काभ्रे जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बनेपा नगरपालिकाको मेयर पद दाबी गर्ने नेपाली कांग्रेसका १६ र एमालेका १० जनाको नाम सिफारिस भएको छ । उप–मेयरमा भने कांग्रेसबाट १६ र एमालेबाट ५ जनाको नाम सिफारिस भएको छ । यो समाचार तयार पार्दासम्म काभ्रेमा पाँच दलीय गठबन्धन ट्या ट्या फिस्सको स्थितिमा छ । काभ्रे जिल्लाका १३ पालिकामा नेकपा माओवादी केन्द्रले ६ पालिका र एकीकृत समाजवादीले ४ पालिकामा दावी गरेपछि नेपाली काङ्ग्रेस ट्वा परेर काभ्रे काङ्ग्रेसले माओवादी र एससँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमिति काभ्रे दुबै कम्युनिस्टको पटकपटकका बैठकमा यस्ता हर्कतको कारणले हावाकवा भएको समाचार छ । एक काङ्ग्रेस नेताले नाम नछाप्ने सर्तमा काभ्रे टाइम्सलाई भने–माओवादी र एस पार्टीले १२ स्थानीय पालिका दाबी गर्दा हामी केरा हेरेर बस्ने ? बरु अब एउटा उपाय छ नेकपा माओवादी केन्द्र र एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने हाम्रो पार्टीको निर्णय भयो । अझै पनि सत्ता गठबन्धन दलहरू मिलेर जाने बाटो छ तर सबैले आफ्नो ग्राउन्ड लेभल भुल्न भएन भन्ने ति नेताको भनाइ छ ।
काभ्रे जिल्लाको मुख्य शहरको नगर बनेपामा कांग्रेस र एमालेले उम्मेदवार तोके पछि चुनावी गर्मि ह्वात्तै बढेको छ । साबिक बनेपा नगरपालिकामा २०७४ को पुनरसंरचना पछि १४ वडा रहेका छन् । साबिक उग्रचण्डी नाला , नाला टुसाल रविओपी को केही वडा , उग्रतारा जनागाल , नासिकास्थान सागा मिलेर बनेपा नगरपालिका बनेको थियोे । बनेपाको जनसंख्या ६७ हजार ६ सय २९ मध्य यो चुनावमा ३७ हजार ५ सय ८१ मतदाताले बनेपाका जनप्रतिनिधि छान्न मतदान गर्ने छन् । प्राय सबै वडाबाट वडा अध्यक्षको नाम सिफारिस पनि भइसकेको छ ।
जिल्लाको कुन पालिकामा को कस्को नाम सिफारिस?
नेपाली कांग्रेस बनेपा नगर समितिले नगर प्रमुखमा १६ जना आकाक्षीको नाम प्रदेश समितिमा पठाएको छ । नगर प्रमुखमा महेश कुमार कर्माचार्य , योगराज दाहाल, एस कुमार रञ्जीत, रामराज जोशी, दिपेन्द्र पौडेल, रामहरी श्रेष्ठ, शान्ति रत्न शाक्य, कृष्ण गोपाल भैल , प्रचण्ड राज प्रधान, राम कुमार मुल्मी, योगेन्द नाथ कर्माचार्य, उद्धव प्रसाद नेपाल, जिवना बादे, सरस्वती बैद्य, रविन शाक्य, र सुरकृष्ण बैद्य रहनु भएको छ । त्यसै गरी उप–प्रमुखमा निलम श्रेष्ठ, हरिशरण घिमिरे, सनिता बजगाई, रविना विष्ट, कुमुदा बैद्य, सोभा गौतम दाहाल, ईश्वरी बादे, प्रतिमापन्त थापा, निर्मला श्रेष्ठ, शान्ता कार्की, शान्ता शर्मा, मन्जु घिमिरे, ज्ञानु काफ्ले, पुष्पा खड्का, सोनु लामा र प्रकाश चन्द्र जोशी रहनु भएको हुन्छ ।
त्यस्तै गरी नेपाल कांग्रेस धुलिखेल नगर पालिकाबाट उपप्रमुखमा दिपा श्रेष्ठ र फूलमाया तामाङले दाबी गर्नु भएको छ । नेकपा एमाले बनेपा नगर कमिटीले नगर प्रमुखमा दावी गर्ने रत्नकुश रञ्जीतकार, लक्ष्मी नरसिंह बादे श्रेष्ठ, हरिशरण दाहाल, रामशर दाहाल, आत्माराम थापा, रविन्द बैदार, तुला प्रसाद दाहाल, राजन शाक्य, रत्न श्रेष्ठ र सुमित्रा भोछिभोयाले नाम सिफारिस गरेर जिल्ला कमिटीमा सिफारिस पठाएको छ । त्यस्तै गरी नगर उपप्रमुखहरुमा नवराज मानन्धर, रोशनि उपाध्याय, विमला सापकोटा, मनहरी पोटे, शर्मिला मल्लि, राजेन्द्र थापा, पुजा हुमागाई , सरिता श्रेष्ठ र समिर भुजेल सहित ९ जनाको दाबिलाई नेकपा एमाले बनेपा नगरकमिटीले सिफारिस गरी पठाएको छ ।
नेकपा एमाले धुलिखेल नगर समितिले अझै सम्म पनि नगर प्रमुख, उप प्रमुखको नाम सिफारिस गरेको छैन । नेकपा एमाले काभ्रेका अध्यक्ष समेत रहेका अशोक व्याञ्जु , टिका बल्लभ सापकोटा, केशव बडाल, विनोद पराजुली र दयाराम महतको नगर प्रमुखमा दाबी रहेको बुझिएको छ । त्यस्तै गरी नेकपा (एकीकृत समाजवादी ) धुलिखेल नगर कमिटीका अध्यक्ष दया सागर श्रेष्ठलाई नगर प्रमुखमा , सञ्जिता लामालाई उप प्रमुखको पदमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।
