अमेरिकी राष्ट्रपतिमा डोलाल्प ट्रमको विजयसंगै त्यहाँ रहेका आप्रवासीहरुको रुवाबासी भएको छ । त्यसको असर त्यहाँ पुगेका नेपाली समुदायमा पनि नपर्ने कुरा भएन । राष्ट्रपति ट्रम्पले करिब ६० लाख आप्रवासीलाई डिपोर्ट गर्ने प्रतिबद्धता ब्यक्त गर्दै भटाभट देश निकला गरिरहेका छ्न । त्यही क्रममा पछिल्लो पल्ट ३७ जना नेपालीलाई अमेरिकी विमानमा राखेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयलाई जिम्मा लगाइएको छ । यो समाचार सामाजिक संजालमा भाइरल मात्रै भएन ति नेपालीहरुको मानमर्दन पनि गरिएको छ ।
अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ महिला आइतबार मध्यरातमा काठमाडौं उत्रिएका हुन्. । अहिलेसम्म डिपोर्ट हुनेको संख्या १७७ पुगिसकेको छ । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेकाले नेपालीलाई काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने अमेरिकी नीति रहेकोे छ । ट्रम्पले टिपिएस लिएका १४ हजार नेपालीको टिपिएस खारेज गरेको छ । यसैगरी ट्रम नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पनि स्तब्ध बनाएको छ । खासगरी हार्वर्डका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा निलम्बन गर्ने ट्रम्पको घोषणामा अदालतको रोक लगायता पनि ट्रम टसको मस गरेका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको नयाँ आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न लगाइएको प्रतिबन्ध आज सोमबार बिहान १२ः०१ (पूर्वी समयअनुसार) अर्थात् ०४०१ जीएमटीबाट लागू हुने जनाइएको छ । ट्रम्प प्रशासनले यो कदम ‘विदेशी आतंकवादीहरूबाट देशको सुरक्षा’ सुनिश्चित गर्न चालेको बताएको छ । नयाँ आदेश अनुसार पूर्ण प्रतिबन्ध लाग्ने देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । साथै, अन्य सात देशहरू (बुरुन्डी, क्यूबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, र भेनेजुएला) माथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ, जसमा केही प्रकारका भिसाहरूमा मात्र रोक लगाइनेछ ।
साथै, अन्य सात देशहरू (बुरुन्डी, क्यूबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, र भेनेजुएला) माथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ, जसमा केही प्रकारका भिसाहरूमा मात्र रोक लगाइनेछ । ट्रम्पले भने, “यी देशहरूमा आतंकवादीहरूको उल्लेख्य उपस्थिति रहेको छ, उनीहरूले भिसा सुरक्षामा पर्याप्त सहयोग गरेका छैनन्, यात्रुहरूको पहिचान पुष्टि गर्न नसक्ने अवस्था छ, र आपराधिक रेकर्ड तथा भिसा अवधि उल्लंघनका दर अत्यन्त उच्च छन् ।
उनी भन्छन्, “हामी हाम्रो सीमालाई असुरक्षित देशहरूका नागरिकहरूबाट जोगाउनु आवश्यक छ।” ट्रम्पले गत आइतबार अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा भएको एउटा घटनालाई पनि उदाहरणका रूपमा उल्लेख गरेका छन्, जहाँ एक इजिप्टेली नागरिकले प्रि–इजरायल प्रदर्शनकारीहरूको भिडमा पेट्रोल बम फ्यालेका थिए। यद्यपि इजिप्ट यो प्रतिबन्ध सूचीमा छैन । डेमोक्र्याटिक पार्टीका सांसदहरूले पनि यो नीतिको आलोचना गरेका छन् । अमेरिकी प्रतिनिधिसभाका सदस्य रो खन्नाले सामाजिक सञ्जालमार्फत लेखे, “१२ भन्दा बढी देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ट्रम्पको यात्रा नीति कठोर र असंवैधानिक छ ।
