IMG-LOGO

चीनका रक्षामन्त्री नेपाल आएपछि  भारत नेपालविरुद्ध आक्रोशित 

 मंगल, मंसिर १६, २०७७  ---

चीनका रक्षामन्त्रीलाई नेपालमा आमन्त्रण गरेकोमा भारत आक्रोशित भएको समाचार छ । चीनका रक्षामन्त्री वेई फेङ्हेको एकदिने व्यस्त नेपाल भ्रमणबारे भारतीय कुटनीतिज्ञ रञ्जित रेले अस्वाभाविक प्रतिक्रिया जनाएका छन् ।
विगत लामो समयदेखि नेपाल भारत सम्बन्धमा आएको तिक्ततालाई पन्छाउँदै सैनिक र विदेश मन्त्रालयस्तरमा सम्बन्ध सुधारको पहल भइरहेको बेला उनको नेपाल र नेपालीलाई उत्तेजित पार्ने प्रतिक्रिया दिएका छन् । नेपालका लागि भारतका राजदूतसमेत भइसकेका रञ्जित रेले चीनका रक्षामन्त्रीलाई बोलाएर नेपालले भारतप्रति असंवेदनशीलता देखाएको आरोप लगाए । भारत र चीनका बीचको सम्बन्ध तनावपूर्ण भएको अवस्थामा नेपालले चीनका रक्षामन्त्रीलाई बोलाएर भारतलाइ बिच्क्याएको धारणा रन्जित रेको छ ।
नेपाल चीन बीच नयाँ आयाम
चीनियाँ रक्षामन्त्री फेङ्गहेको नेपाल भ्रमण पछि  नेपाल–चीन सम्बन्ध नयाँ मोडमा प्रवेश गरेको छ ।  चिनियाँ रक्षामन्त्री वे फङ्खको यो भ्रमण किन महत्त्वपूर्ण छ भने 
दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वे फङ्ख नेपाल आउनु नै चीनको चासो नेपाल प्रति छ भन्ने सन्देश चीनले दिएको छ । 
उत्तरी र दक्षिणी छिमेकी मुलुकको तर्फबाट नेपालमा लगालग भइरहेका उच्चस्तरीय भ्रमणलाई विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। नयाँ नक्सालाई लिएर दुई देशबीच उत्पन्न तिक्तताबीच हालै भारतीय गुप्तचर निकाय ’रअ’का प्रमुख सामन्तकुमार गोयलले गरेको भ्रमणले नेपालमा तरङ्ग ल्याइदिएको थियो । त्यसको केही समयपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको औपचारिक भ्रमण गरेका थिए । आइतवार चीनियाँ रक्षामन्त्री नेपाल आएर सोही दिन फर्किएका हुन् ।
भारतीय विदेश सचिवपछि चीनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण–संयोग मात्रै की रणनीतिक प्रतिस्पर्धा
हो त्यो भविष्यले बताउला । चीनियाँ अधिकारीहरू ‘ठोस उद्देश्य र प्रयोजनविना नआउने’ भएकाले चीनियाँ रक्षामन्त्री वेको यो भ्रमण महत्वपूर्ण भएको सुरक्षा मामिला विश्लेषकहरु बताउँछन ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनियाँ रक्षामन्त्री वेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेर सेनालाई ठुलो सहयोग प्रदान गर्दै बङलादेश तिर लागेका थिए ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पक्तिंमा बेलाबेला उत्पन्न हुने विवाद मिलाउने प्रयासमा नेपालका लागि चीनियाँ राजदूतको सक्रियता देखिने गरेको विश्लेषकहरू बताउँछन् । नेकपा एकताबद्ध हुनुपर्छ र जसरी दुई पार्टी एक भए त्यो प्रक्रियाले पूर्णता पाउनुपर्छ भन्ने कुरामा चीनले सहयोग गर्न चाहेको सन्देश चीनियाँ रक्षामन्त्रीले दिएको बताइन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्