सहयोग चाहिएको छ कि छैन ? यो हामीले सोच्ने कुरा हो । अहिले किन हातहतियार चाहियो ? अहिले किन गरेको हो ? अहिले त आर्थिक उत्थानको कुरा ठूलो हो । अन्तर्राष्ट्रिय मञ्चमा हामी कसरी प्रभावकारी हुने ? यो कुरा प्रधान हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्