प्राडा. भोला थापा
उपकुलपति
काठमाण्डौँ विश्वविद्यालय
धुलिखेल काभ्रे
विगत २७ वर्ष देखि काठमाण्डौँ विश्व विद्यालयमा कार्यरत रहनु भएका प्राडा. भोला थापा शालीन व्यक्तित्,व शिक्षण सिकाईका श्रृजन शिलताका धनी हुनुहुन्छ । गुणस्तरीय विनाको शिक्षाले गन्तव्यमा पुग्न नसकिने हुँदा शैक्षिक स्तरीयता सक्षमताको विकास, आधुनिक प्रविधि मैत्री, उत्पादनसँग जोड्ने उद्यम शिलताको विकासमा सहयोग पुग्ने शिक्षा अपरिहार्य भएको बताउनु हुन्छ । देशका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको विकास सहित विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्ने अभियानमा काठमाण्डौँ विश्व विद्यालय लागि परको तर्क प्राडा. थापा गर्नुहुन्छ । काठमाण्डौँ विश्व विद्यालयमा इञ्जीनियर विभागमा लेक्चरर, असिसटेन्ट प्रोफेसर, स्कुल अफ इञ्जिनियरिङ, रजिस्टार हुँदै उपकुलपतिमा नियुक्त हुनुभएका प्राडा. भोला थापासँग विश्व विद्यालयको शैक्षिक उपलब्धता भावी नयाँ रणनीतिक योजनाका सन्दर्भमा रेडियो एविसी एफ. एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. काठमाण्डौँ विश्व विद्यालयमा विगत २७ वर्षको सेवा अवधि पछि तपाईँलाई उपकुलपति हुने अवसर जुट्यो कस्तो अनुभूति गर्नुभयो ?
आफूले सेवा गरेको शैक्षिक संस्थमा उच्चतम पदमा पुग्न पाउँदा निक्कै खुसि छु । आफ्नो शैक्षिक व्यक्तित्व विकास सहित समाजप्रति उत्तरदायि, कर्तव्य निष्ट भएर कार्य गरेकै कारण आज यो ओहोदामा आउन सकेको भन्ने लाग्छ । यो अवस्थामा आइपुग्न समाज, प्राध्यापक, कर्मचारी शिक्षा प्रेमी सबैको सहयोग प्राप्त हुन सकेको महशुस गरेको छु । सबैसँग हातेमालो गरी काठमाण्डौँ विश्व विद्यालयको शैक्षिक स्तरीयतामा अब्वलता ल्याउन भूमिका खेल्ने छु ।
२. इन्जिनियरिङ विभागको लेक्चरर, असिस्टेन्ट प्रोफेसर, स्कुल अफ इन्जिनियरिङको डिन र रजिस्टार हुँदै उपकुलपति हुनु भयो । शैक्षिक उपलब्धीको सवालमा के के प्राप्त गर्न सकिएको छ भनेर भन्न सकिन्छ ?
व्याचलर डिग्रीसँग सँगै काठमाण्डौँ विश्व विद्यालयमा अध्यापन गराउन गरें । विगत २७ वर्ष अघि इन्जिनियरिङ गर्नु ठूलै विषय थियो । मलाई काठमाण्डौँ विश्व विद्यालयबाट नै उच्च शिक्षा हासिल गर्ने अवसर जुट्यो । आफ्नो व्यक्तित्व विकासको साथै समाज र देशको लागि सेवा गर्ने चुनौती र अवसर दुवै जुटेको मैले ठानेको छु । भारतको राजस्थानबाट वेल्डा युनिभरसिटि साइन्स एण्ड टेक्नोलोजीबाट डिग्री गरें । हाम्रो काठमाण्डौँ विश्व विद्यालयको सहयोगी विश्व विद्यालय नर्वेको नर्वेजेनी युनिभरसिटी साइन्स एण्ड टेक्नोलोजीबाट पि.एच.डी. ९एज्म्० गरेकोे हुँ । विश्व विद्यालयहरुले विद्यार्थीहरुको लागि सक्षमताको विकास आत्मनिर्भरता सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी खोज अनुसन्धान गरेर पाठयक्रमको विकास गरिएको हुन्छ । सोहि पाठक्रम अनुरुप सक्षम राम्रो शिक्षाकहरुको आधुनिक उच्चतम प्रविधिको प्रयोगबाट अध्यापन गराउन लागि परेका छौँ ।
३. हाम्रो देशको शिक्षा निक्कै महंगीयो, विश्व विद्यालयमा अध्ययन गर्न सर्वसाधारणको पहँच पुग्न सकेको छैन् भने अर्को तर्फ उत्पादन र उद्यमशिलतामा जोडिन सकेको छैन् । शिक्षा गन्तव्य मुखि हुन सकेन नी किन ?
शिक्षामा लागत मुल्य हुन्छ । सरकारले प्रदान गर्ने हो या जुन शैक्षिक संस्थाले आफैले व्यवस्थापकीय प्रशासनीक तथा शैक्षिक स्तरीयता सहितको विकासमा मुल्य खर्च गर्नुपर्ने हुन्छ । “ गुणस्तरीय शिक्षा ग्रहण गर्न, विद्यार्थीहरुको चौतर्फी विकासको साथ साथै, सक्षम, स्वावलम्बी, आत्मनिर्भर, उद्यमी व्यवसायी बन्ने श्रृजनशील, विश्व बजारमा विक्ने प्रविधिको उच्चतम सहि प्रयोग गर्न सक्ने क्षमताको जनशक्ति उत्पादन गर्नु छ । त्यस्ता विद्यार्थीहरु काठमाण्डौँ विश्व विद्यालयले उत्पादन गरेको छ ” विश्वकै नमुना योग्य विश्व विद्यालय बनाउन हाम्रा विभिन्न विद्यामा विशिष्टता हाँसिल गरेका शिक्षक तथा प्रध्यापकहरुले खोज अनुशन्धान गर्दै अध्यापन गराउन दत्तचित्त भएर लागि परेको कारण आज यो अवस्थामा आइपुगेको हो । सबै सर्वसाधारणको पहँुच पुग्न नसकेको भने पक्कै हो । माध्यामिक तह सम्मको मात्रै शिक्षा सरकारले निःशुल्क गरेको छ तर उच्च शिक्षामा गर्न सकेको छैन् । समाजमा पछाडि परेका दलित, जनजाति, अल्पसङ्ख्यक छन् । अध्ययन गर्न सक्ने क्षमता भएकाहरुलाई राज्यले र सम्वन्धित विश्व विद्यालयले पनि सामाजिक उत्तरदायित्व उन्तरगत कार्य गरिनुपर्छ । हाम्रो काठमाण्डौँ विश्व विद्यालयले पनि विश्व विद्यालय अनुदान आयोगले दिएको मान्यता अनुरुप छात्रवृत्ति दिएको छ । तर देशको ७७ वटै जिल्लाको लागि यति प्रतिशत भनेर कोटा भने छुट्टाएको छैन् । जहाँ सम्म यहाँले शिक्षा गन्तव्य मुखि हुन सकेननी भन्ने जिज्ञासा राख्नुभयो । सबै शैक्षिक संस्थाहरुले प्रदान गरेको शिक्षा शिक्षा गन्तव्य मुखि हुन सकेका छैनन् । राज्यको शैक्षिक नीतिमा पनि भर पर्छ । शिक्षालाई उत्पादनसँग जोडेर रोजगारीको अवसर समेत श्रृजना हुनुपर्छ । जसको कारण उच्च शिक्षा हाँसिल गरे सँगै आर्थिक उपार्जन गरी जीवनको समृद्धि हुन जरुरी छ ।
४. विश्व विद्यालयमा पनि राजनीतिहाबी भएको छन् । महिनौ सम्म शिक्षामा सुधार गर्ने नाममा हड्ताल गरिने अवस्थाको श्रृजना भइराखेका छन् । यसको अन्त्य कसरी सम्भव देख्नु हुन्छ ?
समग्र विश्व विद्यालयमा जानेनजाने कमी कमजोरी हुन सक्छन् । व्यवस्थापन पक्ष सुधार गर्न, शिक्षामा सिकाई प्रभावकारी ल्याउन जरुरी हुन्छ । विद्यार्थीहरुको शिक्षा प्रतिको लगनसिलता अनुसार आफूले चाहना राखे अनुरुपको भएन वा अभिभावकको इच्छा र चाहना अनुरुप भएन् वा कर्मचारी वर्ग तथा प्रध्यापकहरुको सेवा सुविधा होस् या समय सापेक्षा गराउन खोजिएको हुन्छ । व्यवस्थापन पक्ष बिच र विद्यार्थी, अभिभावक वर्ग र प्राध्यापकहरुमा भएको बुझाइमा फरक हुन सक्छ । फरक पनलाई राम्रोसँग बुझाउन सक्नुपर्छ ।। सरोकारवालाहरु समाजबाट आएका राम्रा सुझावलाई कार्यन्वयन गर्दै जानु पर्छ । हाम्रो विश्व विद्यालयमा राजनीतिहाबी भएको छैन् ।
५. विश्व विद्यालयको शैक्षिक गुणस्तरीयता बृद्धिका साथै शैक्षिक विकासमा फड्को मार्ने नयाँ योजना के छन् ?
विश्व विद्यालय सञ्चालन गरेर विद्यार्थीहरुको इच्छा, चाहना, अध्यन गर्न सक्ने क्षमता र आवश्यकताको आधारमा पाठ्यक्रम आफैले निर्धारण गरेर स्तरीय शिक्षाको शैक्षिक विकासलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्छ । गुणस्तरीय शिक्षा कस्तोलाई भन्ने त्यसको निर्केयौल हुनु प¥यो । त्यसको मापक मूल्यमान्यता के हो त्यसको मापन सहित विद्यार्थीहरुलाई अध्यापन गराउनु पर्छ । विश्व विद्यालयको खोज अनुसन्धान सहितको पाठ्य पुस्तक तयार गरी उपयुक्त शैक्षिक वातावरणमा शिक्षा दिन,विद्यार्थीहरुको शिकाईलाई अब्बलपन दिन, मानव संसाधानको विकास पूर्वधारको विकास, प्रविधिको उच्चतम प्रयोगको विकास सबै विकासका चरणहरुलाई निर्धारित समय भित्र तोकिएको अवधिमा विद्यार्थीहरुको शिक्षण सिकाइको क्षमतालाई बुझेर शिक्षा प्रदान गर्नुपर्छ । विश्व विद्यालय भन्ने वित्तीकै विश्वका जुनसुकै देशका विद्यार्थी हुन या शिक्षक दुवैले अध्यन र अध्यापन गराउन पाउने मान्यता रहन्छ । अझै हामीले त्यसो गर्न सकेका छैनौँ देशको भाषा अनुरुप पनि शिक्षा दिन सक्नु पर्छ । शिक्षा प्रदान गर्दा अभिलेख करण सहितको कुनै निश्चित मुल्य मान्यता अनुरुप अभिलेखिकरण गरेर मात्र शिक्षा प्रदान गर्नुपर्छ । अनुगमन गर्न आउँदा हामीले यो समयमा यो,यो शैक्षिक क्रियाकलाप ग¥यौँ । त्यसबाट विद्यार्थीहरुको शिक्षण सिकाइमा उन्नती प्रगति गर्न सक्यौँ भन्ने सकारात्मक उदाहरण दिन सक्नु पर्छ । आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धिमा अझ थप परिस्कृत, अझ सुदृढ गर्दै शैक्षिक विकासमा उल्लेखनीय उपलब्धी हाँसिल गर्ने गरी विश्व भरिका विश्व विद्यालय कै नमुना योग्य विद्यालय बनाउन हामी प्रतिवद्ध र एकताबद्ध भइ हामी लाग्ने छौँ । व्यवस्थापकीय पक्ष, प्रशासनीक क्षेत्रलाई अझ चुस्त दुरुस्त पारदर्शी र सक्षमताको विकास गर्नेछौँ ।
