२०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पसमा कक्षा ११ देखि द्यद्यक्, द्य।भ्म्, द्यब् र ःब् सम्मको अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । त्यसैगरी उक्त क्याम्पसमा कक्षा ११ मा व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाई हुन्छ । शैक्षिक क्षेत्रको विकासमा इटा थप्न सफल तेजगंगा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्की विगत २५ वर्षदेखि तन, मन, वचन र कर्मको कार्य, शिक्षकहरुको जम्बो टोलीको लगनशिलतको कारण सामुदायिक क्याम्पस मध्येकै स्तरीय शिक्षा प्रदान गर्ने सवालमा परिचित भएको बताउनु हुन्छ ः क्याम्पस प्रमुख कार्की । सामुदायिक क्याम्पसको सल्लाहकार समेत रहनुभएकी तेजगंगाको क्याम्पस प्रमुख कार्कीसँग शैक्षिक अवस्था व्याचलर लेबल द्यद्यक्, द्यभम र द्यब् भर्ना अभियान, भावी योजनाका सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. २०५७ सालमा स्थापना भएको तेजगंगा बहुमुखी क्याम्पस पनौती शैक्षिक स्तरीयता र उपलब्धीलाई कसरी नियाल्न सकिन्छ ?
त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिइ विगत २५ वर्ष देखि शैक्षिक क्षेत्रको विकासलाई उपलब्धी मुलक बनाउन समुदायमा सामुदायिक क्याम्पस सञ्चालन गरेका हौं । माध्यामि तहमा कक्षा ११ र १२, व्याचलर लेबल स्नातक तह देखि स्नाकोत्तर सम्मको उच्च शिक्षा अध्ययन गर्ने अवसर सृजना गरेका छौं । सामुदायिक क्याम्पस अन्तरगत त्यस ताका महिला नेतृत्व सम्भवत पहिलो हो । २५ जना विद्यार्थीबाट सञ्चालन सुरु भएको त्यसमा क्रमश वृद्धि गर्दै एक सय जना विद्यार्थी सहभागीता गराई ऐतिहासिक नगरी पनौतीमा क्याम्पसलाई स्थायित्व दिन सकेका छौं । २०७१ सालमा ९त्तब्ब्० को लागि प्रस्ताव पेश गरेकोमा २०७९ मा शैक्षिक गुणस्तर प्रत्यान ९त्तब्ब्० विकास प्रमाण पत्र प्राप्त गरी शैक्षिक स्तरीयता वृद्धिमा सहयोग पुग्यो । विश्वविद्यालय अनुदान आयोगबाट सामुदायिक क्याम्पसलाई भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर विकासमा मद्दत पुग्ने गरी सहयोग प्राप्त भएको छ । १ सय ३ क्याम्पसहरुले त्तब्ब् प्राप्त गरेकोमा हाम्रो क्याम्पस ८३ औं नम्बरमा छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा हाम्रा व्यवस्थापन टिम, शिक्षक वर्ग, प्रशासनीक कर्मचारी सबैको एकताबाट शैक्षिक विकासमा योगदान पुगेको छ । यहाँ उत्पादीत विद्यार्थीहरु अधिकांशले उच्च प्रशासनिक क्षेत्र, संघ, संस्था सरकारी निकायमा र शैक्षिक संस्थामा रोजगारी प्राप्त गर्न सकेका छन् । स्नातकदेखि मास्टर डिग्री सम्मका विद्यार्थीहरुले परीक्षामा सामेल भइ ८० देखि ९० प्रतिशत उत्तीर्ण भइ सफलता हाँसिल गर्न सकेका छन् यो नै उपलब्धी मुलक हो ।
२. सामुदायिक क्याम्पसका प्रमुख चुनौती के छन् ?
समय परिवर्तनशिल छ । विश्वमा नै प्राविधिक सिपमुलक शिक्षा, पढ्दै गर्दैको अवधारणा लागु भइ सक्यो, प्राविधिक विषयहरु अध्ययन सफलता हाँसिल गरेका शैक्षिक जनशक्तिले विश्व बजारमा रोजगारी प्राप्त गर्न सक्छन् । प्राविधिक धारका विषयहरु सञ्चालन गर्न त्रिभुवन विश्व विद्यालयले सम्बन्धन दिनु पर्ने दिएको छैन । व्यवस्थापन, शिक्षा र मानवीकीका कार्यक्रमहरुमात्र सामुदायिक क्याम्पसले सञ्चालन गर्न दिइयो, भौतिक पूवाधारले सम्पन्नता भएका, शैक्षिक जनशक्ति पुरा गर्न सक्षम क्याम्पसलाई प्राविधक धारका विषय र कार्यक्रमहरु सञ्चालन अनुमती दिनुपर्छ । केन्द्र र प्रदेश सरकारले शैक्षिक क्षेत्रको गुणत्मक विकासमा अहिले लगानी गरेको भन्दा दोब्बर वृद्धि गरी शैक्षिक विकासमा योजनावद्ध लगानी बढाउनु जरुरी छ । स्थानीय सरकारले आप्mनो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालय, सामुदायिक कलेजहरुलाई शैक्षिक जनशक्ति बिकासमा लगानी गर्नुपर्छ । काभ्रेको धुलिखेल, दमक, नवल परासी, भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा हरेक वर्ष बजेट विनियोजन गरी समुदायमा आधारित स्कुल कलेज अध्ययन गर्ने विद्यार्थीहरुलाई विपन्नलाई निःशुल्क र अरुलाई ५० प्रतिशत शुल्कमा छात्रवृति उपलब्ध गराएको छ । त्यहाँको शैक्षिक अवस्थामा सकारात्मक सुधार भएको छ । हाम्रो पनौती नगरपालिकाले विगतको सरकारले उपलब्ध गराएको शैक्षिक विकासका लागि उपलब्ध गराएको बजेट समेत कटौती ग¥यो । कलेजले निर्धारण गरेको न्यूनतम शुल्कबाट मात्रै सामुदायिक क्याम्पस सञ्चालन हुन निक्कै कठीन छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्न जरुरी छ । तब मात्र सामुदायमा प्रवुद्ध वर्गले स्थापना गरेको क्याम्पसको स्थायित्व हुन्छ शैक्षिक जनशक्तिको विकासमा मद्दत पुग्छ ।
३. सामुदायिक कलेजहरुको स्थायित्व र विकास कसरी सम्भव देख्नुहुन्छ ?
सामुदायिक क्याम्पसहरुलाई पुराना विषयहरुमात्र सञ्चालन गर्न नभइ नयाँ प्राविधिक धारका विषय र कार्यक्रम सञ्चालन गर्न दिनुपर्छ । स्नातक तहमा द्यद्यक्, द्यब् र द्यभम का कार्यक्रमहरु र स्नाकोत्तर तहमा ःद्यक्, ःब् र ःभम मात्र सञ्चालन गरेर सामुदायिक कलेजको स्थायित्व सम्भव छैन । युवा पिढीं, विदेश पलायन बढ्दो, भएकोले स्नातक तहदेखि पढ्दै र गर्दै गर्न राज्यले शिक्षामा लगानी बढाई शिक्षालाई उत्पादनसँग जोडी उद्यमसिलताको विकासमा जोड दिनुपर्छ । स्थानीय र प्रदेश सरकारले सामुदायिक क्याम्पसको आवश्यकता अनुसार, भौतिक पूर्वाधार, शिक्षक दरवन्दीको व्यवस्था गर्नुपर्छ ।्
४. भावि शैक्षिक कार्ययोजना के के छन् ?
त्रिभुवन विश्व विद्यालयसँग हामीले प्राविधिक विषयहरु सञ्चालन गर्न अनुमती माग गरेका छौं । तर प्राप्त गर्न सकेका छैनौं द्यद्यब् सञ्चालनका लागि कलेजले प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विश्वविद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसलाई हरेक वर्ष भौतिक पूर्वाधार विकास, फर्निचर, शैक्षिक समाग्री खरिदको लागि बजेट उपलब्ध गराउँदै आएको छ । विद्यार्थी संख्या, शैक्षिक गुणस्तर विकास, शैक्षिक वातावरण सबैको सुचांकको आधारमा प्राप्त भएको छ यो सहयोगलाई हामीले सकारात्मक रुपमा लिएका छौं । कक्षा ११, १२ त्यस्तै गरी स्नातक तहमा ४ देखि ५ जना शिक्षकहरुलाई तलबको प्रबन्ध गरिदिन सके क्याम्पस सञ्चालनमा स्थायित्व हुन्छ ।
५. अन्त्यमा केहि भन्नु छ की ?
सामुदायिक क्याम्पसहरुले आप्mनो ल्यागतले भ्याए सम्म शैक्षिक गुणस्तर विकासमा योगदान गर्दै आएका छन् । विद्यार्थीहरुको शिक्षण सिकाई, नेतृत्व र व्यक्तित्व विकासमा विद्यार्थीहरुको शिक्षण सिकाईमा सृजनसीलता कायम गर्न लागि परेको छ । तेजगंगा बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रको विकासमा आप्mनो बुताले भ्याएसम्म आप्mनो उत्तरदायित्व पुरा गरेको छ । यहाँको शैक्षिक वातावरण बुझी अभिभावक वर्ग, विद्यार्थीहरुले क्याम्पस भ्रमण गरी व्याचलर लेबलको अध्ययन गर्न हार्दिक आग्रह गर्दछु । न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेका छौं । त्यसको मुल्यांकन गर्ने कार्य समुदाय नै हो भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
