IMG-LOGO

त्रिविविले सामुदायिक क्याम्पसहरुलाई प्राविधिक धारका कार्यक्रम सञ्चालन अनुमती दिनुपर्छ

 मंगल, भदौ १०, २०८२  डा. अम्बुभवानी कार्की क्याम्पस प्रमुख, तेजगंगा बहुमुखी क्याम्पस, पनौती

     २०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पसमा कक्षा ११ देखि द्यद्यक्, द्य।भ्म्, द्यब् र ःब् सम्मको अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । त्यसैगरी उक्त क्याम्पसमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल तेजगंगा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की विगत २५ वर्षदेखि तन, मन, वचन र कर्मको कार्य, शिक्षकहरुको जम्बो टोलीको लगनशिलतको कारण सामुदायिक क्याम्पस मध्येकै स्तरीय शिक्षा प्रदान गर्ने सवालमा परिचित भएको बताउनु हुन्छ ः क्याम्पस प्रमुख कार्की । सामुदायिक क्याम्पसको सल्लाहकार समेत रहनुभएकी तेजगंगाको क्याम्पस प्रमुख कार्कीसँग शैक्षिक अवस्था व्याचलर लेबल द्यद्यक्, द्यभम र द्यब् भर्ना अभियान, भावी योजनाका सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

१. २०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पस पनौती शैक्षिक स्तरीयता र उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?

त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिइ विगत २५ वर्ष देखि शैक्षिक क्षेत्रको विकासलाई उपलब्धी मुलक बनाउन समुदायमा सामुदायिक क्याम्पस सञ्चालन गरेका हौं । माध्यामि तहमा कक्षा ११ र १२, व्याचलर लेबल स्नातक तह देखि स्नाकोत्तर सम्मको उच्च शिक्षा अध्ययन गर्ने अवसर सृजना गरेका छौं । सामुदायिक क्याम्पस अन्तरगत त्यस ताका महिला नेतृत्व सम्भवत पहिलो हो । २५ जना विद्यार्थीबाट सञ्चालन सुरु भएको त्यसमा क्रमश वृद्धि गर्दै एक सय जना विद्यार्थी सहभागीता गराई ऐतिहासिक नगरी पनौतीमा क्याम्पसलाई स्थायित्व दिन सकेका छौं । २०७१ सालमा ९त्तब्ब्० को लागि प्रस्ताव पेश गरेकोमा २०७९ मा शैक्षिक गुणस्तर प्रत्यान ९त्तब्ब्० विकास प्रमाण पत्र प्राप्त गरी शैक्षिक स्तरीयता वृद्धिमा सहयोग पुग्यो । विश्वविद्यालय अनुदान आयोगबाट सामुदायिक क्याम्पसलाई भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर विकासमा मद्दत पुग्ने गरी सहयोग प्राप्त भएको छ । १ सय ३ क्याम्पसहरुले त्तब्ब् प्राप्त गरेकोमा हाम्रो क्याम्पस ८३ औं नम्बरमा छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा हाम्रा व्यवस्थापन टिम, शिक्षक वर्ग, प्रशासनीक कर्मचारी सबैको एकताबाट शैक्षिक विकासमा योगदान पुगेको छ । यहाँ उत्पादीत विद्यार्थीहरु अधिकांशले उच्च प्रशासनिक क्षेत्र, संघ, संस्था सरकारी निकायमा र शैक्षिक संस्थामा रोजगारी प्राप्त गर्न सकेका छन् । स्नातकदेखि मास्टर डिग्री सम्मका विद्यार्थीहरुले परीक्षामा सामेल भइ ८० देखि ९० प्रतिशत उत्तीर्ण भइ सफलता हाँसिल गर्न सकेका छन् यो नै उपलब्धी मुलक हो ।

२. सामुदायिक क्याम्पसका प्रमुख चुनौती के छन् ?

समय परिवर्तनशिल छ । विश्वमा नै प्राविधिक सिपमुलक शिक्षा, पढ्दै गर्दैको अवधारणा लागु भइ सक्यो, प्राविधिक विषयहरु अध्ययन सफलता हाँसिल गरेका शैक्षिक जनशक्तिले विश्व बजारमा रोजगारी प्राप्त गर्न सक्छन् । प्राविधिक धारका विषयहरु सञ्चालन गर्न त्रिभुवन विश्व विद्यालयले सम्बन्धन दिनु पर्ने दिएको छैन । व्यवस्थापन, शिक्षा र मानवीकीका कार्यक्रमहरुमात्र सामुदायिक क्याम्पसले सञ्चालन गर्न दिइयो, भौतिक पूवाधारले सम्पन्नता भएका, शैक्षिक जनशक्ति पुरा गर्न सक्षम क्याम्पसलाई प्राविधक धारका विषय र कार्यक्रमहरु सञ्चालन अनुमती दिनुपर्छ । केन्द्र र प्रदेश सरकारले शैक्षिक क्षेत्रको गुणत्मक विकासमा अहिले लगानी गरेको भन्दा दोब्बर वृद्धि गरी शैक्षिक विकासमा योजनावद्ध लगानी बढाउनु जरुरी छ । स्थानीय सरकारले आप्mनो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालय, सामुदायिक कलेजहरुलाई शैक्षिक जनशक्ति बिकासमा लगानी गर्नुपर्छ । काभ्रेको धुलिखेल, दमक, नवल परासी, भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा हरेक वर्ष बजेट विनियोजन गरी समुदायमा आधारित स्कुल कलेज अध्ययन गर्ने विद्यार्थीहरुलाई विपन्नलाई निःशुल्क र अरुलाई ५० प्रतिशत शुल्कमा छात्रवृति उपलब्ध गराएको छ । त्यहाँको शैक्षिक अवस्थामा सकारात्मक सुधार भएको छ । हाम्रो पनौती नगरपालिकाले विगतको सरकारले उपलब्ध गराएको शैक्षिक विकासका लागि उपलब्ध गराएको बजेट समेत कटौती ग¥यो । कलेजले निर्धारण गरेको न्यूनतम शुल्कबाट मात्रै सामुदायिक क्याम्पस सञ्चालन हुन निक्कै कठीन छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्न जरुरी छ । तब मात्र सामुदायमा प्रवुद्ध वर्गले स्थापना गरेको क्याम्पसको स्थायित्व हुन्छ शैक्षिक जनशक्तिको विकासमा मद्दत पुग्छ ।

३. सामुदायिक कलेजहरुको स्थायित्व र विकास कसरी सम्भव देख्नुहुन्छ ?

सामुदायिक क्याम्पसहरुलाई पुराना विषयहरुमात्र सञ्चालन गर्न नभइ नयाँ प्राविधिक धारका विषय र कार्यक्रम सञ्चालन गर्न दिनुपर्छ । स्नातक तहमा द्यद्यक्, द्यब् र द्यभम का कार्यक्रमहरु र स्नाकोत्तर तहमा ःद्यक्, ःब् र ःभम मात्र सञ्चालन गरेर सामुदायिक कलेजको स्थायित्व सम्भव छैन । युवा पिढीं, विदेश पलायन बढ्दो, भएकोले स्नातक तहदेखि पढ्दै र गर्दै गर्न राज्यले शिक्षामा लगानी बढाई शिक्षालाई उत्पादनसँग जोडी उद्यमसिलताको विकासमा जोड दिनुपर्छ । स्थानीय र प्रदेश सरकारले सामुदायिक क्याम्पसको आवश्यकता अनुसार, भौतिक पूर्वाधार, शिक्षक दरवन्दीको व्यवस्था गर्नुपर्छ ।्

४. भावि शैक्षिक कार्ययोजना के के छन् ?

त्रिभुवन विश्व विद्यालयसँग हामीले प्राविधिक विषयहरु सञ्चालन गर्न अनुमती माग गरेका छौं । तर प्राप्त गर्न सकेका छैनौं द्यद्यब् सञ्चालनका लागि कलेजले प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विश्वविद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसलाई हरेक वर्ष भौतिक पूर्वाधार विकास, फर्निचर, शैक्षिक समाग्री खरिदको लागि बजेट उपलब्ध गराउँदै आएको छ । विद्यार्थी संख्या, शैक्षिक गुणस्तर विकास, शैक्षिक वातावरण सबैको सुचांकको आधारमा प्राप्त भएको छ यो सहयोगलाई हामीले सकारात्मक रुपमा लिएका छौं । कक्षा ११, १२ त्यस्तै गरी स्नातक तहमा ४ देखि ५ जना शिक्षकहरुलाई तलबको प्रबन्ध गरिदिन सके क्याम्पस सञ्चालनमा स्थायित्व हुन्छ ।

५. अन्त्यमा केहि भन्नु छ की ?

सामुदायिक क्याम्पसहरुले आप्mनो ल्यागतले भ्याए सम्म शैक्षिक गुणस्तर विकासमा योगदान गर्दै आएका छन् । विद्यार्थीहरुको शिक्षण सिकाई, नेतृत्व र व्यक्तित्व विकासमा विद्यार्थीहरुको शिक्षण सिकाईमा सृजनसीलता कायम गर्न लागि परेको छ । तेजगंगा बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रको विकासमा आप्mनो बुताले भ्याएसम्म आप्mनो उत्तरदायित्व पुरा गरेको छ । यहाँको शैक्षिक वातावरण बुझी अभिभावक वर्ग, विद्यार्थीहरुले क्याम्पस भ्रमण गरी व्याचलर लेबलको अध्ययन गर्न हार्दिक आग्रह गर्दछु । न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेका छौं । त्यसको मुल्यांकन गर्ने कार्य समुदाय नै हो भन्न चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्