IMG-LOGO

कृषि औजार पाएसँगै चौंरीदेउरालीका किसानहरु हर्षित

 मंगल, जेठ २१, २०८२     रमेशप्रसाद न्यौपाने÷ हरिनाथ न्यौपाने

     चौंरीदेउराली गाउँपालिकाका कृषकहरुले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएसँगै किसानहरु हर्षित भएका छन् । ९ वटै वडा कार्यालयबाट सिफारीस गरी पठाएको आधारमा कृषकहरुलाई गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाइले एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई आइतबार कृषि औजार वितरण गर्नुभएको हो ।

     चौंरीदेउराली बडा नं. ५ का ४३ वर्षीय राजन चौैलागाइ खेतबारी जोत्ने टायाक्टर प्राप्त गरे सँगै खुसी हुँदै भन्नुभयो ः आप्mनो ७ रोपनी बारी र १३ रोपनी खेत गरी २० रोपनी क्षेत्रफलको जग्गा भएको काम गर्ने गाउँमा मान्छे कोहि नहृुने कृषि उपज उत्पादन गर्न कठीन भएकोमा टयाक्टर ५० प्रतिशत अनुदानमा १३ हजार २०० मा प्राप्त गरेकोमा खुसी हुँदै उत्पादनमा वृद्धि हुने कुरा किसान चौलागाई उल्येख गर्नुभयो । गाउँपालिका अध्यक्ष चौलागाईले कृषि औजार विगत वर्षहरुमा वितरण गर्दै आएको, यस वष पनि कृषकहरुको आवश्यकताका आधारमा हरेक वडाको सिफारीसमा कृषि औजार वितरणले कृषकहरुको कृषि उपजमा वृद्धि हुने आयस्तर पनि बढ्दै जाने भएकाले कृषकहरुको मुहारमा हाँसो र खुसी ल्याउन हाम्रो जनप्रतिनिधि टिम निरन्तर लागीपरेको अध्यक्ष चौलागाइले बताउनुभयो । शिक्षा स्वास्थ्यको, गुणस्तर विकास, रोजगारीको लागि सिप विकास, सुद्ध पिउनेपानी खुवाउन एकघर एकघारा अभियानका योजना अघि सारी कार्यान्वयन गर्दै लगिएको धारणा अध्यक्ष चौलागाइले राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत मानदास तामाङ, कृषि विकास शाखाका प्रमुख रोजकुमार शर्मा र गाउँपालिकाका कृषकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । किसानहरुलाई नदोहोरिने गरी ९० थान मिनि टिलर ट्रयाक्टर, १ थान पावर टिलर, ६९ थान धान कुट्ने मिल, ३ थान पिसानी मिल, २७ थान मकै छोडाउने मेसिन, ६० थान स्प्रे पम्प र ५ थान बाँदर धपाउने मेसिन वितरण गरिएको हो । मिनि टिलर ७ एच.पि. १३,५००÷–, कम्बाइन मिल १३,७००÷–, मेज सेलर ३,७५०÷–, स्प्रेयर १,६००÷–, पावर टिलर १८ ९०,०००÷–, प्mलोर मिल ९०००÷– र मंकी रिपेलर मेशिन १,७५०÷– मूल्य बराबरको ५० प्रतिशतको अनुदानमा कृषि औजार गाउँपालिकाले कृषकहरुलाई बितरण गरेको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्