IMG-LOGO

फर्जी कागजपत्रका कारण बीमा प्राधिकबरणका अध्यक्ष निलम्बनमा

 सोम, सावन ६, २०८२  राजधानी समाचारदाता

        बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित परेका छन् । ओझाले नक्कली प्रमाणपत्र पेश गरेर बीमा प्राधिकरणको अध्यक्ष भएको पुष्टि भएपछि उनी निलम्बनमा परेका हुन् । राजधानी स्थित विभिन्न समाचार माध्यमका अनुसार भनसुन र सांसद सुर्य थापाका नातेदार भएकै कारण ओझा बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल  भएका थिए । अध्यक्ष बन्नु अघि ओझा एक सामान्य पत्रकार थिए उनलाई राजनीतिक पहुँचका आधारमा बीमा प्राधिकरण जस्तो संवेदनशील र नियामक निकायको अध्यक्ष पदमा अर्थमन्त्री बिष्णु पौडेलले नियुक्त गरेका हुन् । बीमा  प्राधिकरणको पद पाउने भएपछि ओझाले फर्जी कागजपत्रको साहारामा २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा मनोनित हुन सफल भएका थिए ।

     बीमा ऐन २०७९ बमोजिमको कुनै योग्यता नै नपुग्ने फर्जी व्यक्तिलाई गैर कानुनी रुपमा नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय सार्वजनिक भए लगत्तै विभिन्न संचार माध्यमले उनीबारे समाचार बनाएका थिए । योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्ष बनाइनु देश कै बेइज्जत भएको थियो ।

     २०८१ फागुन १३ गते नियुक्ती पाएका ओझा चार महिना १७ दिन काम गरेपछि निलम्वनमा परेका हुन् । केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त ओझामाथि छानविन गर्न उच्च अदालतका न्यायाधिश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको हो । बीमा ऐन अनुसार उक्त निर्णयसँगै ओझा निलम्वनमा परेका हुन् ।

     चाणक्य मिडिया प्रालिमा संवाददाताको रुपमा कार्यरत ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न मन्त्रिपरिषदमा फर्जी कागजात पेश गरी उनले नियुक्ती लिन सफल भएका थिए । साथै प्रचलित कानुनमा ३५ वर्ष उमेर पुरा भएको व्यक्तिले मात्रै नियुक्ती लिनुपर्ने ठाउँमा अध्यक्ष छनौट समितिले सुरुवातदेखि नै झुक्याएर बिचौलियाको  सेटिङमा नियुक्ती दिलाइएको थियो । अर्को रोचक कुरा त के छ भने ट्रिनिटी एक्जिम प्रा.लिमा काम गरेको भन्दै अनुभवको प्रमाण पत्र पनि पेश गरेका थिए । उक्त ट्रिनिटी एक्जिम नाम गरेको कम्पनी नेपाल प्रहरीमा हात हतियार आपूर्ति गर्ने कम्पनी रहेको खुलेको छ । उक्त कम्पनीमा पनि ओझाले काम गरेको नभई धम्क्याएर अनुभव सम्बन्धी प्रमाण पत्र बनाउन लगाएका थिए भन्ने कुरा बाहिर आएको छ ।

     बीमाबारे सामान्य ज्ञान, बीमाको सिद्धान्त र ऐन कानुनबारे कुनै ज्ञान नभएका पात्रलाई कठपुतली बनाएर बीमा प्राधिकरणको अध्यक्ष बनाएर बाहिरबाट उक्त संस्थालाई चलाउने कुत्सित मनसायसाथ उक्त कार्य भइरहेको थियो । यसैबीच, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ओझाको नियुक्ती प्रक्रियामा भएको जालझेल गरेको भनेर अख्तियरले अनुसन्धान र छानविन सुरु गरिसकेको थियो ।

     चौतर्फी दवाव र प्रधानमन्त्री ओलीले सबै कुरा थाहा पाएपछि सरकारले बीमा प्राधिकरण सुधार गर्ने सकारात्मक मनसाय राखेर छानविन समिति गठन गरेको छ । जुन कुरा स्वागतयोग्य छ भनेर बीमा कम्पनीहरुले भनेका छन् । ओझाले फर्जी र झुठा विवरण तथा कागजात पेश गरी नेपाल सरकार मन्त्रिपरिषदलाई समेत झुक्याएर नियुक्ती लिएकोले उनको नियुक्तीलाई छानविन समिति बनाएर चोख्याउन सम्भव छैन ।

     भनिन्छ चौतर्फी दवावपछि सरकार बाध्य भएर ओझाको फर्जी कागजातमाथि छानविन गर्न बाध्य भएको हो । यसअघिका बीमाका अध्यक्ष सुर्य प्रसाद सिलवालको भ्रष्टाचार काण्डका कारण परेको निलम्वन र यस पटक पनि शरद ओझा फर्जी कागजातको आधारमा लिएको नियुक्ती छानविन परी निलम्वन भएबाट आगामी दिनमा बीमा क्षेत्रमा गैर कानुनी, गलत नियत राख्ने खराव तत्वहरुको प्रवेश थप चुनौतिपूर्ण बन्ने र त्यस्ता तत्वहरुले बीमा क्षेत्रमा छिरेर फाइदा लिने दुस्साहस गर्ने हिम्मत गर्ने छैनन् भन्ने सबैको आशा छ ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्