नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश
भूमिका,
हसिलो चेहेरा स्प्ष्ट बक्ताको रुपमा परिचित दिलसुन्दर श्रेष्ठको जन्म २०१३ बैशाख १३ गते धुलिखेलमा भएको हो । सफल व्यवसायीको रुपमा गनिने दिल सुन्दर धुलिखेल उद्योग वाणिज्य संघमा ३ पटक नेतृत्वमा रहेर व्यवसायीहरुको हकहित र उपभोक्ताहरुको अधिकारलाई सुनिश्चित गर्न र सम्बन्ध सुमधुर बनाउन लागि पर्नुभयो । विगत २५ बर्ष देखि धुलिखेल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघमा निरन्रत सक्रिय सपल उद्यमी सामाजिक अभियानमा लाग्नु भयो । तयारी पोशक उत्पादन, आयत निर्यात, जलविद्युत पर्यटन र वित्तीय क्षेत्रमा सफल व्यवसायीको रुपमा चर्चित हुनुहुन्छ । नपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय कार्य समिति कार्यकारी सदस्यमा ३ पटक निर्वाचित भई महत्वपूणर् समितिहरुको सभापतित्व गर्नुभयो । महासंघको मेला समितिको सभापति बन्नु भयो र आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । वाणिज्य शास्त्र तथा जनप्रसनमा स्नातक गर्नु भएका दिल सुन्दर श्रेष्ठ २०६८ साल देखि २०७७ साल सम्म केन्द्रीय उद्योग वाणिज्य महासंघमा लागि पर्नुभयो । जुदी इन्टर प्राइजेज काठमाण्डौँका प्रोपाइटर रहेका श्रेष्ठ सञ्जीवनी कलेज धुलिखेलको अध्यक्ष, धुलिखेल समाज काठमाण्डौँको द्वितिय उपाध्यक्ष रहेर कार्य गर्नु भएको छ । आगामी पुष ११ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको अध्यक्षको उम्मेदवार बन्नु भएका दिल सुन्दर श्रेष्ठसँग रेडियो एविसी एफ.एम. ८९.८ मेजाहर्जको प्रस्तुतीमा व्यवसायी र उपभोक्ता विचको सुमधुर सम्बन्ध स्थापित गर्ने दुर दृष्टी के छ भन्ने सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको आगामी पुष ११ गते हुने निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिनु भएको छ । निर्वाचित हुने आधारहरु के छन् ?
संघीय संरचना अनुरुप देश सञ्चालन भएको हुँदा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकारहरु सञ्चालन भइ रहेको अवस्था हो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय, प्रदेशमा प्रादेशीक र स्थानीयमा स्थनीय कानुनमा आधारित भएर संस्था सञ्चालन गर्नुपर्ने हुन्छ । सोही अनुसार देशको ७ वटै प्रदेशमा नेतृत्व चयन गुर्नपर्ने छ । वागमती प्रदेशमा नेतृत्वमा मेरो दावि सहित उमेदवारी घोषणा गरेको छु । महासंघको ५४ औँ साधारण सभाले शेखर गोल्छाको नेतृत्वमा नयाँ कर्य समिति चयन गरेको छ । ३ पटक धुलिखेल उद्योग वाणिज्य संघ नेतृत्वदायी भूमिका र ३ पटक नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य, धुलिखेल समाज र सञ्जीवनी कलेज धुलिखेलमा समेत रहेर समाजिक कार्यमा सम्लग्न भएर कार्य गरेँ । बागमती प्रदेशको कार्यालय हेटौँडामा छ । सचिवालयलाई व्यवस्थीत गर्नुछ । व्यवसायीहरुले गरेको कारोवारमा सुरक्षा छैन् । जुन सुकै राष्ट्रमा पनि उद्यमी व्यवसायीले उत्पादन गरेका उत्पादनहरु बजारमा विक्रि गर्दा राज्यको सुरक्षा हुनुपर्छ सुरक्षित कारोवार ऐन, घरवहाल ऐन जारी भएको छैन् । व्यापार व्यावसाय फष्टाउन, व्यापारीले विक्रि गरेको सामग्री बाँकी दिएको सामग्रीको कुनै सुरक्षाको ज्ञारेन्टी छैन् । यसलाई व्यवस्थित गर्नुछ । सुरक्षित कारोवार ऐन, घरवहाल कर ऐन जारी गर्न प्रादेशीक र स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्नु छ । व्यवसायीहरुको हक हित, व्यवसायको प्रवर्धन, उद्यम व्यवसायको विकास स्वरोजगारको श्रृजना गरी देशलाई आत्मनिर्भरको बाटोमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएको छु । मलाई काभ्रे जिल्लाका सबै उद्योग वाणिज्य संघको साथ र सहयोग छ । वागमती प्रदेशमा नगर र जिल्ला गरी २० वटा उद्योग वाणिज्य संघ छन् । काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, धुलिखेल उद्योग संघका अध्यक्ष मञ्जुकुमार कोजु, सिन्धुपालाञ्चोक, मकवानपुर, नुवाकोट चितवन जिल्लाका उद्योग वाणिज्य संघहरुले समर्थन जनाइ सक्नु भएको छ । टिम निर्माण गरेर अघि बढ्ने सोच बनाएको छु । मित्रहरुको साथ सहयोग विस्वास म माथि भएकोले निर्वार्चित हुनेमा ढुक्क छु ।
२. उद्योग वाणिज्य महासंघमा ३/३ पटक कार्यकारीणी समितिमा निर्वाचित हुनुभएको व्यक्ति केन्द्रीय पदाधिकारीमा नै यहाँको दावि हुनु पर्दथ्यो किन वागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिनुभयो ?
संघीय व्यवस्थामा प्रादेशीक स्वरुप अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकार तीन तह अनुसार नै आ-आफ्नो अधिकार भित्र रहेर कार्य गरिने हुन्छ । सामाजिक संघ संस्था वा व्यवसायिक फर्म महासंघ सबै सोहि अनुसार चल्ने हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी उपाध्यक्ष पछिको हैसियत प्रदेश अध्यक्षको हुन्छ । घटुवा हुने छैन् । कार्यसमिति भित्र महत्वपूणर् भूमिका हुन्छ । म ३ पटक केन्द्रीय उद्योग वाणिज्य महासंघमा कार्यकारीनी सदस्य र ३ पटक धुलिखेल उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर कार्य गरिसकेको हो । म चाँहि वागमती प्रदेशका व्यवसाहिहरुको हक हित व्यवसाय प्रवद्र्धन, उद्योग सञ्चालन रोजगारको श्रृजनाको लागि व्यवसायीहरुको संगठनीक विकासको लागि शस्क्तरुपमा अघि बढाउन मैले प्रदेशको अध्यक्ष पदको उम्मेदवार दिएको हुँ ।
३. तँपाई वागमती प्रदेशको अध्यक्षमा विजयी हुनुभयो भने व्यवसायीहरुको हकहित र उपभोक्ताहरुको अधिकारको लागि के गर्ने दुर दृष्टि राख्नु भएको छ ?
उद्योग वाणिज्य महासंघ भनेकै उद्योगी व्यवसायीहरुको हक अधिकारको लागि गठन भएको संघ हो । कोभिड-१९ प्रकोपको महामारीमा समेत व्यवसायीहरुले आफ्नो जीवनको कुनै प्रवाह नगरी आम उपभोक्ताहरुलाई उपभोग्य खाद्यसमग्री उपलब्ध गराए । नागरिकहरुको गुणस्तर युक्त सामग्री प्राप्त गर्ने अवस्था श्रृजना गर्नुपर्छ । व्यवसायीहरुले गरेको कारोवार सुरक्षाको प्रत्याभूति गराउने कारोवारी सुरक्षा ऐन जारी गर्न सरकारलाई झक-झकाउने, निजि क्षेत्रको उद्योग, व्यवसाय सञ्चालन गर्न, व्यापार व्यावसाय प्रभावकारी रुपमा चलाउन ४ देखि ५ प्रतिशत सहुलीयतदरमा कर्जा उपलब्ध गराउने । उपभोक्ता र उद्योग व्यवसायीहरुको सम्बन्ध सुमधुर बनाउने गरी कार्य गर्ने, प्रदेश र स्थानीय सरकारविच समन्वय गर्ने, सरकारलाई व्यवसायीले १३ प्रतिशत भ्याट तिरदै आएको छ । त्यसलाई घटाएर १० प्रतिशतमा झार्ने रणनीति लिएको छ । ३ प्रतिशत व्यवसायीको हकहित उद्योग धन्दालाई प्रोत्साहित गर्न व्यावसाय प्रवद्र्धनको लागि पर्नेछु । जिल्ला जिल्लामा गरिने मेला सभा समारोह सञ्चालन गर्न केन्द्रले व्यवस्थापन गर्दै आएको थियो । अव देखि हरेक प्रदेशले गर्न पाउने व्यवस्था गरिनुपर्छ । त्यसको लागि मेरो ध्यान केन्द्रीत गरेको छु ।
४. उद्योग वाणिज्य संघमा आवद्ध भएर खासै केही हुँदैन भन्ने मानसिकता आएको छ नी किन सचेतना जागरण नभएर हो ?
उद्योग वाणिज्य संघको कार्यालय ७७ वटै जिल्लामा छ । जिल्ला र नगर गरेर १ सय ६ वटा शाखा छन् । त्यस्तै वागमती प्रदेशमा नगर र जिल्ला गरेर २० वटा उद्योग वाणिज्य संघ छन् । व्यवसायी र उपभोक्ता विच सम्बन्ध स्थापित गर्ने कार्य भएको छ । चेतनाको विकास जागरण ल्याउन कार्य अघि बढाइने छ । कोभिड-१९ प्रकोपमा व्यवसायिहरुको पुनर जीवनको लागि १ खर्बको आर्थिक राहत प्याकेज ल्याउन सकेको छ । व्यवसायीहरुले ८ देखि साढे ८ प्रतिशत व्याजमा कर्जा प्राप्त गर्न सक्ने अवस्थाको श्रृजना नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । व्यवसायीहरुको हक हितको लागि नै उद्योग वाणिज्य संघ गठन भएका हुन् ।
५ अन्त्यमा केही भन्नु छ की ?
सम्पूणर् उद्योगी व्यवसायीहरुको व्यवसायिक विकास गरी व्यवसाहीहरुको समृद्धि गर्नु छ । प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्यमी व्यवसायीहरुको वृद्धि गरी रोजगारीको श्रृजना गर्नु छ । काभ्रे जिल्लाको हकमा पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन पाउने अवस्था भएको छैन आगामी दिनमा छिटो भन्दा ,ि पाँचखाल र नमोबुद्ध नगरपालिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन पाउने अवस्था भएको छैन । आगामी दिनमा छिटो भन्दा छिटो प्रक्रियागतरुप कार्य अघि बढाउने छ ।
