IMG-LOGO

नगर र गाउँ चोक, चौतारा र चिया पसलमा चुनावी चर्चा टिकट लिन जिल्ला र केन्द्रीय नेता कहाँ दौडधुप

 मंगल, फागुन ३, २०७८  ---

 

      आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनाव नजिकिएसँगै राजनीतिक पार्टीका स्थानीय नेता विभिन्न पदमा आकांक्षी भएका छन् । उनीहरु जिल्ला र केन्द्रीय नेताहरुमा टिकटको दावी गर्न लागेका छन् । पार्टीहरुले मतदातालाई आफ्नो पक्षमा पार्न काभ्रे जिल्लामा कांग्रेस, एमाले लगायतका राजनीतिक दलहरु सक्रिय देखिएका छन् ।

      एमाले पार्टी यतिबेला आक्रमक देखिन्छ । यो चुनाव जसरी पनि जित्नु पर्छ भन्ने उसको लक्ष्य छ । उसले अहिले नगर केन्द्रित बनेपा, धुलिखेल, पनौती र पाँचखाल शहरमा विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रम गरिरहेको छ । दिन रात बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई  महत्व दिएको छ । एमालेका अगाडि नेपाली कांग्रेस लगायतका पार्टी निक्कै पछि छन् । अरु पार्टी पनि संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य नभएको होइन । विशेष त पार्टी प्रवेशको कार्यक्रम एमाले र उसबाट छुट्टीएको एकीकृत समाजवादीमा धेरै छ ।

      बैशाख ३० को निर्वाचन घोषणासंगै छ नगर, सात गाउँपालिकाका र १ सय ३५ वडा रहेका छन् । चोक, चौतारा र चिया पसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ । सबै राजनीतिक दलका स्थानीय वडा तह देखि प्रमुख, उप–प्रमुख पदका उम्मेदवारका आकांक्षीहरुको नाम संकलन गरेर जिल्लामा सिफारिश गर्ने काम भइरहेको छ । काभ्रे जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी मुख्य दल हुन् । राप्रपा र अरु दलको पनि अस्तित्व दावी त गर्छन् । तिनीहरुको जनाधार नगन्य छ ।

      निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गर्न बाँकि छ । त्यसपछि चुनावी रौनक घर घरमा पुग्ने छ । उम्मेदवारी मनोनयन दर्ता गरे पछि मात्र उम्मेदवारहरुका बारेमा चर्चा गर्दा बेस हुन्छ । नेपाली कांग्रेस र एमालेका  सम्भावित उम्मेदवार यतिबेला भित्र भित्रै टिकटका लागि नेताहरु कहाँ दौडधुपमा लागेका छन् । अहिले महिला आकांक्षी धेरैले टिकटको दावी गरेका छन् ।काभ्रे जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका छ्न  । २०७४ मा ५ नगरमा एमाले बिजय भएको थियो । एमालेको फुट पछि एक नगरमा एकीकृत समाजवादी र ४ मा एमाले नै रहेको छ । कांग्रेसको पाँचखाल मात्र थियोे । अबका दिन जनताले कस्लाई चुन्ने हुन अहिले यसै भन्ने अवस्था छैन ।

 

 

 

नेपालमै रसायनिक मल उत्पादन सम्भव

    हरिनाथ न्यौपाने 

काठमाण्डौ विश्व विद्यालय धुलिखेलले स्वदेशमै कच्चा पदार्थबाट कम खर्चमा मल कारखाना खोल्न सकिने दावी गरेको छ । आइतबार पत्रकारसँगको अन्तरकृया कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका उपप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिं थापाले रासायनिक मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै रहेको भन्दै युरीया मल उत्पादनको प्रसस्त सम्भावना रहेको बताउनुभयो । हाइड्रोजबाट मल उत्पादन गर्न सकिने बारे कृषि मन्त्रालय र उर्जा मन्त्रालयसँग विश्वविद्यालयले समन्वय, छलफल गरिसकेको छ । कार्यक्रममा केयूका एशोसियट डिन व्रिजेश अधिकारी, केमिकल इन्जिनियरिङ विभागका विवेक उप्रेती, प्राज्ञीक औद्योगिक क्षेत्र समन्वय समिति संयोजक डा. राम लामा, लक्ष्मण लामा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । नेपालमै विजुली खपत गर्न, युरीया उत्पादनमा परनिर्भरता नहुन, कार्बन उत्सर्जन घटाउन, रोजगारीको सुनिश्चितता गर्न, उर्जामा आत्मनिर्भर हुँदै देशको अर्थतन्त्र बलियो बनाउन सकिने विश्वविद्यालयको अठोट रहेको छ ।

      यसैबीच धुलिखेल नगरपालिका र काठमाण्डौ विश्वविद्यालयबीच ‘ग्रीन सिटी’, शुन्य कार्वन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिका, काठमाण्डौ विश्वविद्यालय  र रोटरी क्लब धुलिखेलले ‘ग्रीन सिटी’, शुन्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ विभागका डिन प्रा.डा मनिष पोखरेल र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा आगामी पाँच वर्ष हाइड्रोजनको माध्यमबाट सञ्चालन गर्ने गरी दुई वटा  बस धुलिखेलबाट काठमाण्डौँ सम्म सञ्चालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाण्डौँ विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्याँसलाई विस्थापित गरी हाइड्रोजन ग्याँस प्रयोग गर्ने उल्लेख छ ।

 

 

केबी पोलिक्लिनिकको प्रविधि मैत्री स्वास्थ्य सेवा

      विगत ५० वर्षदेखि नागरिकहरुलाई स्वस्थ्य सेवा प्रदान गर्दै आएको चण्डेश्वरी मेडिकलहलको स्वर्णमहत्सव अवसरमा उच्च प्रविधि मैत्री स्वास्थ्य सेवा सहित सञ्चालन भएको छ । मध्य पूर्वीय पहाडी जिल्ला कै व्यापारीक नगरी बनेपामा सञ्चालित केवि पोलिक्लिनिकको आइतबार एक कार्यक्रम बीच बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले उद्घाटन गर्नुभयो । चण्डेश्वरी मेडिकल हलले आफ्नो स्वर्ण महत्सवको अवसरमा फाल्गुण १ गते देखि उच्च प्रविधि थप व्यवस्थापनका साथ उच्च प्रविधि मैत्री गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कुरा केवी  पोलिक्लिनिकका प्रवन्ध निर्देशक सुनिल बैद्यले बताउनुभयो । लामो समय देखि विरामीहरुलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको उक्त मेडिकलले नागरिकहरुको विश्वास जित्न सकेको  छ । केहि समय पछि अस्पतालकै सेवा सहित सञ्चालन गर्ने प्रबन्ध निर्देशक बैद्यले बताउनुभयो । फिलिपिन्सबाट दक्षता हाँसिल गरी आउनु भएका सुनिल बैद्यको छोरा बरिष्ठ फिजिसिएन डा. आकाश बैद्य, बरिष्ठ बाल रोग विशेषज्ञ डा. कवि राई, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काले दैनिक विहान ९ बजे देखि दिउँसो ४ बजेसम्म विरामीहरुको स्वास्थ्य जाँच गर्नुहुने छ ।   

      क्लिनिक सञ्चालनको अवसरमा फागुण १ गते  देखि ७ गते सम्म निःशुल्क स्वास्थ्य परीक्षण, औषधीमा १५ प्रतिशत छुटको व्यवस्था, भिडियो एक्स्रे, ई.सी.जी. परीक्षणमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सुगरका विरामीहरु लागि फाष्टिङ पिपिपि ¥याण्डीम परीक्षण निःशुल्क लगायतका सेवाहरु दिने भएको छ ।

 

 

सकियो १२ वर्षे मकर मेला

      काभ्रे जिल्लाको पनौतीमा १२ वर्षको १ पल्ट लाग्ने मकर मेला २०७८ माघ २९ गते समापन भएको छ । पनौती ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको प्राचिन शहर हो । धार्मिक, सांस्कृतिक विविधता विशेषताले भरिपूर्ण वैभवशाली पनौतीको इतिहासको ठूलो भाग सम्पन्न सांस्कृतिक परम्पराको समेत उत्तीकै महत्व छ । माघ महिना भरी सञ्चालन हुने मकर मेला कोभिड–१९ तेश्रो भेरियन्टले नराम्ररी असर ग¥यो । डेढ महिना अघि कोभिड प्रकोप ह्वात्तै बढेकोले सरकारले मेला महोत्सव सञ्चालनमा रोक लगाएको थियो । फागुन १ गते देखि मात्र सबै क्षेत्र खुल्ला गरेको थियो । यस पटकको मकरमेला त्यति रौनाक भएन । २०७८ माघ १ देखि १५ गते सम्म मेला भर्न आउनेको खासै भिड थिएन । माघ १६ गते देखि मात्र देशको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका भक्तजनहरुको आगमन भएको थियो । महामारीको चपेटा नभएको बेला भारत देशबाट समेत भक्तजनहरु आउने गरेको स्थानीयको भनाइ छ  ।

      पनौतीको मकर मेला पवित्र त्रिवेणी घाटको नदीमा नुहाउँदा पाप सबै नास हुने किवदन्ती छ । मकर मेलाको अन्तिम दिन पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले मेला भर्न आउनु भएका सबैलाई हार्दिक आभार व्यक्त गर्दै राजनीतिक पार्टी, विभिन्न संघ संस्था, सुरक्षाकर्मी, स्काउट अल्का अस्पताल लगायत सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । माघ २९ गते साँझ ७ बजे आरती सहित अनौपचारिक रुपमा नै मकरमेला समापन भएको थियो । कोरोनाको कारण मकर मेलामा घरानीया व्यापार व्यवसायको कुनै कारोबार भएन् । साना तथा घरेलु उद्योग उत्पादन सामग्रीहरुको खरिद विक्रीको सामान्य कारोबार भएको कुरा मकरमेला मुल व्यवस्थापन समितिका सचिवालय संयोजक इन्द्र प्रसाद अधिकारीले बताउनुभयो । कोभिडको कारण कर, राजश्व कुनै पनि दस्तुर नलिइएको सचिवाल संयोजक अधिकारीले बताउनुभयो । ५० लाखको कारोबार भएको अनुमान गरिएको छ । सवाकरोड कारोवारको लक्ष्य माथि कोरोनाको कारण तुषारापात भएको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्