IMG-LOGO

निकट भविस्यमा नै बिश्वविद्यालय सञ्चालन गर्ने योजनामा छौँ

 मंगल, भदौ ८, २०७८  अनिल कसपाल, प्रिन्सिपल, मोडर्न स्कुल÷कलेज, श्रीजनानगर, भक्तपुर

 

     व्यवस्थापन शंकायमा एमफिल गर्नु भएका अनिल कसपालले २०५० सालमा मोडर्न स्कुल सञ्चालनमा ल्याउनुभयो । भक्तपुर जिल्लाको शैक्षिक स्तरमा गुणात्मक विकास गरी देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा इटा थप्ने कार्यमा सघाउपु¥याउने उद्देश्यका साथ संस्थागत विद्यालय सञ्चालन गर्नुभयो । पिता बाबुकाजी कसपाल मोडर्न स्कुलको संस्थापक हुनुहुन्छ । उहाँकै प्रेरणाबाट शिक्षा क्षेत्रको उच्चतम विकासमा आफ्नो लगानी श्रम सिपको प्रयोग गरेर आफ्नै परिवार भित्रबाट नै ११ जना शिक्षा क्षेत्रमा लागेर कार्य गर्नु भएको छ । अभिभावकको चाहना र विद्यार्थीहरुको क्षमता र भावना अनुरुप चौतर्फी विकास हुने गरी शैक्षिक क्रियाकलाप गर्न सक्नु नै मोडर्न स्कुलको शैक्षिक विशेषता हो । अभिभावक वर्गको विश्वास र विद्यार्थीहरुको शैक्षिक उपलब्धी हाँसिल गर्न सक्नु नै हाम्रो मुख्य उपलब्धी ठानेको छु । कक्षा ११ र १२ मा व्यवस्थापन र कानुन शंकाय अध्यापन गरिन्छ । त्यस्तै विविएस सम्म विद्यार्थीहरुले अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन् । मोडर्न स्कुलका प्रिन्सिपल अनिल कसपालसँग विद्यालयको शैक्षिक उपलब्धी समसामायिक शैक्षिक अवस्थाको  बारेमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     एसइई परीक्षाको नतिजा सँगै कक्षा ११ मा अध्ययनका लागि विद्यालय छनौट गर्न विद्यार्थीहरुको दौडधुप बढेको छ मोडर्न स्कुलमा भर्ना अभियान कुन रुपमा अघि बढेको छ ?

     एसइइ परिक्षाको नतिजा सार्वजनिक सँगै अभिभावक र विद्यार्थीहरु विद्यालयको शैक्षिक वातावरण बुझेर विषयको छनौट गर्नु स्वभाविक हो । हामीले पनि यो अवधिमा कोभिड–१९ संकट कायमै रहेको  कारण अनलाइनबाट नै प्रवेश परीक्षामा लिने कार्य गरेयौँ । अभिभावक र विद्यार्थीहरु विद्यालयको शैक्षिक अवस्था बुझ्न आउने क्रम निरन्तर जारी छ । एसइइ सकिए पछि कुन विषय पढ्दा उपयुक्त हुन्छ । भविष्यमा के बन्ने सोहि अनुसार विद्यार्थीहरुको रुचि, आर्थिक अवस्था, विगतमा आफूले हाँसिल गरेको शैक्षिक स्तरीयता के छ सोको बारेमा गहन विचार गरेर अध्ययनका विषय छनौट गर्नु उपयुक्त हुन्छ । विषयगत शिक्षक, प्रिन्सिपल, त्यस्तै शिक्षा क्षेत्रमा अनुभव बटुलेका दिग्गज व्यक्तित्वहरु, अभिभावक सबै सँग सुझबुझ गरी आफूलाई पायक पर्ने विद्यालय छनौट गरी अध्ययन गर्नु उपयुक्त हुन्छ ।

     विगत २८ वर्ष अघि सञ्चालनमा आएको शैक्षिक संस्था मोडर्न स्कुलको शैक्षिक गुणस्तरको मापन सूचकहरु कुन अवस्था छन भनेर अभिभावकले बुझ्ने ?

     २०५० सालमा शैक्षिक गुणस्तरीय प्रदान गरी विद्यार्थीहरुको शिक्षामा गुणात्मकता दिइ व्यवहारिक शिक्षा दिने उद्देश्यका साथ भक्तपुरमा मोडर्न स्कुल सञ्चालनमा ल्याउका हौँ । २०६१ मा एसएलसीमा संस्थागत विद्यालय मध्ये कै बोर्ड सेभेन त्यस्तै गरी २०६५ मा बेर्ड थ्री हुन सफल भयो । भक्तपुरमा सर्ब प्रथम प्लेग्रुप देखि मन्टेश्वरी कक्षा सञ्चालन गरी विद्यार्थीहरुको शिक्षण सिकाईमा अब्बलता ल्याउन सकेको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर र काभ्रे जिल्लाबाट समेत विद्यार्थीहरुको रोजाइ मोडर्न स्कुल पर्नु विश्वासको आधार हो भन्ने लाग्छ । हाम्रो विद्यालयमा प्लेग्रुप, नर्सरी देखि माध्यमिकतह हुँदै विविएस सम्म कक्षा सञ्चालन हुन्छ । अभिभावकहरु र विद्यार्थीहरुको यहाँको शैक्षिक वातावरण, विद्यालयको भौतिक संरचना, शैक्षिक स्तरीयता कायम राख्न उचित लाइव्रेरीको प्रवन्ध, कम्प्युटर ल्याव, मनोरम कक्षा कोठा, विद्यार्थीहरुको चौतर्फी विकास हुन सक्ने अवस्थाको श्रृजना अनुभवि शिक्षक बर्गद्वारा अध्ययन गराउनु नै हो । मोडर्न स्कुल र कलेजमा गरी २ हजार  तीनसय विद्यार्थी अध्ययन गर्नु थलोको रुपमा विकास भएको छ ।

     संस्थागत विद्यालय र कलेजका मुख्य चुनौती के छन् ?

     भौतिक पूर्वाधार देखि शैक्षिक क्रियाकलाप सञ्चालनका लागि आवश्यक पर्ने पूँजीगत लगानी आफ्नै स्रोत साधनबाट धान्नु पर्ने हुन्छ । शिक्षक तथा कर्मचारीको लागि तलब प्रशासनिक खर्चको प्रवन्ध गर्न सक्नु पर्छ । प्राकृतिक विपत्ती भूकम्प त्यस्तै कुनै पनि खालका महामारी रोग फैलने क्रममा शैक्षिक सञ्चालनमा ठूलो जटीलता आउँछ । २०७२ सालको  विनाशकारी भुकम्प, २०७७ साल माघ देखि हाम्रो देशमा फैलिएको कोभिड–१९ को प्रकोपले शैक्षिक संस्थामा ठूलो आघात पु¥याएको छ । सहजता प्रदान गर्ने अवस्था अझै छैन् । राज्यले दर्ता प्रक्रिया गरिदिने बाहेक कुनै सहयोग उपलब्ध गरिदिदैँन राज्यलाई तिर्नुपर्ने करमा समेत छुट छैन् । ऋणमा सहुलियत छैन् । सबै खालका जोखिम मोलेर शैक्षिक संस्थ सञ्चालन गर्नुपर्छ । राज्य निरीह र गैरजिम्मेवार बनेको पुष्ठि हुन्छ ।

     कोभिड–१९ प्रकोपले नराम्ररी थला परेको शैक्षिक क्षेत्रको शैक्षिक विकास गर्न मोडर्न स्कुलको शैक्षिक सुधार गर्ने नीति कस्तो अवलम्बन गर्नु भएको छ ?

     कोभिड–१९ को प्रकोपले आर्थिक, सामाजिक, सांस्कृतिक व्यवसायिक सबै क्षेत्रमा नराम्ररी प्रभावित गरेको छ । शैक्षिक गतिविधिमा असर गरेको छ । कोभिड–१९ को दोश्रो लहर फैलिए सँगै शैक्षिक संस्था झनजटील बनेको छ । विद्यार्थीहरुको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन अनलाईन शिक्षा प्रादन गर्न आवश्यक पर्ने पूर्वाधारको लागि अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गरियो । विद्यार्थीहरुलाई शैक्षिक आकर्षण बढाउन प्रविधिको उच्चतम प्रयोग गरेर पाठ्यक्रम अनुसार  विद्यार्थीहरुको शिक्षण सिकाई गतिशिल बनाउन अनलाइन शिक्षा प्रदान गर्ने नीति अघि सारेर अघि बढेको छ । भौतिक शरिर उपस्थित विना कक्षा सञ्चालन गरिएको छ । ल्यावमा गराउनु पर्ने अभ्यास व्यवहारिक शिक्षा प्रदानमा भने समस्या आएको छ ।

     प्रतिस्पर्धी संस्थागत विद्यालयहरुको तुलनमा मोडर्न स्कुलले विद्यार्थीहरुको लागि शैक्षिक सेवा सुविधा थप के दिन सकेको छ ?

     मनोरम शैषिक वातावरण, शैक्षिक संस्थाको लागि अवश्यक पर्ने पूर्वाधारको विकास छ । विद्यार्थीको शैक्षिक क्रियाकलापमा सुधार ल्याउन उचित लाइव्रेरीको प्रवन्ध, यातायातको सुविधा, आधुनिक बैज्ञानिक प्रविधिको विज्ञान ल्याब, कम्युटर ल्याव, अनुभवि शिक्षक, लामो समय सम्म निरन्तर रुपमा शिक्षकहरुले अध्यापन गराउने शिक्षक परिवर्तन नहुने विगत वर्षहरुमा एसएलसीमा बोर्ड थ्री, बोर्ड सेभेन हुन सफल स्कुल हो । मोडर्न स्कुल २०५० मा खुलेको स्कुलले कक्षा ११ र १२ सञ्चालन पछि पनि टपटेन भित्र पर्न सफल भएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीहरु इन्जीनीयर, डाक्टर, व्यवसायिक फर्ममा रोजगारी प्राप्त  गर्न सकेका छन् । शिक्षक र कर्मचारी वर्ग गरी १ सय २८ जना कार्यरत छन् । उनीहरुको लागि कोषको व्यवस्था गरिएको छ । हाम्रो परिवारजनबाट नै ११ जनाले अध्यापन गराउँछौँ । विद्यार्थीहरुको चौतर्फी विकासको साथै बार्षिक परीक्षामा राम्रो नतिजा ल्याउनु पनि हो । 

     कोभिड–१९ प्रकोपमा अभिभावकहरुको कमाई हुन नसक्नु, मजदुर वर्ग सबैलाई जीवन धान्न कठीन भएको अवस्थामा उनीहरुको छोरा छोरी अध्यन गर्ने शैक्षिक संस्थाले शुल्क छुट नदिनाले ढाड सेक्यो भनेर गुनासो आएको छ, मोडर्न स्कुलले समेत पुरै शुल्क लियो छुट दिएन भनिन्छ नि ?

     कोभिड–१९ प्रकोपले उद्योगधन्दा, व्यवसाय र शैक्षिक संस्था सबैमा असर गरेको छ । अभिभावक वर्गमा नराम्ररी प्रभावित गरेको छ, समस्या छ । हामीले नचाहिदो तरीकाले अभिभावकको ढाड सेक्ने गरी शुल्क लिने गरेको छैन । स्थानीय सरकारले सरकारी मापदण्ड अनुसार निर्धारण गरेको शुल्क  मात्र लिएका छौँ । अभिभावकको हामीले ढाड सेक्यौँ भने अभिभावकले  हाम्रो ढाड भाँचिदिनु हुन्छ । सरकारले संस्थागत विद्यालयलाई कुनै खालको सहयोग प्राप्त हुन सकेको  छैन । संकटको घडीमा कुनै खालको ऋणमा सहुलियत छैन् । व्याजमा छुट छैन । घरभाडामा छुट छैन । हामीले विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार अध्यापन गराएका छौँ । अभिभावकहरुको अनुकुलतालाई मध्यनजर गरी शुल्क लिएका छौँ ।

     नयाँ शैक्षिक योजना के छन् ?

     मोडर्न स्कुलले हरेक वर्ष कक्षा अफ ग्रेड गर्दै बढाउँदै लगेको छ । आवश्यक शैक्षिक पूर्वाधारको विकास गर्दै शैक्षिक सुधार गर्दै अघि बढेको छ । २०६० सालमा एस एलसी शुरु ग¥यौँ । त्यस्तै गरी २०६२ मा +२ शुरु ग¥यौँ, २०६५ सालमा विविएस कक्षा शुरु ग¥यौँ, व्यवस्थापन शंकायमा विविएस सञ्चालन गरेका छौँ । आगामी वर्ष विज्ञान शंकाय र निकट भविष्यमै विश्व विद्यालय सञ्चालन गर्ने योजनाका साथ सपना बोकेर भौतिक, शैक्षिक पूर्वाधार तयार गर्दै अघि बढेका छौँ । देशको लागि आवश्यक पर्ने जनशक्ति विकासमा बृद्धि गर्र्ने र अनुशासित, राष्ट्रप्रति बफादार बन्ने संस्कार सहितको शिक्षा प्रदान गरेका छौँ । उत्पादन र रोजगार सँग जोडिने गरी शैक्षिक पद्धतीको विकास गर्ने शैक्षिक नीति आवश्यक छ । नीजि क्षेत्रले शैक्षिक विकासमा सहयोग पु¥याएको छ । योगदान पु¥याए अनुसार राज्यले नीजि क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाको दिगो विकासलाई मद्दत पुग्ने गरी ऐन कानुन निर्माणगरी शैक्षिक गुणस्तर बृद्धिमा मद्दत पुगोस भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्