IMG-LOGO

एमसिसी बारे ढाकछोप गर्दै प्रचण्ड एमसिसी पास भएपछि जताततै बम आतंक

 मंगल, फागुन १७, २०७८  ---

      प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणा सहित एमसिसी पारित भए पछि देशभरि बम आतंक भएको छ । हिजो संसद भवन अगाडि  काभ्रे  बनेपाको पुलबजारमा ,बुटवल धनगढीमा बम आतंक भइरहेको बेला प्रचण्ड भने आफ्नै घरमा प्रहरीको घेरा भित्र रहेर एमसिसी बारे ढाकछोप गरिरहेका छन् । केपी ओली एकातिर दङ्ग छन् । अर्कोतिर यो गठबन्धन झन् मजबुत भएकोमा उनलाई तनाव र चिन्ता छ । माधवकुमार नेपाल र झलनाथ खनालको संसद पद अब रहने कुरामा ढुक्क छन् ।

          एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् । ‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो,’ उनले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ ।’

एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सृजना भएको प्रचण्डको भनाइ छ । केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताएका उनले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको बताए । समाज नै विभाजित हुने गरी विवाद सृजना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गर्नुपर्ने बताउँदै जानकारी दिएका उनले आफ्नैै सल्लाहमा प्रधानमन्न्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको पनि उनको दावी थियो । प्रचण्डले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने कहिल्यै  नबताएको बरु हु–बहु गर्न नहुने परिमार्जन गरेर पास गर्नुपर्ने जानकारी दिए । प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जानकारी दिए ।

      तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको भनाइ छ । सडकमा समेत नाराबाजी हुने भइरहेको अवस्थामा गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल हुन थालेपछि संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदन गर्न सहमति जनाएको प्रचण्डले बताएका छ्न । संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आए पनि प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणापत्र जारी गरेर सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले जानकारी दिए । भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्काे पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताए ।‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्काे पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्षनेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो ।’ अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाई छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्