IMG-LOGO

१८ वर्ष देखि ६५ वर्ष उमेरसम्माका स्वस्थ व्यक्तिले रक्तदान गर्दा राम्रो

 मंगल, असार १, २०७८  धर्मभक्त प्रधान      केन्द्रीय सदस्य, ब्लड डोनर्स एशोसिएसन नेपाल

    ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रेका संस्थापक अध्यक्ष, सामाजिक क्रियाकलापमा सक्रिय अभियान्ताको रुपमा परिचित धर्मभक्त प्रधान हाल ब्लड डोनर्स एशोसिएसन नेपालका केन्द्रीय सदस्य हुनु हुन्छ । रगतको अभावले कोही पनि मर्न नमरोस भन्ने हेतुले काभ्रेमा २०६४ सालमा संस्था स्थापना गरिएको बताउनु हुन्छ । १८ वर्ष उमेर  पुगेका ४५ केजी तौल माथि भएका स्वस्थ युव वर्ग र ६५ वर्ष सम्मका नागरिकहरुले रक्तदान गर्न सकिने भए पनि नेपालमा जनसंख्याको २% नागरिकहरुले पनि रक्तदान नगरेको हुँदा रगतको अभाव भएको केन्द्रीय सदस्य प्रधान बताउनु हुन्छ । सामाजिक संघ संस्थाका प्रतिनिधिले मात्र नभइ नेपाल सरकारका सम्बन्धित निकाय सबैले रक्तदान गर्न प्रेरित गरी कम्तीमा वर्षमा दुई पटक रक्तदान गर्न सुझाव दिनुहुन्छ । १४ जुनको २०२१ लाई विश्व रक्तदाता दिवस मनाइरहँदा मानवीय जीवन रक्षाका लागि रगतको अभाव हुन नदिन ब्लड डोनर्स एशोसिएसन नेपाल केन्द्र र काभ्रेले कस्तो भूमिका खेलेको छ भन्ने सन्दर्भमा रेडियो एवीसी एफ.एममा केन्द्रीय सदस्य धर्मभक्त प्रधानसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

    जुन १४ विश्व रक्तदाता दिवस बारेमा केही बताइदिनुसन् ? 
    ब्लड डोनर्स एशोसिएसन नेपालको स्थापना २०४९  स्थापना भएको हो । काभ्रे जिल्लामा २०६४ बैशाख २१ गते संस्था स्थापना गरियो । सन् १९३२ लेसिन गार्ड अस्पतालमा पहिलो पटक ब्लड बैँक स्थापना भएको हो । नेपालमा भने २०२३ साल श्रावण १२ गते वीर अस्पतालमा लक्ष्मी ब्लड बैँकको नामले चिनिदै आएको छ । काभ्रे जिल्लामा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले २०५७ साल देखि रक्त संचार सेवा शुरु गरेको हो । नेपालको पहिलो रक्तदाता दयावीर कंसाकार र पहिलो महिला रक्तदाता तारादेवी तुलाधार हुन् । 
    नेपाल र हाम्रो काभ्रे जिल्लामा रक्तदान गर्नुपर्छ भन्ने चेतना मानिसहरुमा कतिको देख्नुभयो ?
    हाम्रो समाजमा रक्तदान गर्नुपर्छ भन्ने मान्यताको विकास अझै भएको छैन् । विभिन्न सरोकार वाला सामाजिक संघ, संस्था र स्थानीय सरकारले सामाजिक अभियानकै रुपमा चेतना फैलाउनु पर्छ । कुल जनसंख्याको २ प्रतिशत नागरिकहरुले मात्र रक्तदान गरे भने पनि रगतको अभाव नहुने तथ्याङ्कले देखाउँछ । त्यति पनि रक्तदान भएको पाईदैन । स्वास्थ व्यक्तिले नै रगत दान गर्न हिच्कीचाउँछन् । 
     ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रेले रक्तदान गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न के के गर्न सकेको छ ? 
    २०६४ सालमा स्थापना भएको यस सामाजिक संस्थाले काभ्रे जिल्लाका बैक तथा सहकारी संस्थाहरु, स्कुल, कलेजहरुमा रक्तदान गर्न प्ररित गर्न चेतनामुलक कार्यक्रम सञ्चालन गरेका छौँ । हाम्रो संस्थामा २५ वटा संघ संस्थाका प्रतिनिधि आवद्ध हुनुहुन्छ । उहाँहरुको सक्रियताका साथ लाग्नु भएको छ । हाल काभ्रे जिल्लाका अध्यक्ष गणेशकुमार रंजित हुनुहुन्छ । उहाँहरुको टिमले पनि १८ वर्ष उमेर पुगेका र ६५ वर्ष ननाघेका नागरिकहरुले जो स्वस्थ छन् । उनीहरुले आफू सँग भएको रगत दान गर्न सक्छन् भन्ने अभियान सञ्चालन गरिएको छ । गत वर्ष र यस वर्ष भने कोभिड-१९ प्रकोपको कारण चेतनाम्ुलक कार्य गर्न सकिएको छैन् ।         कोरोना महामारीको यो बखत नेपालमा रगतको आपूर्ति कसरी भइरहेको छ ?
    देशका प्रमु्ख शहर ब्लड बैँक स्थापना भएका स्थानमा विभिन्न संघ,संस्था, व्यक्तिहरुको समन्वयमा आवश्यकताका आधारमा रगत संकलन गर्ने कार्य भएको छ । काभ्रे जिल्लाको हकमा भन्नुपर्दा कोभिड-१९ प्रकोपको कारण न्यून मात्रामा मात्रै रक्तदान गरी संकलन भएको छ । २ दिन अघि सिप नेपाल नालाको सहयोगमा २३ जनाले रक्तदान गरेका थिए । काभ्रेमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस, हाम्रो संस्था सँधै सचेत छ । समस्यामा परेका व्यक्तिहरुले फोन सम्पर्क गर्दा कस्तो प्रकृतिको रगत आवश्यक पर्ने हो । अस्पतालको पुर्जी अनुसार जानकारी गराए पछि हामीहरुले व्यक्तिहरुमा सम्पर्क गरेर पनि समस्या समाधान गरेका छौँ । धुलिखेल अस्पताल र रेडक्रस जिल्ला शाखामा ब्लड बैँक भएको हुँदा समस्या पर्दा त्यहाँ सम्पर्क राख्न आग्रह गर्दछु । 
      रक्तदान गर्न अभिप्रेरित गर्न युव वर्ग तथा सामाजिक संघ संस्थाहरुलाई कस्तो सुझाव दिन चाहनु हुन्छ ?
    अष्ट्रियाका बैज्ञानिक डा. कार्ल ल्याण्ड स्टनरले ब्,द्य र इ ग्रुपको रक्त समूह पत्ता लगाएको दिन जनु १४ लाई विश्व स्वास्थ्य संगठन ध्ज्इ को आव्हाानमा विश्व रक्तदाता दिवस मनाउँदै आएको हो । हाम्रो शरिरमा पुरुषमा प्रति कि.ग्रा. ७६ मिलि लिटर, महिलामा प्रति कि.ग्रा. ६६ मिलि लिटर रगत हुन्छ । दैनिक कार्य गर्दा महिला र पुरुषमा प्रति कि.ग्रा. ५० मिलि लिटर रगत खर्च हुन्छ । पुरुषमा २६  मिलिलिटर, महिलामा १६ मिलि लिटर रगत दैनिक खेर गइराखेको हुन्छ । ३ महिनाको फरकमा १८ वर्ष उमेर पुगेको तौल ४५ के.जी. भन्दा माथि तौल भएका र ६५ वर्ष सम्म उमेरको स्वस्थ व्यक्तिले रक्तदान गर्नुृ उपयुक्त हुन्छ । रगतदान गरेपछि बैँकमा नगद जम्मा गरे जस्तो आफैँलाई तुरुन्तै  प्रयोगमा लिने होइन् । रगत अभावमा समस्या परेका व्यक्तिहरुलाई रगत उपलब्ध गराई जीवन रक्षा गर्न सबै लाग्नु पर्छ । एक अर्कोलाई सहयोगी भावनाले हेर्नु पर्छ । “रगत दान गर्नु भनेको जीवन दान दिनु हो । सबै युवा वर्गले कम्तीमा आफ्नो जन्म दिनमा रगत दान गरौँ रगत दान गरेर निरोगी भइन्छ । स्वस्थ होइन्छ । रोग लाग्छ आफैँ कमजोर भइन्छ भन्ने मान्यता राख्नु ठिक होइन । त्यस्तो खालको कुरिती हाम्रो समाजमा छ ।” यसो गर्नु ठिक होइन युवा वर्गको जागरुकताले कुरीतीलाई निस्तेज पार्न सकिन्छ । 
    हरेक स्थानीय पालिकाहरुमा ब्लड बैँक स्थापना गर्न पहल कदमी गर्न सकिन्थ्यो किन गर्नु भएन त ?
    रक्तदान गर्न अभिप्रेरित सामाजिक संघ संस्थाले भन्दा पनि सरकारी निकायहरुले चेतनामुलक अभियान सञ्चालन गर्नु पर्ने हो । आफ्ना पालिका भित्रका नागरिकहरुलाई विरामी पर्दा रगतको आवश्यकता पर्दा रगत उपलब्ध  गराउन सक्ने अवस्थाको श्रृजना गर्नु निकै फलदायी हुन्छ । स्थानीय सरकारको जनविश्वास बढ्छ । हरेक स्थानीय पालिकामा रेडक्रसको उपशाखा सञ्चालन गर्ने, रक्त सञ्चार बैँकको स्थापना गर्ने १३ वटै पालिकाहरुले रगतको अभाव पर्दा समन्वयत्मक ढङ्गबाट एक आपसमा सहयोगको भावना राखेर कार्य गरेमा जिल्लामा रगतको कहिल्यै अभाव हुँदैन् ।
अन्तरवार्ताः
रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्