IMG-LOGO

तेस्रो विश्वयुद्ध सम्मुखमा

 मंगल, फागुन २४, २०७८      आर.एल. श्रमजीवी

 

     दुई साता देखि रुस–युक्रेन युद्ध जारी छ । युक्रेनले पश्चिमा देशको उक्साहटमा रुससङ्ग जोरी खोजेपछि रुसले ड्यामै हानेर  पश्चिमाहरुलाई नै छक्याएको हो । रुसी सभ्यताको महत्वपूर्ण भूमि युक्रेन अमेरिकी र युरोपियन युनियनको लहैलहीमा लागेर उत्तर एटलान्टिक सैन्य योजना (नेटोमा) आवद्ध हुन लागेपछि रुसलाई खतरा महसुस भएर युक्रेन माथि रुसले सैनिक हमला गरेको हो । युक्रेन लगायतका केही मुलुकलाई पश्चिमाहरुले सन १९९१ मा सोभियत संघ विघटन गरेका थिए । सोभियत संघको विघटन पछि अमेरिका सुपर पावरमा आएको हो । रुसी राष्ट्रपति भ्लादमिर पुटिन सन १९९७ मा सत्तामा आए पछि रुसले नयाँ गति लिन थालेको हो । रुसी रास्ट्रपति पुटिन पूर्व सोभियत संघ जस्तै महाशक्ति देश रुसलाई बनाउन चाहन्छन् । त्यसैले उनले सन २०१४ मा युक्रेनको महत्वपूर्ण शहर क्रेमलिनलाई आफ्नो भागमा गाँभेर यो सन्देश दिएका थिए । ठिक ८ वर्ष पछि युक्रेन माथि हमला गरेर पश्चिमाहरुलाई चुनौती दिएका छन् कि तेस्रो विश्वयुद्धका लागि तयार हो ।

रुसले युक्रेनमाथि किन हमला ग¥यो ?

     युक्रेन सन १९९१ अघि पूर्व सोभियत संघको भू–भाग  हो त्यसैले रुस युक्रेनलाई आफ्नो भूमि ठान्दछ । युक्रेन र रुसी  भाषा सस्कृति  समान छ । सैन्य दृष्टिबाट यो सामरिक भूमि हो । युक्रेन नेटोमा आवद्ध हुनासाथ रुसले आफ्नो देशको सुरक्षामा खतरा महसुस गर्दछ । युक्रेन यस्तो मुलुक हो जहाँ खनिज र खाद्यान्नको अथाह खानी छ । युरोपको पाउरोटी र बियर यहाँको गहुँ र जौ नभई बन्दै बन्दैन । ग्यास र पेट्रोलियम पदार्थको खानी पनि युक्रेन हो । त्यस्तै यहाँ औद्योगिक उत्पादनले युरोपका बजार टिकेका छन् । संसारभर खाने तेल निर्यात गर्ने मुलुक पनि युक्रेन हो । यहाँको सूर्यमुखीले विश्वमा खाने  तेलको बजार धानेको छ । यस्तो भूमिलाई आफ्नो पक्षमा  पार्ने पश्चिमाहरु रणनीति सफल पार्न नदिन रुसले युक्रेनमाथि हमला गरेको हो । रुसको चाहना हो – युक्रेनमा आफ्नो कठपुतली शासन  होस् । त्यसै कारण रुसले युक्रेनलाई पश्चिमाहरुसंग मिल्न नदिन यो युद्ध गरेको धेरैको विश्लेषण छ ।

     रुसले युक्रेनमाथि हमला गरे पछि विश्व तीन धूर्वमा बाँडिएको छ । रुसको पक्ष,विपक्ष र तटस्थमा विश्वका देशहरुको मत छ । हाम्रो देश नेपाल भने असंलग्न परराष्ट्रनीति विपरित यसपटक संसद एमसिसी पास हुनासाथ रुसको विपक्षमा र युक्रेनको पक्षमा लागेको छ । छिमेकी देश चीन र भारत दुबै तटस्थ बसेका छन्  । अमेरिकी र युरोपेली मुलुक युक्रेनको पक्षमा छन् । युक्रेनलाई पश्चिमाहरुले   खुलेर सैन्य सहयोग यतिबेला सम्म गरेको छैनन् । युद्ध लम्बिदंै जाँदा नेटोले अहिले  फाइटर बिमान दिने कुरा बाहिर आएको छ । त्यसो भएको खण्डमा तेस्रो विश्वयुद्धको शंखघोष हुनेछ । जबर्जस्त रूपमा विश्व दुइ धूर्वमा विभाजित हुनेछ । कोरोना भाइरसले आहत भएको बिश्वमा करोडौं करोडको ज्यान जान सक्ने छ । तेस्रो बिश्वयुद्ध भएको खण्डमा परमाणु हतियार प्रयोग हुनेछ । परमाणु हतियारले मानव अस्तित्व नै समाप्त हुने खतरा छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्