IMG-LOGO

युग सुहाउँदो बैज्ञानिक शिक्षा प्रदान गरेका छौँ

 मंगल, भदौ १, २०७८  कुमार मानन्धर

   २०४९ सालमा स्थापना भएको काभ्रे माध्यमिक विद्यालय बनेपा, संस्थागत विद्यालयहरु मध्येकै छुट्टै विशेषता  बोकेको नाफा रहित शैक्षिक गुठीबाट सञ्चालित विद्यालय हो । विगतमा एस.एल.सीको नतिजा प्रकाशनमा वोर्ड प्रथम, वोर्ड टपटेन भित्र पर्न सफल भएको विद्यालय काभ्रे मा.वि.का प्रिन्सिपल कुमार मानन्धरले २०६१ सालदेखि जिम्मेवारी समाल्नु भएको हो । माध्यमिक तह सम्म अध्यापन हुने उक्त विद्यालयमा कक्षा ११ र १२ सम्म विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् । विज्ञान, व्यवस्थापन र कानुन शंकायमा अध्यापन हुने विद्यालयको शैक्षिक स्तरीयता र आधुनिक शिक्षण शिकाई पद्धतिको विकास, शैक्षिक सुधारका कृयाकलाप सन्दर्भमा प्रिन्सिपल मानन्धरसँग रेडियो एवीसी एफ.एममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

    एस.ई.ई परीक्षाको नतिजा सार्वजनिक सँगै कक्षा ११ र १२ मा अध्यनका लागि विद्यार्थीहरु विद्यालय छनौटको लागि तीव्ररुपमा दौडेका छन्  । हाम्रो काभ्रे मा.वि. मा भर्ना अभियान कुन रुपमा अघि बढेको छ ?

    इस.ई.ई. परीक्षाको नतिजा सार्वजनिक सँगै अभिभावक वर्ग आफ्नो सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि राम्रो शैक्षिक संस्थाको खोजिमा दौडनु स्वभाविक हो । हाम्रो विद्यालयमा पनि अभिभावक र विद्यार्थीहरु शैक्षिक वातावरण बुझ्न आउने क्रम निरन्तर चलेको छ । हाम्रो काभ्रे मा.वि. नाफा रहित शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालय हो । विद्यार्थीहरुबाट लिएको शुल्कबाट शैक्षिक कृयाकलाप, स्तर बृद्धि र प्रशासनिक कार्य सञ्चालनको लागि खर्च गरिन्छ । नाफा कमाउने उद्देश्य छैन । न्यूनतम शुल्कमा विद्यार्थीहरुको मनोभावना, इच्छा, क्षमताको सही सदुपयोग गरी दक्ष अनुभवि शिक्षकहरुबाट अध्यापन गरिन्छ ।

    काभ्रे मा.वि. को शैक्षिक विशेषता के के हुन् ?

    २०४९ सालमा सामाजिक र प्रशासनिक क्षेत्रमा योगदान  पु¥याउनु भएका व्यक्तिहरुको संलग्नतामा विद्यालय सञ्चालित छ । विगत ३० वर्ष देखि निरन्तर रुपमा शैक्षिक दख्खल प्राप्त गरेका शिक्षक वर्गहरुबाट अध्यापन गरिन्छ । त्यस्तै गरी मनोरम शैक्षिक वातावरण, कोलाहलबाट निक्कै टाढा रहेको बनेपा बुडोलको हाइटमा आफ्नै भवनबाट शिक्षण सिकाई गरिन्छ । बैज्ञानिक, समय सापेक्ष शिक्षण सिकाई नै हाम्रो मुख्य लक्ष्य हो ।  हाल सम्म यस विद्यालयबाट उत्पादन भएका २ हजार विद्यार्थीहरु कतिपय डाक्टर, इन्जीनियर छन त कतिपय बैँक तथा वित्तीय क्षेत्रमा त्यस्तै सरकारी उच्च तहमा समेत रोजगारीमा कार्य गरेका छन् । व्यवहारिक र सिप सहितको शिक्षा आजको आवश्यकता हो । समय सापेक्ष शिक्षा प्रदान गर्न सकेका छौँ । विज्ञान, व्यवस्थापन र कानुन शंकायको अध्यापन गरिन्छ । शैक्षिक सुधारका कार्यक्रमहरु निरन्तर गर्न सक्नु नै हाम्रो शैक्षिक विशेषता हो भन्ने म ठान्दछु ।

    कोभिड–१० प्रकोपको महामारीले शिक्षा क्षेत्रलाई पनि नराम्ररी प्रभावित गरेको छ । यो अवधिमा विद्यार्थीहरुको शिक्षण सिकाईमा असर गरेको छ । शिक्षण सिकाईको व्यवस्थापन कसरी मिलाउनु भयो ?

    कोभिड–१९ प्रकोपले यातायात, पर्यटन, व्यवसायिक  क्षेत्र, शिक्षा क्षेत्र सबै प्रभावीत भएका छन् । यो समयमा विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावित बन्न  पुग्यो । गत शैक्षिक शत्रमा ३ महिना सम्म विद्यार्थीहरुको सिकाईमा असर ग¥यो । त्यस पछि हामीले प्रविधिको प्रयोग गरी अनलाइन शिक्षा प्रदान गर्ने नीति अवलम्वन ग¥यौँ र पाठ्य भार अनुरुप नै शिक्षण सिकाई ग¥यौ । समस्या र चुनौतीको चाङलाई चिर्दै परिणाम मुखि शिक्षा प्रदान गर्न हामी लागि प¥यौँ ।

    कोभिड १९ को कारण आर्थिक अभाव हुदाँ अभिभावकहरुलाई विद्यालयमा मासिक शुल्क तिर्न कठिन भयो यो अवधिमा छुटको व्यवस्था चाँहि किन गर्नुभएन ?

    कोभिड–१९ को कारण अभिभावकमा आर्थिक अभाव हुन् । स्वभाविक हो । “अप्ठ्यारोलाई सहजता प्रदानका लागि हामीले शैक्षिक शत्रको ५ महिना पछि मात्र शुल्क लिने कार्य ग¥यौँ । छुट दिने कार्यभने गर्न सकेनौँ किनकी विद्यार्थीहरुको शूल्कबाट नै विद्यालय चल्नु पर्ने शिक्षकहरुलाई तलब, प्रशासनिक खर्च सबै गर्नु पर्ने हुँदा छुट दिन सकिएन् । हाम्रो विद्यालयको शुल्क निर्धारण राज्यले निर्धारित गरेका मापदण्ड अनुरुप बैज्ञानिक ढङ्गबाट नै गरिएको छ । अभिभावकको ढाड सेक्ने गरी छैन् । ”

    विद्यार्थीहरुलाई अध्यन गर्ने विषय छनौट गर्दा कस्ता के कुरामा ध्यान दिनुपर्छ भन्ने सुझाव दिन चाहनु हुन्छ ?

    विगतमा आफूले अध्यन गर्दा प्राप्त गरको उपलब्धीको अवस्था नियाल्नु प¥यो । अध्यन गरी अन्तिम गन्तव्य के हो त्यस विषयमा ध्यान दिनु प¥यो । विषय छनौट गर्दा घर परिवारको आर्थिक अवस्था, अध्यन गर्ने आफ्नो इच्छा , चाहना दृढ अठोट के छ त्यसलाई पनि ध्यान दिनुपर्छ । त्यस्तै विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा शंकाय तथा मानविकी के अध्यन गर्ने हो सोच विचार गरेर निर्केथोल गर्नुपर्छ । विशिष्टता हाँसिल गर्ने गरी अध्यन गर्दा सबै विषयको उपयोगीता राम्रो छ । विचमा छोड्ने कार्य गर्नु भएन् निश्चीत उद्देश्य प्राप्तीको लागि दृढ अठोटका साथ निरन्तर अध्ययन गरी अघि बढ्नु पर्छ । कक्षा ११ र १२ अध्यनका लागि अन्यन्त्र जिल्ला जानुपर्ने अवस्था छैन काभ्रे जिल्लाका शैक्षिक संस्थाहरु नै उपयुक्त छन् ।

    अन्त्यमा के भन्न चाहनु हुन्छ ?

    पुरानो शैक्षिक धरोहरको रुपमा विकसित भएको कोभ्रे मा.विमा अनुभवि तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन गरिन्छ । विहान कलेज पढाउने दिउँसो माध्यमिक तहसम्म पढाउने शिक्षकहरु हुनु हुन्छ । विद्यालयको उद्देश्य विद्यार्थीहरुको इच्छा, चाहना, मनोभावना अनुसार समय सापेक्ष बैज्ञानिक, आधुनिक शिक्षा प्रदान गरेका छौँ । नाफा रहित शैक्षिक संस्था हो । विद्यार्थीको चौतर्फी विकास हुने शिक्षा प्रदान गरेका छौँ । शैक्षिक वातावरण के छ अभिभावक वर्गलाई र विद्यार्थीहरुलाई विद्यालय भ्रमण गरी विगत र बर्तमान शैक्षिक अवस्थालाई नियालेर निर्णय गर्न आग्रह गर्न चाहन्छु । उत्पादनलाई उद्योग सँग जोडेर  रोजगार मुलक शिक्षाको खाँचो छ । देशको समग्र विकासलाई आत्मसात गर्ने गरी शिक्षा नीति अवलम्वन गर्नु आवश्यक माध्यामिक देखि उच्च शिक्षा हाँसिलको लागि उपत्यका धाउनु पर्ने अवस्था छैन । काभ्रे जिल्ला नै शैक्षिक विकासको हव बनेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्