IMG-LOGO

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दियो आदेश

 मंगल, चैत १३, २०८०  ---

   सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । हिजो न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बी एन्ड सीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । प्रसाईंले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ’रिट जारी’को फैसला गरेको हो । भौतिक पूर्वाधार सबै खालको मापदण्ड पुरा गरेर पनि बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै सर्वोच्च अदालतमा दुर्गा प्रसाइले रिट दायर गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्