IMG-LOGO

एक पल्टका लागि नाम, थर र जन्ममिति सच्याउन पाइने

 सोम, सावन २०, २०८२     टाइम्स समाचारदाता

       हेर्दा सामान्य तर व्यवहारिक रूपमा धेरै झन्झट बेहोरिरहेका नेपाली नागरिकका लागि अत्यन्तै खुशीको खबर छ । सरकारले एक पल्टका लागि आफ्नो व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने ऐन ल्याएको छ । नाम, थर र जन्ममिति मिलेको छैन भने अब तपाईंले सम्बन्धित वडाको सिफारिसमा आफ्नो जन्म मिति नाम थर मात्रै होइन आमा बुबाको नाम थर र जन्ममिति ठेगाना जस्ता व्यक्तिगत विवरण सच्याउन सक्नु हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने गरि सरकारले ऐन ल्याएको हो ।

      पञ्चायतकालमा नागरिकता टोली हुने खानेको घरमा बस्थ्यो त्यहाँ भाले कुखुरा खसी बोका ढालिन्थ्यो । रक्सी ग्यालिनका ग्यालिन व्यवस्था हुन्थ्यो र टोली र घरमुलीले गाउँ टोल बासिन्दाका नाम थर जन्ममिति सबै बिगारिदिन्थे । त्यही बिग्रेको नाम थर र जन्ममिति भोगेर कयौं मरिसके त धेरै त्यही सास्ती भोग्दै  छन् । गाउँका सामन्तीले गरिब निमुखा र दलित माथि नाम थर र जन्ममिति बिगारिदिएर अत्याचार गरेका थिए । ति गरिब निमुखा र दलितका नाम नेप्टे, चेप्टे, भुन्टे, च्यान्टे, गट्टे, मोटे, डल्ले, घैटे, कानो खोरण्डो लङगडे फुस्रे सेते काले गोरे, जेठो माइला साहिला काइला अन्तरे जन्तरे कान्छा जस्ता लोग्ने मान्छेका नाम हुन्थे । भने पातली मोटी च्यान्टी भुन्टी गुम्मी मसिनी, घोप्टी, डल्ली, झुम्री बट्टाई माकुरी जेटी माइली साहिली काइली कान्छी जस्ता महिलाका नाम हुन्थे । थर भने दलित र आदिवासीका बिगारिदिन्थे (च्यामे, चमार, सार्की दमाई, डुम कामी डाङ्रो पोडे तामाङजातिलाई भोटे, नेवार, मगर लिम्बु र गुरुङका नाम थर बिगारिदिन्थे । गणतन्त्र आएपछि अहिले त्यो अवस्था छैन र सम्भव पनि छैन ।

      पहिला भएका त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि भने त्यो सच्याउने मौका मिलेको छ । तपाईंको र तपाईंका आफ्नाको पनि नाम थर जन्ममिति लगायत ब्यत्तिगत विवरण बिग्रेको छ भने सच्याउन सक्नु हुनेछ । कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा त्यसका लागि सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ । एकपटकका लागि नाम थर जन्म मिति लगायत ब्यक्तिगत विवरण सच्याउने ऐन आएका सम्बन्धमा वकिल पत्रकार, मानवअधिकारवादी, शिक्षकको धारणा हामीले बुझेका थियौ त्यो अभिमत जस्ताको तस्तै ः

      कानुन व्यवसायी आर्थिक विश्लेशक एवं काभ्रे बहुमखी क्याम्पसका क्याम्पस प्रमुख केजी बैदार यसो भन्नुहुन्छ ः सरकारले ल्याएको पञ्जिकरण ऐन २०७६ ल्याइ व्यक्तिगत घटना दर्ता, नाम, थर, जन्म मिति, ठेगानामा त्रुटी भइ कार्यमा बाधा अट्चन परी समस्या भएका नागरिकहरुको लागि सहजीकरण गरी दिएर सच्याउने प्रबन्ध गरेको छ यो स्वागत योग्य छ । व्यक्तिगत होस या कर्मचारी दुबैबाट भएका कमीकम्जोरी सच्याई नागरिकहरुलाई सहजता प्रदान गर्नु राम्रो कार्य हो । सरकारका तत् तत् सूचना प्रणालीलाई थप व्यवस्थित गर्नुपर्छ उहाँको तर्क रहेको छ । त्यस्तै गरी नेपाल पत्रकार महासंघ काभ्रको पूर्व अध्यक्ष महेश पौडेलको भनाइ यस्तो रह्यो ः व्यक्तिगत घटना विवरण, जन्म, मृत्यू दर्ता, बसाँइ सराई, विवाह दर्ता गर्दा विशेष सावधानी पूर्वक आप्mनो नाम थर, ठेगाना, माता पिताको नाम ठिक छ की छैन भनेर बुझेर हेर्न नसक्दा, सम्बन्धीत निकायका अधिकारीले समेत ध्यान नपु¥याउँदा नाम, थर ठेगानामा कतिपय नागरिकहरुको नागरिकता, जन्म दर्तामा त्रुटी हुन पुगेको छ । त्यस्तो प्रक्रिया हुँदा अधिकांश नागरिकहरुले दुःख हैरानी बेहोर्नु परेको छ । ढिलै भए पनि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्म दर्ता एक वर्ष भित्रमा सच्याउन सरकारले ल्याएको ऐनलाई सकारात्मक ढङ्गबाट लिन सकिन्छ । हामी परम्परागत कार्य पनि छोडी नसकेको, पुरै डिजिटल प्रविधि मैत्री भइ नसकेको अवस्थामा एक पटक मात्र हैन प्रमाण योग्य भएको खण्डमा सधैंको लागि सच्याउने प्रबन्ध हुनुपर्छ । त्यस्तै गरी इन्सेक काभ्रेका पूर्व अध्यक्ष एवं मानव अधिकारकर्मी भोजराज तिमल्सिनाको प्रतिक्रिया दिर्दै भन्नुभयो ः नागरिकहरुलाई सूसूचित, सचेत गराउने, सरकारी निकायका सूचना अभिलेखिकरण, व्यवस्थित गर्ने प्रणाली नहुँदा नागरिकहरुले अनाहकमा दुःख कस्ट व्यहोर्नु परेको छ यस्तो अवस्था अब नागरिकले खेप्नु नपरोस् । नागरिकता, जन्म, मृत्यूदर्ता बसाँई सराइ, विवाह दर्ता, शैक्षिक प्रमाण पत्र, नागरिकतामा फरक फरक नाम वा थर ठेगानामा त्रुटीलाई सच्याउन मौका दिनु सरकारको स्वागत योग्य कदम हो ।

 

नाम थर जन्म मिति सच्याउन दैनिक १५ को हाराहारीमा आउँछन्

            जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा नाम, थर, जन्म र मिति सच्चाउनका लागि दैनिक करीब १५ जना जति सेवा लिन गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताउनुभयो । नागरिकता, शैक्षिक प्रमाण–पत्र, लालपूर्जा जस्ता विषयमा नाम, थर, आकार, उकार त्यस्तै गरी नाम नै फरक परेको सवालमा सच्चाउन भनि सेवाग्राही आउने गरेको प्रशासनले जनाएको छ । सच्याउन आउँदा सम्बन्धीत स्थानीय सरकार वडा कार्यालयको सिफारिस पत्र र निवेदन अनिवार्य भएपछि मात्र नाम थर जन्म मिति सच्चिने जिप्रका काभ्रेले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्