जब असारलाग्छ सडकमा अलकत्राको प्रदुषण युक्त नमिठो गन्ध नाकमा आउँछ । अलकत्राको पिरो धुवाँले आँखा पोल्छ । ठेकदार चटारोमा हुन्छन् । बजेट सकाउनु छ, नेता र नेताका कार्यकर्ता लाई कमिसन खानु छ । असारमा बाटो बन्छ, दशैंपछि बाटो भत्किन्छ । सडक मात्रै होइन धेरै छन् असारे बिकासका योजना र बजेट सक्नै पर्ने नेपाली विकासे परियोजनाहरु । विकास भएको देखिन्छ । बजेट सकिन्छ तर हालत बर्षौ देखि उही छ । यो अङ्कमा काभ्रे टाइम्सले खोजी गरेको असारे विकास कहाँ कस्तो छ ? यहाँ प्रस्तुत गरेका छौं ः
सडक विभागले राष्ट्रिय राजमार्ग निर्माणको कार्यहोस या काभ्रे जिल्लाका अधिकास स्थानीय सरकारहरुले भौतिक पूर्वाधारको बिकास गर्न आर्थिक वर्षको अन्त्यतिर मात्र गर्दै आएको पाइन्छ । गत साता अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड सडक कालो पत्रे गर्न जिम्मेवारी लिएको गौरी पार्वती निर्माण सेवाले समय सिमा भित्र कार्य नसक्दा ३ वर्ष सम्म पनि २५ प्रतिशत काम नसकेकाले सडक विभागले ठेक्का रद्ध गरेको थियो । उक्त बाटोमा सडक पिच नहुँदा नागरिकहरुले सास्ती बेहोर्नु परेको छ । कार्य सम्पन्न गर्नुपर्ने ११ महिना सम्मपनि सडक निर्माणले पूर्णता नपाएपछि ठेक्का रद्ध भएको थियो । २०७९ जेठ २० गते २२ महिनामा कार्य सम्पन्न गर्न २२ करोड १९ लाख ४६ हजारको ठेक्का लगेको थियो ।
गत फागुण १५ गते उक्त सडकको ठेक्का रद्ध भएको थियो । धुलिखेल–खावा सडक खण्डको बजेट सुनिश्चित भएको आगमी श्रावणमा पुनः ठेक्का आव्हान हुनेकुरा सडक डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । धुलिखेल खावा सडक खण्डको ३२ किमी देखि खावा करीब २ किमी बाटोको खाडल पुरेर सम्याउन ग्रावेलीङ गर्न पनि सडक विभागलाई असार नै लाग्नुपर्छ । ३ वर्ष सम्मपनि बाटो पिच नहुदाँ नागरिकहरुले सास्ती वेहोर्नु परेको छ । हिउँदामा घुलाम्मे बर्षातमा सडक हिलाम्मे भइ यातायातका साधन आवतजावतमा कठीनाइ भएको छ ।
त्यस्तै बनेपा नगरपालिका करुणा मार्ग सडकको करिब ३ मिटर वरिपरी परेकाको खाडल पिच गर्न समेत सडक बिभाग र बनेपा नगरपालिकालाई असार नै कुर्नु प¥यो । बर्षातको समयमा सडक पिच गर्दा सडक दिगो बन्छ त भन्ने प्रश्नमा बनेपा नगरपालिका साँगा क्षेत्र प्रमुख इन्जिनियर जय मानन्धर यसो भन्नू हुन्छः बेस प्राइम कोड गर्दा सिम सिम पानी पर्दा केही फरक नपर्ने तर ठूला झरीमा भने पिच गर्नु नहुने बताउनु भयो।इन्जिनियर मानन्धरका अनुसार सडक निर्माण को क्रममा बेस बनाउदा मट्टितेल र अल्क्ता ५०÷५० प्रतिशत प्रयोग गरि गिट्टी राख्दा पिचमा पानी पस्दैन त्यस सगै थप सडक पिच गर्न सकिने इन्जिनियर मानन्धरले उल्लेख गर्नुभयो ।
त्यस्तै बनेपा रवि ओपी आजकाल सडक बेस पेल्ने कार्य समेत असार लागेपछि सुरु भयो । संघीय सरकारले विनियोजित गरेको १ करोड ६ लाख बजेटमा १ करोड १३ लाखमा ८ सय मिटर सडक पिचको लागि ठेक्का सम्झौता भएको स्थानीयले बताए । उक्त क्षेत्रको लाम तेस्रोदेखि रागेवाससम्म १ करोड १३ लाख लागतमा ८ सय मिटर पिच हुनेछ । उक्त बीच सम्पन्न भएपछि बनेपा रविओपी पाँचखाल जाने बाटो अब १० किमी कालोपत्रे हुने छ ।
