IMG-LOGO

३ सन्तानको जिम्मा सरकारले लिन्छ ?

 सोम, असार ३०, २०८२    टाइम्स विश्लेषक

     प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षमै विवाह गरी ३० वर्षभित्र तीन वटा सन्तान जन्माइसक्न युवालाई सुझाव दिए । यो सुझावपछि नेपाली समाज तरङ्गित भएको छ । विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘२० पुगेपछि विवाह गरिहाल । ३० वर्षभित्र तीन छोराछोरी बनाऊ, अनि काममा लाग । सानो जन्मिँदासम्म ठूलो हुर्किसक्छ ।’ भन्न जति सजिलो छ गर्न कति गाह्रों छ । जन्माउन त जन्माउने सरकारले शिक्षा, स्वास्थ्य र रोजनगारी दिन्छ ? के ३ सन्तानको ग्यारेन्टी सरकारले लिन्छ। नेपाली युवाको प्रश्न छ ।

     प्रधानमन्त्री ओलीले बच्चा हुर्काउने उपाय पनि सुझाए, ‘बच्चालाई कोक्रोमा सुताउने स्कुल छन् ।  बच्चाबच्चीलाई स्कुल हाल्दिने अनि आमाबाबु पैसा कमाउन जाने । कोक्रोमा सुताउने, बामे सराउने, ओल्टाउने–पल्टाउने सबै खालका स्कुल छन् बच्चाको हेरविचार गर्न । ’प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा दिएको यस्तो अभिव्यक्तिपछि युवाहरूले व्यवहारमा उतार्ने चुनौतीबारे बहस सुरु गरेका छन् । शिक्षा तथा स्वास्थ्य लगायत असाध्यै महँगो भएकोले प्रधानमन्त्रीले भनेजस्तो?ीहरुको भनाइ छ ।

     यसबारेमा हामीले चिकित्सक, शिक्षक र आजका युवासंग प्रतिक्रिया लिएका छौं । प्रधानमन्त्रीले ३० बर्ष भित्र ३ सन्तान जन्माउनु भन्ने सुझाव दिएका छन् यो अहिलेको सन्दर्भमा कत्तिको सान्दर्भिक बिषय हो भन्ने प्रश्नमा उहाँहरुको धारणा यस्तो थियो ः

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुमनराज ताम्राकार भने यसो भन्छन् ः

     ‘सन्तान पाउने विषयमा केही दिन प्रधानमन्त्री केपी ओलीको भनाई अहिले चर्चाको विषय बनेको छ । आर्थिक कठिनाई, उच्च शिक्षा त्यसपछि क्यारियरको पिरलो, महिलाहरु पनि आफ्नो शरीर, स्वास्थ्य प्रतिको सजगता, युवा (वा पुरुष) विदेशिरहेको अवस्था  र पश्चिमा मुलुकको नक्कलका कारण पछिल्लो पटकका जनगणना एवं अन्य अध्ययनहरुको निष्कर्ष अनुसार नेपालमा पनि प्रजनन दर घट्दो क्रममा रहेको र यस्तै अवस्था रह्यो भने बिस्तारै नेपालमा पनि जन्मदर ऋणात्मक हुँदै जाने देखिएको छ । त्यस हिसाबले प्रधानमन्त्रीले बेलैमा सजग पार्नुभएको राम्रो हो । तर माथि उल्लेखित व्यक्तिगत एवं पारिवारिक बाध्यताका कारण उहाँको सुझाव अनुसरण गरिहाल्ने कुरामा विश्वस्त हुने ठाउँ छैन । नेपालमा कुनैबेलामा परिवार नियोजनका साधनको उपयोग तथा स्थायी बन्ध्याकरण गराउन निकै जोडबल गर्नुपरेको थियो । अहिलेको अवस्थामा राज्य वा स्थानीय तहले आर्थिक एवं प्रत्यक्ष तवरमा प्रोत्साहनका कार्यक्रम ल्याएको खण्डमा मात्र तीस वर्षको उमेर भित्र तीनवटा बच्चा पाउने गर्लान् भन्नेमा विश्वस्त हुन सकिएला । (नेपालका केही गाउँपालिकाले शुरु पनि गरिसकेका छन् ।) नत्र भने यो पनि केही दिनको रमाइलो चर्चा मात्र हो ।’

बनेपाका युवा व्यवसायी महेशकुमार कर्माचार्यको प्रतिक्रिया यस्तो रहेको छ ः

     प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जन संख्या दिवसको दिन २० वर्षमा विवाह गरी ३० वर्ष भित्रमा तीन सन्तान जन्माइ हाल्नु भन्नु स्वभावीक ठान्न त सकिन्छ तर राज्यले युवा जनशक्तिको परिचालनका लागि दिगो योजना निर्माण गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई पढ्दै गर्दैको प्रबन्ध, शैक्षिक वेरोजगारको अन्त्य गरी युवाको जोस जागँरलाई देश निर्माणको लागि प्रयोग गर्न सके मात्र देश समृद्ध बन्न सक्छ । नत्र जनसंख्या वृद्धिले गरीबी, अशिक्षा र भोकमरी नित्याउँछ ।

सरस्वती मावि धुलिखेलका प्रधानाध्यापक रमेशप्रसाद वडालको भने यस्तो प्रतिक्रिया रह्यो ः

     २०७८ सालको जनसंख्या वृद्धिदर घट्दो क्रम रहेकोले प्रम ओलीले विश्व जनसंख्या दिवसको दिन ३० वर्ष भित्र तीन सन्तान जन्माउनु भन्नु दिर्घकालीनरुपमा जनसंख्याको वृद्धिदर सन्तुलनमा राख्न त्यसो भन्नु भएको हुनसक्छ । त्यसो भन्दै गर्दा भएका अर्धदक्ष र दक्ष जनशक्तिको सहि परिचालन हुन नसक्दा विदेश पलायन भई देश रित्तींदो अवस्थामा छ । स्रोत साधनको सहि परिचालन गरी देशको निर्माणमा लगाउनु आवश्यक छ । देशमा शिक्षा, स्वास्थ्य निक्कै महंगो छ । उच्च शिक्षा अध्ययन निःशुल्क, नागरिकहरुको लागि स्वास्थ्य उपचार निःशुल्क गर्न राज्य तयार हुनुपर्छ त्यस्तै गरी युवा जनशक्तिलाई रोजगारीको ज्ञारेन्टी गरेमा जनसंख्या उत्पादन वृद्धिले खासै फरक पर्दैन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्