पर्वत जिल्ला पइयौं गाउँपालिकामा जन्मनु भएका सागरमणी तिवारी विगत ३० वर्ष देखि शिक्षण सेवामा लागि आप्mनो उर्जाशिल समय वेतित गर्नुभयो । २०५४ सालमा स्थापित धुलिखेल क्याम्पसमा २०५६ सालदेखि +२ सञ्चालन भयो । २०४८ सालदेखि देखिनै काभ्रे जिल्लामा शिक्षा पेशा अगाल्नुभएका सागरमणि तिवारी धुलिखेल क्याम्पसको प्रमुख जिम्मेवारी समाल्दै आउनुभएको छ । राज्यले शिक्षामा लगानी बढाई उत्पादनलाई उद्योगसँग जोडेर शिक्षा क्षेत्रलाई परिणाम मुखी बनाउन सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार र अध्यापन गराउन सक्ने जनशक्ति भएको ठाउँमा प्राविधिक धारका विषयहरु सञ्चालन गर्न दिनुपर्ने तर्क गर्नुहुन्छ क्याम्पस प्रमुख तिवारी । शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने धारणा राख्नु हुन्छ क्याम्पस प्रमुख तिवारी ःद्यब्, ःएब् र ःब् शैक्षिक योग्यता हाँसिल गर्नुभएका क्याम्पसका प्रमुख सागरमणि तिवारीसँग स्नातक तह ४ वर्षे द्यद्यक् को भर्ना अभियान कसरी चलेको छ, क्याम्पसको भावि शैक्षिक योजना के छन् भन्ने सवालमा क्याम्पस प्रमुख सागरमणि तिवारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ ः
१. कक्षा १२ को नतीजा सार्वजानिकसँगै स्नातक तह ४ वर्षे द्यद्यक् भर्ना अभियान धुलिखेल क्याम्पसमा कुन रुपमा अघि बढेको छ ?
कक्षा १२ को समग्र नतिजा ६१ दशमलब १७ प्रतिशत, त्यस्तै हाम्रो धुलिखेल क्याम्पसको ८२ दशमलब ६८ प्रतिशत विद्यार्थीहरुले कक्षा १२ मा सफलता हाँसिल गरेका छन् । अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन हुने यस कलेजमा अभिभावक र विद्यार्थीहरुसँग शैक्षिक अन्तरक्रिया, शैक्षिक परामर्श, पोस्टर, पम्प्लेट, रेडियो, पत्र पत्रिकाको माध्यमबाट भर्ना अभियान तिब्र रुपमा अघि बढेको छ । धुलिखेल नगरपालिकाले पालिका भित्र सञ्चालित द्यद्यक् स्नातक तह सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क र बाहिरी जिल्ला र नगरबाट आउने विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्कमा अध्ययन गर्ने अवसर रहेकोमा क्याम्पसले भर्ना शुल्क लिएर अरु मासिक शुल्क निःशुल्क गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौं ।
२. धुलिखेल क्याम्पसले प्रदान गरेको शैक्षिक गुणस्तरलाई कुनरुपमा मापन गर्न सकिन्छ ?
शैक्षिक गुणस्तरलाई मापन गर्न विद्यार्थीहरुले वार्षिक नतिजामा ल्याएको अंकलाई समेत मापन गर्नुपर्छ । कक्षा ११ र १२ मा कम्प्यूटर साइन्स, होटल म्यानेजमेन्टमा जिल्लामा १६ पटक जिल्ला टप र एकपटक मात्र देशनै टप भएका छन् । देशमै पहिलो पटक नै सामुदायिक क्याम्पसमा अध्यनरत विद्यार्थी देशैका उत्कृष्ट नतिजा ल्याई देशकै प्रथम भयो । विद्यार्थीहरुको सिकाइलाई उत्पादन र उद्योगसँग जोड्ने, उद्यमी व्यवसायी बनाउने र रोजगारीको सृजना गर्न प्रेरित गर्ने गरेको छ । १०÷१२ जना बैंक तथा वित्तीय संस्थामा प्रमुख जिम्मेवारीमा हुनुहुन्छ । प्रहरी, सेना, सामाजिक संघ संस्था द्यद्यक् उत्तीर्ण गरेका हाल सम्मका ९ सय मध्ये ८० प्रतिशतले रोजगार प्राप्त गरेका छन् भनेपछि जीवनलाई सुखमय बनाउन आर्थिक समृद्धिको यात्रामा अघि बढाउन सकेको उदाहरणले नै धुलिखेल क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेको छ भन्ने प्रस्ट हुन्छ ।
३. विद्यार्थीहरुले स्नातक तह द्यद्यक् अध्ययन पुरा गरेपछि हुने रोजगारको अवसरका सन्दर्भलाई कसरी बुभ्mने ? शिक्षालाई सिप र उद्यममा जोड्न किन सकिएको छैन ?
त्रिभुवन विश्व विद्यालयले सामुदायिक क्याम्पसहरुलाई शिक्षाको स्तर वृद्धि, चेतनाको सम्वहाक जानकारी मुलक, सिद्धान्त परकमा जोड, प्रविधिक धारका विषयहरु सञ्चालनमा रोक, अभ्यास र प्राविधिक विषयहरुको अध्यापनमा ध्यान दिइएको छैन । किताबको ज्ञान दिन सकेको छ । सूचन र प्रविधिको युगमा प्रवेश भइ सकेको छ । त्यसलाई आत्मसाथ गर्न दिइएको छैन । भौतिक पूर्वाधारले सम्पन्न, सक्षम शैक्षिक जनशक्ति भएका सामुदायिक क्याम्पसहरुलाई प्रविधिक धारका कार्यक्रम सञ्चालन गर्न दिनुपर्छ । गणतन्त्र आइसकेपछि पनि पन्चायती शैलीको पाठ्यक्रम विकासलाई पच्छयाउनु ठिक हैन । केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आप्mनो क्षेत्रमा भएका शैक्षिक संस्थाबाट उत्पादीत विद्यार्थीहरु प्रविधिक जनशक्ति, विश्ववजारमा विक्ने शिक्षा, गुणस्तर युक्त शिक्षाको राष्ट्रिय राजमार्ग उच्च गुणस्तर प्रदान गर्ने व्यवस्थापकीय कार्य क्षमता कार्यान्वयन हुने हुनुपर्छ । शिक्षा नीति उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, जीवनोपयोगी, सिप मुलक रोजगार मुलक उद्यम र व्यवसाय समेतलाई प्रवद्धन हुने खालका सवाल समेट्नु पर्छ । पाठ्यक्रम विकास प्रविधि मैत्री राष्ट्रिय राजमार्गमा गुणस्तरीता प्रदान सहितको प्रबन्ध जरुरी छ । सडक सञ्जालको दिगो विकास नभई बसहरु दौडल कुद्न सक्दैनन् अव्यवस्थित हुँदा दुर्घटना निम्तन सक्छ ।
४. शैक्षिक युवा जनशक्ती विदेश पलायन हुनुले हाम्रो देशको लगानी विदेशीले उपयोग गरिरहेको छ यसले हामीपछि प¥यौनी ? तपाई त ३० वर्ष देखि शैक्षिक क्षेत्रमा लाग्नु भएको व्यक्तित्व हुनुहुन्छ राज्यले अब के गर्नुपर्ला जस्तो लाग्छ ?
शैक्षिक युवा जनशक्ति विदेशीनु हाम्रो दुरभाग्य हो, हाम्रो होनहार युवाहरु आप्mनो भाग्य र भविष्य अर्काको देशमा काम गर्दै पढ्दैका लागि जानु राज्यको शिक्षामा गरेको लगानी आप्mनै देशमा उपयोग गर्न नसक्नुको कारणले । देश निर्माणका सम्वहाकलाई विदेशीनबाट रोक्न देशमै पनि शिक्षा लगानी बढाउनुपर्छ, कृषि, पर्यटन क्षेत्रको व्यवसायिक विकास गरी उत्पादनलाई उद्योगसँग जोडेर दक्ष तथा अर्ध दक्ष जनशक्ति उपयोग गर्नेगरी राज्यको नीति बन्नुप¥यो अनि मात्र देशको समृद्धि र विकास सम्भव छ । राजनीतिक अस्थीरता, बेथिति, भ्रस्टाचार बढ्नुले पनि युवा पिढीमा नैराश्यता आइ विदेश पलायन भएका हुन् ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
