हेर्ने कथाका हराएका वर्षका मुख्य पात्र काले मोक्तान उर्फ प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै नागरिकता उपलब्ध गराएको हो । परिवारबाट ३५ वर्ष गुमनाम भएका प्रकाश अर्थात पाक्का यो एक हप्ताको बीचमा श्री स्वस्थानी कथाका पात्र नवराजलाई हात्तीले माला लगाएर राजा भए जस्तै भएका छन् । उनी सायद विश्वभरका नेपाली माझ भाइरल बन्ने पहिलो नेपाली होलान् । हेर्ने कथाका अनुसार २०४७ सालमा झापाबाट काठमाडौं आएर चावहिलमा गलैंचा बुन्दा बाल श्रमिक भएका कारण त्यतिबेला कामबाट निकालिएका थिए । ३५ वर्ष भन्दा बढी परिवारबाट हराएका उनी गोरखा जिल्लाको हिमाली क्षेत्रको एक साहुको चौरी गोठालो थिए ।
“हेर्ने कथा” हराएका वर्षहरुमा प्रकाशलाई हेरेर धेरैले आँसु झारे । हिजोको काले मोक्तान यसरी भाइरल प्रकाश हुनुको श्रेय बिद्या चापागाईं र हेर्ने कथा टीमलाइ जान्छ । यो “रुवाउने कथा” हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह सचिब एकनारायण अर्याललाई बोलाएर उनलाई नागरिकता दिलाउन निर्देशन दिएका थिए । त्यही कारण भोजपुर षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।
प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् । अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । नागरिकताको प्रमाणपत्र पछि बैंक खाता खोल्ने तयारी भइरहेको प्रकाशलाई सहयोग गरिरहेकाहरुको भनाइ छ । अब छिटै नै उनको बिहे गरिदिने पनि खबर छ । भाइरल भएका कारण उनी सेलिब्रेटी जस्तै भएका छन् ।
हेर्ने कथा,..हराएको मान्छेको भाइरलका कारण जीवन अव सुखान्त भएको देखियो । काले (प्रकाश तामाङ्ग) को जिन्दगीको गृहस्त मोडमा प्रवेश गरेका छन् । विद्या चापागाईले ( खोज पत्रकारिताको धर्म निभाएको मात्रै होइन बिद्या र हेर्ने कथा टीमको उचाई बढेको छ । टीमलाइ यो भन्दा राम्रो कथा ल्याउने जिम्मेवारी पनि थपिएको छ । कथामा हेर्दा बँधुवा मजदूर देखिएता पनि प्रकाश खुशी नै देखिन्छन् । साहुले यत्तिका बर्षसम्म प्रकाशलाई उसको घर सम्म पुराउन गर्नु पर्ने खोजनिति पहल नगरेको पक्कै हो । तर बँधुवा मजदूर जस्तो ब्यवहार भने गरेको देखिन्दैन । मोवाईल पनि दिएका छन् । त्यस्तो दुर्गम ठाऊँमा आश्रय दिएर कालेको जीवन रक्षा पनि गरेको हो । साहु र काले बिचमा आवश्यकताको नाताले गर्दा वर्षौ बित्यो । साहुको नियतमा श्रम शोषण नै गर्ने थिएन । यो कुरा अन्तमा विदाईको क्षणले भावनात्मक सन्देश दिएको देखिन्छ ।
काले मोक्तान अर्थात प्रकाश एउटा १० वर्षे हराएको बालक एऊटा हृदय विदारक कथाको पात्र, उसको हाउभाउ हेर्दा मानसिक अवस्था हेर्दा असन्तुष्ट, एकदम दुःखी भाव देखिएन, दःुख यातना साहुले दिएको कुरा कहिले व्यक्त गरेन । नियतिलाई सहज रुपमा लिएको देखिन्छ । यो कुरा ज्यादै महत्वपूर्ण छ । साहुको घरमा काले बसेर मजदूर गरेको भएतापनि साहु र मजदूर बीचमा मा एउटा भावात्मक नाता कायम भएको प्रष्ट देखिन्छ । सबैले आफ्नो आफ्नो कर्म र धर्मको पालन गरेको कुरा प्रष्ट छ बाँकी त नियतिको खेल हो । समय बलबान छ । हेर्ने कथा नहेरेको भए हराएका वर्षहरु एकपल्ट हेरौं । कथाले रुवाउँदैन मात्र धेरै धेरै सन्देश दिन्छ ।
