बद्रीराज तिमल्सिना
अध्यक्ष
नेपाल पत्रकार महासंघ काभ्रे शाखा
गहुँ गोरो हँसिलो चेहराका होचोकद मिलनसार स्वभावका बद्रीराज तिमल्सिनाको जन्म २०४१ साल कार्तिक ६ गते भएको हो । २०५९ सालदेखि काभ्रे जिल्लाबाट प्रकाशीत काभ्रे पोष्ट साप्ताहिकबाट सञ्चारकर्म शुरु गर्नुभयो । २०६४ सालमा सञ्जीवनी पत्र दैनिकमा र पूर्वीय दर्पण दैनिकमा समेत पत्रकारिता गर्नु भएका बद्रीराज तिमल्सिना हाल सञ्जीवनी पत्र साप्ताहिकमा कार्यकारी निर्देशक हुनुहुन्छ । २०४६ सालको जन आन्दोलन सँगै बहुदलीय व्यवस्था प्राप्ती पछि सञ्चार माध्यमको संख्यात्मक बृद्धि त भयो गुणात्मक विकास भने अझै हुन नसकेको उहाँको तर्क छ । तथ्यको आधारमा सत्य सूचना प्रवाह गरी सामाजिक चेतना फैलाउने अभियान सञ्चार माध्यामले गर्नु पर्ने हुन्छ । नागकिहरुको विश्वास जित्न सक्नु नै सञ्चार माध्यमको विश्वासनियता कायम हुनु हो भन्ने उहाँको धारण छ । २०७७ चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित अध्यक्ष बद्रीराज तिमल्सिनासँग काभ्रे जिल्लाको पत्रकारिता क्षेत्रको विकास बस्तु स्थिति, सञ्चार माध्यामको स्थायित्व विकास, सञ्चारकर्मीहरुको हक हितको लागि अघि बढ्ने नयाँ भिजन केछ भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा निर्वाचित हुनुभयो कस्तो अनुभूति गर्नुभयो ?
विगत डेढ दशक देखि सञ्चार कर्ममा लागि कार्य गर्दै आएकोमा अहिले नेपाल पत्रकार महासंघ काभ्रेको नेतृत्वमा पुग्ने अवसर जुटेको छ । यो अवसर काभ्रेली पत्रकारहरुको माया सद्भावले हो । यो जीत आम काभ्रेका सञ्चारकर्मीहरुको हो । म उहाँहरुको सुख दुःखको सहयात्री हुँ । म निक्कै हर्षित छु, गौरवान्वित भएको छु । कलमजीवीहरुको हितमा मेरो ध्यान केन्द्रीत गर्नेछु । लोकतन्त्रको संस्थागत विकास हुन पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ । सञ्चारकर्मी र सञ्चार उद्यमको स्थायित्व र दिगो विकासले मात्र उक्त कार्य सम्भव छ ।
२. विगतमा के कारणले हार्नु भयो, अहिले जित हात पर्नु भयो नि ?
विगतमा अलि असहज परिस्थिति थियो । मानिसहरुको इच्छा आकांक्षाले मात्र नहुँदो रहेछ । बस्तु स्थिति, परिस्थितिको निर्माण समयको माग अनुसार नेतृत्वको खोजी हुँदो रहेछ । विगतमा मै भित्रकै केही कमी कमजोरीको कारण हारेको अनुभूति गरेको छु । प्रेसयुनियनका साथीहरु अग्रज पत्रकारहरु सञ्चारकर्मीहरुको साथका कारण आज म यो स्थानमा आउन सफल भएको छु । आफू भित्रका कमीकमजोरी सच्याँउदै अघि बढ्नुपर्छ । अनि सफलता हाँसिल हुन्छ ।
३. के गर्ने सोच बनाउनु भएको छ ?
लोकतन्त्र रक्षाको लागि खवरदारी आवश्यक छ । सञ्चार जगत माथि जुनसुकै पार्टीको सत्ता आवोस सञ्चार जगतलाई हेर्ने दृष्टीकोण फरक हुन्छ । अंकुष लगाउन खोज्ने प्रविधि हावि छ । त्यसको विरुद्धमा डटेर लाग्नु पर्छ । त्यसमा सबै सञ्चारकर्मी एकताबद्ध हुनै पर्छ । पेशा व्यवसाय सुरक्षीत हुनुपर्छ, अनिमात्र फस्टाउन सक्छ । ३ वर्ष भित्र गर्ने कार्यहरुको सूचि बनाएर अघि बढ्ने छु । पत्रकार महासंघलाइ सबैको साझा थलो बनाएर सञ्चारकर्मीहरुको बृहत्तर हित, क्षमता अभिबृद्धि सूचना र प्रविधिको विकासको सहि सदुपयोग गरी प्रविधि मैत्री बनाउने, मोफसलमा कार्य गर्ने सञ्चार कर्मीहरुले प्राप्त गर्ने न्यूनतम पारिश्रमीक पाउनु भएको छ की छैन् , कार्य गर्ने स्वं सञ्चारकर्मीले नै जिम्मेवार हुनुपर्छ । छैन भने भन्नु पर्छ । सञ्चार माध्याममा आपसी समझदारी गरेका छ या छैन भन्ने त अरुलाई थाहा हुने कुरा त हुँदैन् । सञ्चारकर्मी तथा कर्मचारीहरुलाई सेवा सुविधा प्रदानका सवाल रोजीरोटीको स्थायित्व, विमा, सञ्जयकोषको प्रवन्ध गर्ने व्यवस्था हुनुपर्छ । यसो भन्दै गर्दा सञ्चार माधयामको पनि दिगो विकास हुन सक्नु प¥यो । त्यसको लागि एकद्वार विज्ञापन प्रणाली, स्थानीय र प्रदेश सरकारले दिने विज्ञापनहरु समानुपातिक ढङ्गले स्थानीय सञ्चार माध्यमलाई दिएको अवस्था छैन । यसलाई व्यवस्थित गरी सबै सञ्चार माध्याम बाँच्न सक्ने अवस्था श्रृजना गर्न लागि पर्ने छु । अग्रजहरुले पत्रकार महासंघको जोगउँदै आएको साख र गरिमालाई जोगाउँदै बाँकी रहेका कार्यलाई पुरा गर्ने छु ।
४. प्रेस युनियन र प्रेस संगठन बिच गठबन्धन गरेर निर्वाचनमा जानु भयो । प्रेस संगठनका साथीहरुले हार बेहोर्नु प¥यो नि ? यो त धोका भएन र ?
आफूहरुले चाहे जस्तो नतिजा नआउँदा धोका भए जस्तो देखिन्छ । हामीहरुले समिक्षा गर्न पाएका छैनौँ । गणितीय हिसाबले हार जीत त भएको छ नै हामीले धोका दिएका छैनौँ केही साथीहरु बाहिरीनु भएको छ । केहिले जीत पनि हाँसिल गर्नु भएको छ । लोकतान्त्रीक पद्धतीको प्रतिस्पर्धामा हार जीत हुनु स्वभाविक हो । यसलाई अन्यथा लिनु हुन्न् ।
५. पत्रकारहरुको नेता छनौट गर्नुपर्ने राजनीतिक पार्टीका नेताहरुको इच्छा र चाहना अनुरुप हुँदो रहेछ त ? यसो गर्नु राम्रो हो त ?
पत्रकारको नेता पत्रकारले नै छनौट गर्ने हो । कुनै विशेष राजनीतिक दलका नेताहरुले हैन् । यस्तो खालको परिस्थिति काभ्रे जिल्लामा मात्र भएको हैन देश भरी नै भएको छ । झट्ट हेर्दा राजनीतिक दलको नेताहरुको इच्छा र मनोभावना गाँसिएको जस्तो देखिन्छ । यसको अन्त्य गर्न देश भरकै सञ्चारकर्मीहरु एकजुट भइ पत्रकारहरुको नेता पत्रकारले नै रोज्ने अवस्था आउनु पर्छ । व्यक्तिको इच्छा, चाहना, आस्था कुनै न कुनै पार्टीसँग जोडिएको हुन्छ । पार्टीको सिद्धान्त, आर्दश मन परेर व्यक्ति पार्टीमा आवद्ध भएको हुन्छ । राजनीतिक पार्टीहरु भनेका देश विकासका सम्वाहक हुन् । समाज रुपान्तरण गर्ने उद्देश्य बोकेर लागेका हुन्छन् । राजनीति भनेको देश समृद्धि बनायउने मुल नीति हो । यो भन्दा बाहिर कोही बस्न सक्दैन् । म पनि त्यस भित्र अटाउँछु । सत्ताको बागडोर समालेका र बाहिर बसको दुबैले राम्रो कार्य गरेकोलाई उजगार गर्ने गलत गरेका छ भने खवरदारी गर्ने कार्य सञ्चारकर्मी र सञ्चार माध्याम को हो । त्यसमा हामी यो वा त्यो कित्तामा नउभीइ नागरिकहरुको हितमा समाजमा चेतना फैलाउन लाग्नु पर्छ ।
६. पत्रकारिता क्षेत्र अमर्यादित भयो, विश्वसनीयता माथि नागरिकहरुले उठाउने प्रश्न गरेको छ नी । गरिमालाई जोगाउन कसरी सम्भव देख्नु हुन्छ ?
आफ्नो पेशा व्यवसायलाई विश्वासनीय बनाउने, तथ्यका आधारमा सत्यसमाचार उजगार गर्ने , पत्रकारिताको मर्म अनुसार सबै चल्नु पर्छ । पार्टीकारीता, पर्चाकारीता, न्यूज भनदा भिउज दिने परम्परा अलिबढी हावी भएको देखिन्छ । समाजमा चेतना फैलाउने अभियान्ताको जिम्मेवारी पाएको देशको चौँथो अङ्ग र नागरिकहरुको तेस्रो आँखाको रुपमा हेरिएको पत्रकारिता जगतको इज्जत र प्रतिष्ठा हामी सबैले बचाउनु पर्छ । गलत नियत राखेर समाजमा भ्रमको खेति गर्ने व्यक्तिगत फाइदाको लागि बाग्रोनिङ गर्ने, व्यक्तिगत पारिवारीक समाज समुदायको नै चरित्र हत्या गर्ने कार्य गरिनु हुन्न केही कमी कमजोरी भएका छन् भने सुधार गर्नुपर्छ ।
७. मोफोसलमा सञ्चालनमा आएका प्रिन्ट मिडिया र अनलाइन मिडिया दुबैको दिगो विकास र स्थायित्व दिन कस्तो भूमिका खेल्नु हुन्छ ?
मोफोसलमा सञ्चालनमा आएका सञ्चार माध्याम अनलाइन होस् या प्रिन्ट मिडिया द्ुबै स्वरोजगार मुलक उद्योगको रुपमा हेरिएको छ । मिडिया सञ्चालन गर्दा देखा सेखीमा भन्दा पनि जुन क्षेत्रमा हामी मिडिया सञ्चालन गरछौँ । त्यस क्षेत्रको बस्तुस्थिति माग, विज्ञापन बजार सबै अवस्थालाई नियालेर मात्र सञ्चार उद्यम सञ्चालन गर्नु पर्ने हो । हामी त्यसो गरी राखेका छैनौँ । सञ्चार उद्यम चलाउने भनेको नाफा कमाउने हैन् । नाफा कमाउने हो भने उद्योग खोल्नु प¥यो व्यवसाय गर्नु प¥यो । नागरिकहरलार्य सूसूचित गराउने सामाजिक चेतना फैलाउने नागरिकहरुलाई जिम्मेवार बनाउने अभियानमा जुट्ने सञ्चार माध्याम र सञ्चारकर्मीहरु सबभन्दा बढी जिम्मेवार हुनुपर्छ । सञ्चार माध्याममा कार्य गर्ने कर्मचारी तथा सञ्चारकर्मीहरुको रोजगारीको ज्ञारेन्टी सेवा सुविधा प्राप्त गर्ने अवस्था श्रृजना हुनुपर्छ । उनीहरुको पारिवारिक जीवन निर्वाह हुन सक्नु पर्छ । प्रिन्ट मिडियाले पनि नागरिकहरुको चाहना अनुरुप गुणस्तरीय खोजपत्रकारिता अनुशन्धान मूलक विषयहरु पस्कनु पर्छ । नयाँ प्रविधिको विकासलाई आत्पसात गरी अघि बढ्नुपर्छ । त्यस्तै अनलाइन मिडियाहरुले पनि बजार माग र नागरिकहरुको चाहना अनुरुप सूचना प्रवाह गर्न सक्नु पर्छ । नागरिकहरुलाई सूसूचित गर्ने मिडियाहरुलाई केन्द्र,प्रदेश र स्थानीय सरकारले विभेद नगरी बैज्ञानिक विज्ञापन, नीति अवलम्वन गरी लागु गर्न सक्नुपर्छ । लोकतन्त्र बलियो हुन र विकास र समृद्धिले फडको मार्न सञ्चार माध्याम र सञ्चारकर्मी दुबैको दिगो विकास हुनु पर्छ । उक्त कार्य गर्न काभ्रे जिल्लामा सञ्चालीत मिडियाहरुको स्थायित्व र विकासको लागि श्रमजीवी पत्रकारहरुको हितको लागि पत्रकार पहासंघ काभ्रे जिल्लाको सिङ्गो टिम एकताबद्ध भएर लाग्ने छ ।
