आखिर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जेल हाल्ने नै भए कारण सहकारी ठगीमा संसदिय छानबिनमा उनलाई दोषी करार गरियो । गोर्खा मिडियामा ऊनी प्रबन्धक निर्देशक रहेका बेला सहकारीको रकम भित्रिएको ठहर गर्दै छानबिन समितिले रविलाई दोषी मात्रै होइन कडा कार्वाही गर्न हिजो सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरेको छ ।
सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ । सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले गत जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिलाई तीन महिना समयवधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो । समितिले हिजो प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको छ । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ । सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन् । समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन् । समितिका एक जना सदस्यले दिएको जानकारीअनुसार हिजो सोमबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस ग¥यो ।
प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको ती सदस्यले जानकारी दिए । ‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको (प्रबन्ध निर्देशक) र पार्टनर (साझेदार) भएको कारणले कार्यालय सञ्चालन गर्ने र हिसाबमा पनि मुख्य भूमिका र जिम्मेवारी उहाँको देखिएकोले नाम (रवि लामिछाने) प्रतिवेदनमा समावेश गरिएको छ, ।’ ‘सहकारी बचत अपचलनमा उहाँ संलग्न देखिएकोले कारबाही सिफारिस गर्ने काम समितिले गर्छ ः कुन ऐन, कानुन नियम अनुसार कारबाही गर्ने भन्ने कुरा समितिको नभएको बताए ।’
रास्वपा सभापतिसमेत रहेका ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछसमेत गरेको थियो । लामिछानेले सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएको कुरा आफूलाई थाहा नभएको बताएका थिए । ‘रवि लामिछानेको पदीय दायित्वअनुसारको जिम्मेवारीले पनि सहकारीको पैसा आएको कुरा मलाई थाहा छैन भन्न मिल्ने अवस्था देखिँदैन भन्ने निष्कर्षमा समिति पुगेको छ ।
