तीन दशकदेखि निरन्तर शिक्षण सेवामा लाग्नुभएका शिक्षा सेवी भगिरथ अधिकारी हाल गुरुकुल बेलर क्याम्पसको द्यद्यक् क्याम्पस प्रमुख हुनुहुन्छ । विश्व बजारमा विक्ने, सिपमुलक, शैक्षिक उत्पादनलाई उद्योगसँग जोड्ने शिक्षा आवश्यक रहेको क्याम्पस प्रमुख अधिकारीको तर्क छ । अहिलेको पाठ्यक्रममा द्यद्यक् तहमा शैद्धान्तिक विषयमा बेसी, व्यवहारीक ज्ञान, प्रविधिको विकासलाई कम स्थान भएको पाठ्यक्रमको विकास गरिएको छ । व्यवस्थापन कार्यक्रममा पनि होटल म्यानेजमेन्ट र कम्प्यूटर साइन्सका विषयहरु समावेश भएका छन् । औधोगिक प्रतिष्ठान, व्यवसायिक फर्म, बैंक तथा वित्तीय संस्थामा रोजगारीको अवसर छ । व्यवस्थापन तहमा उच्चशिक्षा सफलता हासिल गर्ने अवसरको सदुपयोग गरी शैक्षिक गन्तव्यमा पुग्नसाकिने धारणा राख्नुहुन्छ क्याम्पस प्रमुख अधिकारी, गुरुकुल बेलर क्याम्पसको शैक्षिक स्तरीयता भावी शैक्षिक योजनाको सवालमा क्याम्पस प्रमुख भगिरध अधिकारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
१. गुरुकुल बेलर क्याम्पसको शैक्षिक आकर्षण बारे बताइदिनुस न ?
शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्छ भन्ने मान्यता अनुरुप स्नातक तह द्यद्यक् का कार्यक्रमहरु सञ्चालन गरिएको छ । ग्लेसियर एजुकेशनल फाउण्डेशनद्वारा सञ्चालित गुरुकुल बेलर क्याम्पस हो । प्रिप्राइमरी किड्स क्यास्टल, प्लेग्रुप, मन्टेश्वरी त्यस्तै गरी माध्यामिक तह देखि उच्च शिक्षा अध्ययन गर्ने उपयुक्त अवसर प्राप्त छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी द्यद्यक् स्नातक तह सञ्चालन गरिएको छ । विगत १० वर्ष देखि प्रभावकारी शिक्षण सिकाइ प्रदान गरी विद्यार्थीहरुको शैक्षिक सुधारमा परिणाम्मुखी सुधार गर्दै लागेको छ । उपयुक्त शैक्षिक लाईवेरीको प्रबन्ध, ईलाइवेरीको व्यवस्था, भौतिक पूर्वाधारले सम्पन्नता, विद्यार्थीहरुको शिक्षाको गुणस्तर विकास लगायत अतिरिक्त क्रियाकलाप, बास्केट बल, भलिवल, फुटसल प्रतियोगीता, जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगीता, टाढा टाढाका विद्यार्थीहरुलाई निःशुल्क यातायात सुविधा, विश्व विद्यालयको अन्तराष्ट्रिय विश्व विद्यालयको शैक्षिक विकास, शैक्षिक गुणात्मकता धर्म संस्कृति संस्कार, सुचना प्रविधिको विकासको अवस्थाको शिक्षा ग्रहणको आदान प्रदान गर्ने अवसर छ । चाइना, इण्डीया, अमेरिका र युरोप र कोरियाका विश्व विद्यालयसँग समन्वय गरी अन्तराष्ट्रिय शैक्षिक सेमिनारमा भाग लिइ शैक्षिक ज्ञान हासिल गर्न सक्छन् ।
२. द्यद्यक् स्नातक तह अध्ययनको दौडधुपमा रहेको विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
कक्षा ११ र १२ को अध्ययन गर्नुहोस् या द्यद्यक् तह स्नातक तह अध्ययन अवसरका लागि विद्यार्थीहरु कलेज छनौटको दौरानमा हुनुहुन्छ काभ्रे जिल्लाका सामुदायिक र नीजि क्षेत्रबाट सञ्चालित कलेजहरुको शैक्षिक क्षेत्रमा आ–आप्mनो उच्च छवि रहेका छन् । उपत्यका बाहिर जानुपर्ने आवश्यकता छैन । विद्यार्थीहरुले कलेजको शैक्षिक वातावरण, विगतको शैक्षिक इतिहास, वर्तमान शैक्षिक अवस्था, प्रविधिको विकास सबैलाई ध्यान दिइ कलेज छनोट गर्न सकिन्छ । कक्षा १२ मा आपूmले प्राप्त गरेको शैक्षिक उपलब्धी आगामी शैक्षिक गन्तव्य, आर्थिक अवस्था सबैलाई नियाली अघि बढ्न सकिन्छ । द्यद्यक् स्नातक तह शिक्षा ग्रहण गर्न गुरुकुल बेलर क्याम्पसमा विद्यार्थीहरुलाई भ्रमणको लागि आव्हान गर्न चाहन्छु । हाम्रो क्याम्पसमा २०÷२५ वर्ष शिक्षण सेवामा खारिएका शिक्षकहरुबाट अध्यापन गरिन्छ । भौतिक पूर्वाधारले सम्पन्नता छ । इण्डीया, चिन, अस्ट्रेलीया जापान, कोरिया र युरोपका विश्व विद्यालयसँग समन्वय गरी शैक्षिक विकासको सूचना आदान प्रदानको अवसर छ । द्यद्यक् स्नातक तहमा विद्यार्थीहरुले पटक पटक उत्कृष्ट अंक ल्याई जिल्ला प्रथम हुन सकेको छ । गुरुकुल बेलर क्याम्पसमा विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा प्रदान गरेका छौं । भर्ना हुन आउन हार्दिक आव्हान गर्दछु ।
३. भावी शैक्षिक योजना के के छन् ?
विगत १० वर्ष देखि द्यद्यक् स्नातक तह सञ्चालन गर्दै आएका छौं । त्रिविविले नीजी तथा सामुदायिक क्याम्पसलाई प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिएको छैन । भौतिक पूर्वाधारले सम्पन्नता भएकाहरुलाई स्नातक तह र मास्टर डिग्रीका कार्यक्रमहरु सञ्चालन गर्न दिनुपर्छ अहिले सम्म दिएको छैन । हामी आगामी वर्षमा नै द्यद्यब् का कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको चाहना अनुरुप मास्टर डिग्रीका कक्षा सञ्चालन गर्ने योजना बनाएका छौं । सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी प्राविधिक विषयहरु समेत सञ्चालन गर्ने योजनाबद्ध शैक्षिक योजना अघि सारेका छौं । मास्टर डिग्रीका कार्यक्रम सञ्चालनका लागि विगत दुई वर्ष देखि त्रिभुवन विश्व विद्यालयमा आवेदन दिएका छौं । अझ सम्म सम्बन्धन दिएको छैन ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
