IMG-LOGO

विभाजनको मुखमा नेकपा प्रधानमन्त्री ओलीको प्रस्ताव देउवालाई अस्वीकार्य

 मंगल, मंसिर ९, २०७७  टाइम्स टिप्पणीकार



नेकपा विभाजनको मुखैमा छ । प्रधानमन्त्री पनि रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेका लागि तय गरिएको पार्टी बैठकमा पेस गर्ने भनिएको प्रतिवेदन अघि नै पार्टी फुटाएर प्रतिपक्षी नेपाली काङ्ग्रेससंँग मिलेर सत्तामा टिकीरहन लागेका खबरहरु बाहिर आएका छ्न । पार्टी  फुट्को डिलमा छ । यो  सङ्कट जोगाउन दोस्रो पुस्ताका नेताहरु दौड धुप गरिरहेका छन् ।  यो संकट पार गर्दै पार्टी एकतालाई पुर्नजीवन दिन सक्ने विश्वास नेकपाका दोस्रो पुस्ताका नेताहरूले व्यक्त गरेका छन्। तर दुवै पक्षले पार्टी विभाजन भए आफ्नो कारणले नभई अर्को पक्षका कारणले हुने भन्दै विद्यमान सङ्कट टरिनसकेको सङ्केत दिएका छन् ।
प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएपछि प्रस्तावहरूको बीचमा छलफल गरेर जाने वातावरण बन्छ भन्ने विश्वास ति नेताहरूको छ। प्रधानमन्त्री ओलीले कसरी निकास दिनुहुन्छ भन्नेमा बाँकी कुरा निर्भर रहेको प्रचण्ड निकटस्थ मानिने नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाइ बताए ।
मंसिर ३ गतेको बैठकमा प्रचण्ड पक्षसँग रुष्ट देखिएका प्रधानमन्त्री ओलीले सरकार र आफूमाथि लगाइएका आरोपबारे छिनोफानोका लागि मात्रै बैठक हुने र ती आरोप गलत ठहरिए अर्का अध्यक्ष (प्रचण्ड) पदबाट हट्नुपर्ने भन्दै आफ्नो प्रतिरक्षा गरेका थिए ।
प्रचण्डका आधारहीन आरोप अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले अलग्गै प्रस्ताव ल्याउने
पत्र आदान–प्रदानपछि प्रस्तुत प्रचण्डको प्रस्तावप्रति ओली पक्षको चर्को आपत्ति छ । यो अवधिमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली  काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएरसँंग  सत्ता साझेदारको प्रस्ताव शनिबार  गरेका थिए ।
 नेकपाको अध्यक्ष रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि गरेको आग्रहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रष्ट जवाफ नदिएको थाहा भएको छ ।
छलफलमा ओलीले कांग्रेसलाई खु्शी बनाएर सरकार सहभागी गराउने प्रस्ताव गरे पनि देउवाले तत्कालै सरकारमा जाने आशय प्रकट नगरेको स्रोतको दाबी छ। छलफलपछि देउवाले निकट नेताहरुसँग कांग्रेसलाई अहिले प्रतिपक्षमै बस्ने म्याण्डेट प्राप्त भएको र नेकपा फुटे सत्ता सहकार्यका लागि छलफल गर्न सकिने जवाफ दिएको ब्रिफिङ गरेका छन् ।
देउवा निकट एक नेताले देश काभ्रे टाइम्ससँग भने, ‘उहाँले जनताले पार्टीलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएको बताउनुभएछ । यदि नेकपा फुट्यो भने छलफल गर्न सकिने जवाफ दिनुभएको छ।’यसअघि गत असारमा पनि नेकपा विवाद उत्कर्षमा पुग्दा ओलीले देउवालाई बोलाएर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावलाई नेकपाका नेताहरुले अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गलाउने रणनीतिका रुपमा विश्लेषण गरेका छ्न ।परिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ ।
के नेकपा विभाजन होला ?
कार्तिक महिनाको अन्तिम साता बसेको बैठकमा प्रचण्डले लिखित रूपमा सरकार र प्रधानमन्त्रीबारे प्रश्न उठाएपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। केही समययता शीर्षस्थ नेताहरूले सार्वजनिक माध्यमबाट पार्टी एकता खतरामा रहेको भन्दै नेकपा दुई टुक्रा हुनसक्ने सङ्केत गरेका थिए।
आफूलाई लगाइएका आरोपमा जवाफसहित प्रतिवेदन ल्याउन प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको सरकारभित्र र बाहिर भएका नेताहरूले बताउने गरेका छन् तर पछि के हुने हो अझ भन्न सकिने अवस्था नभएको उनीहरूको बुझाई छ ।
उनका अनुसार यो बीचमा संवाद र विमर्शका लागि समय प्राप्त भएको छ । यसै बिच नेकपा नेता सुरेन्द्र पाण्डे उपस्थित चितवनको एक कार्यक्रममा भएको नाराबाजीको अर्थ हो नेकपा फुटको संघारमा छ । प्रधानमन्त्री ओलीको पार्टी तथा सरकार सञ्चालन गर्ने कार्यशैलीबारे तीन पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल रझलनाथ खनाल तथा अन्य नेताको समूहको असन्तुष्टिसँगै चर्किएको विवादको शृङ्खला त्यति सजिलै नटुङ्गिने सम्भावना विभिन्न नेताहरूको भनाईबाट प्रतविम्बित हुन्छ ।
पार्टी फुटे दोष कसको?
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल दुवै पक्षले एकअर्कालाई पार्टी फुटाउन खोजेको दोषारोपण गर्ने गरेका छन् तर आफ्नो पक्षबाट भने नेकपा कुनै हालतमा नफुट्ने दुवै पक्षले बताउदै आएका छन् ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्