काभ्रे जिल्लामा सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले आगामी बैशाख ३० गते हुन लागेको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णयमा पुगेका छन् । उता नेकपा एमाले भने एक्लै भिड्ने तयारीमा छ । माओवादी कार्यर्कता फकाउने रणनीति छ । एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटा आफैं गाउँ गाउँमा पुगेका छन् र राप्रपा जिल्ला सभापति टुल्कु लामानै ल्याए पछि एमालेले भने काभ्रेमा कसैसंग पनि तालमेल नगर्ने बताएको छ ।
नेपाली कांग्रेस काभ्रेले चुनावी रणनीति बनाएको छ जस अनुसार जिल्लाका छ नगरपालिकामा मण्डन देउपुर बाहेक सबै पालिकामा मेयर काङ्ग्रेसले नछाड्ने भएको छ । नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा, सहित सिङ्गो टिम कार्य विभाजनका साथ जिल्लाका १ सय ३५ नै वडामा आफ्नो चुनावी प्रचार प्रसार गर्न लागि परेको छ भने नेपाली कांग्रेसले चौरी देउराली र महाभारत गाउँपालिका बाहेक सबै गाउँपालिका पनि नछाड्ने भएको छ । भने उता बनेपा नगरपालिकामा त धमाधम वडा अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्दै छ । नेपाली कांग्रेस बनेपा वडा नं ५ मा वडा अध्यक्षमा उत्तम भट्टराई सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका छन् । जस अनुसार बनेपाको मुटु मानिने वडा ७ मा समाजसेवी काभ्रे र आसपास जिल्लामै चर्चित घडी पसल शाक्य वाच सपका हिटलर शाक्य वडा अध्यक्षका उम्मेदवार भएका छन् । त्यस्तै नेपाली कांग्रेस बनेपा वडा नं ९ मा निर्पेश वादे, वडा नं १४ मा टुल्कु लामा सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारमा सिफरिस भएका छन् । त्यस्तै गरी नेपाली कांग्रेस धुलिखेल वडा नं ५ मा भवसागर रंजित र वडा नं ६ मा सञ्जय कोजुलाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै गरी नेपाली कांग्रेस पाँचखाल ३ मा सुन्दर अधिकारी, ४ मा सुन्दर लामा, ६ मा हरि दुलाल, ७ मा रामशरण दंगाल, ८ मा सञ्जय लामा, ९ मा किरण श्रेष्ठ वडा अध्यक्ष पदमा सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै गरी नेपाली कांग्रेस बेथानचोक वडा नं ४ मा कृष्ण वहादुर पाख्रीन वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएको छ । त्यस्तै गरी नेकपा एमाले पनौती नगरपालिका वडा नं १ मा विरमान लामा वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएको छ । नेकपा एमाले पाँचखाल नगरपालिका वडा नं ४ मा ओमकार श्रेष्ठलाई वडा अध्यक्ष उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र पार्टीले आफुले २०७४ मा जितेका पालिका नछाड्ने भएको छ । के शहर के गाउँ माओवादी केन्द्र संगठनहरु परिचालन गरेर टोल कमिटी संगठन विस्तार गर्दै लागि परेको छ । तालमेल गर्ने बारे सत्ता गठबन्धन दल सबै तयारीका साथ उत्साहीत पनि देखिन्छन् । पटकपटक भएका बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् ।
नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भूर्तेल लगायतको सिङ्गो टिम जिल्ला दौडाहमा लागि आफ्नो पक्षमा जनता बटुल्न लागि परेका छन् । एकीकृत समाजवादी काभ्रे अध्यक्ष टोकवहादुर वाइवा सहितको टोली गाउँगाउँमा सभा सम्मेलन गरी पार्टीलाई शसक्त ढङ्गबाट अघि बढाउने कार्य तिव्र पारेको छ । तालमेलको टुङ्गो नलाग्दा उम्मेदवारी सिफारिसको कार्य भने हुन सकेको छैन् । केन्द्रमा पाँच दलले गठबन्धन गरेर चुनावमा जाने सहमति गरे पनि वडा र जिल्ला तहमा सम्बन्धित दल समर्थित कतिपय कार्यकर्ता एवं मतदाता भने यस्तो सहमति अक्षरशः कार्यान्वयनमा लैजान भने चुनौती रहेको बताउँछन्। जिल्लामा यस्तो सहमति नेता तहमा लागू हुन सक्ने भए पनि आम मतदातासमक्ष हुबहु कार्यान्वयन गर्न चुनौती छ । चुनाव जति नजिक आउँदै छ त्यति तालमेलबारे घनिभुत छलफल छन् । जिल्लामा नेपाली काङ्ग्रेस पछि नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादीको जनाधार छ र जसपा पनि अस्तित्वमा छ । गठबन्धन गर्ने आधार भने राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुने बताएका छन ।
