एसओएस बालग्राम नेपालको रूपमा भक्तपुरमा ७२ वर्षअघि सञ्चालन भएको हो । सोही अन्तरगत एसओएस स्कुल सञ्चालन हुँदै आएको हो । विद्यालयका तत्कालीन श्री ५ अधिराजकुमारी शान्ति सिंह सरकारको अध्यक्षतामा बैठक बसी विद्यालय खोल्ने निर्णय भए अनुरुप एसओएस स्कुल सञ्चालन भएको हो । काभ्रे जिल्ला पनौती श्रीखण्डपुरमा २०५४ साल वैशाख १० गते स्थापित भएको हो । त्यतिबेला ३ सय ५० विद्यार्थी अध्ययनरत थिए । सन् २००३ देखि एसओएस स्कुलमा शिक्षा सेवामा लाग्नुभएका नरेश्वर आचार्य सन् २०१५ सेप्टेम्बरबाट प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । एसओएस हर्मन माइनर स्कुलको शैक्षिक स्तरीयता शैक्षिक आरोह अवरोह कक्षा ११ को भर्ना अभियान शैक्षिक, भावी योजनाका बारेमा विद्यालयका प्रिन्सिपल आचार्यसँग रेडियो एबीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
एसओएस हर्मन माइनर स्कुल पनौती काभ्रेको शैक्षिक आरोह अवरोहका बारेमा प्रष्ट पारिदिनुहोस् न ?
२०५४ वैशाख १० गते काभ्रेको पनौतीमा विद्यालय स्थापना भएको हो । २०६३ सालमा शैक्षिक गुठी प्रतिष्ठान जिल्ला शिक्षा कार्यालय धुलिखेलमा दर्ता भएको हो । २०६१ सालमा एसएलसीको पहिलो ब्याचले उत्तीर्ण हासिल गरेको हो । २०८१ को एसईई व्याचले सफलता हाँसिल गरेका छन् । शैक्षिक प्राप्ति अब्बल दर्जा रहेको यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरू देशविदेशका नामी विश्वविद्यालयबाट विद्यावारिधि र उच्च शिक्षा हासिल गर्दै गरेका छन् । कोभिड–१९ को महामारीमा देशनै आक्रान्त भएको बेलामा समेत एसओएस स्कुलले जुम अनलाइन मिटिङ मार्फत विद्यार्थी तथा अभिभावक समक्ष पुगी पठनपाठनलाई निरन्तरता दिएको छ । भविष्यलाई मध्यनजर गरी स्मार्ट डिजिटल प्रविधिको विकासलाई आत्मसाथ गर्ने नीति अघि सारेको छ ।
एसईई २०८१ को नतिजासँगै कक्षा ११ को भर्ना अभियान कसरी सञ्चालन भइरहेको छ ?
एसईई २०८१ को नतिजा विगत वर्षको जस्तै यस वर्ष पनि अब्बल रहेको छ । ३३% विद्यार्थी सिजीपिए, ल्याउने विद्यार्थी ७३ दशमलव ६०, सम्पूर्ण विद्यार्थीहरूको औसतजीपीए ३ दशमलव ३८ सिजीपिए रहेको छ । ३ दशमलव ०१ सिजीपिए ल्याउने न्यून मात्रामा रहेको छन् । राष्ट्रिय स्तरको हाम्रो स्कोर ८६ प्रतिशत रहेको छ एसओएस विद्यालय ए लेभलको विद्यालय हो। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेसँगै सञ्चारमाध्यममा सूचना प्रकाशन गरी प्रवेश परीक्षा लिई, अभिभावकसँग समेत अन्तरक्रिया गरेको छ । नयाँ विद्यार्थी भर्ना भएका छन् । गत असार ३२ गतेदेखि कक्षा ११ मा नियमित सञ्चालन भएको छ ।
विद्यार्थीहरूले विषय छनोट गर्दा ध्यान दिनुपर्ने सवालहरू के के छन् ?
साथीभाइको लहै लहैमा, अभिभावकको रोजाइमा होइन विद्यार्थीहरूले आफ्नो रोजाई अनुसार विषय छनोट गर्दा उत्तम हुन्छ । धेरै हाइफाइ भएका महंगा विद्यालय छनोट नगरी नजिकै रहेका शैक्षिक वातावरण राम्रो भएका योग्य, अनुभवी शिक्षकहरूबाट अध्यापन गराउँदै आएका बनेपा, धुलखेल, पनौती र पाँचखालमा रहेका विद्यालयहरूमा आफ्नो रुचि अनुरुपको विषय छनोट गरी अध्ययन गर्न सुझाव दिन चाहन्छु ।
एसओएस स्कुलको शैक्षिक उपलब्धीको अवस्थालाई नियाल्दै विद्यार्थीहरुको रोजाइ हुनुपर्ने कारणहरु ?
विगत २८ वर्ष देखिको शैक्षिक गुणस्तर वृद्धिको उपलब्धी अब्वल रहेको छ । एसईईको सेकेण्ड व्याच नेपालको ८ औं पोजिशन हुन सफल भयो । देशका विभिन्न स्थानमा व्यापार व्यवसाय, शिक्षा, संवैधानिक आयोग, प्रशासन, प्रहरी, बैंक तथा वित्तिय संस्थामा रोजगारी प्राप्त गरेका छन् । निजामती कर्मचारीमा उच्च ओहदामा पुगेका छन् । नेपालका राम्रा विश्व विद्यालयमा छात्रवृद्धिमा अध्ययन गर्दै आएका छन् । ज्बचधबचम ग्लष्खभचकष्तथ मा शतप्रतिशत छात्रवृद्धिमा, ग्क्ब्, ऋबलबमब, ब्गकतचबष्बि, न्भचmबलथ, ल्यचधबथ मा एज्म्, ःम् मा अध्ययन गर्ने क्रम लगायत विभिन्न देशमा साइन्टीस्ट, रिसर्चर भई कार्य गर्दै आएका छन् । शैक्षिक सार्वजनिक गुठीमा दर्ता भएका छन् । विश्वका १ सय ३५ राष्ट्रमा एसओएस बालग्राम सञ्चालनमा छन् । सोही अन्तरगत रही एसओएस बालग्रामको संरक्षणमा एसओएस स्कुल विद्यालय समेत सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थीहरुको सिकाईलाई सृजनामा बढल्न भए गरेका प्रयासहरु बारे बताइदिनुस न ?
विद्यार्थीहरुलाई असाइनमेन्टहरु प्रदान गरी उनीहरुको पृष्ठ पोषण गर्ने र त्यसमा अंक दिने, आप्mनो कार्ययोजना आपैm बनाई रिभियु गराउने, परफेक्ट काउन्सिल र कक्षाका विद्यार्थीहरुलाई नेतृत्व विकास, उनीहरुको सृजनालाई व्यवहारमा उतार्ने, कक्षाकोठामा शिक्षकहरुले शिकाएका विषयगत सवालमा शैक्षिक प्रदर्शर्नी गर्ने, गायन तथा नृत्य प्रतियोगीता सञ्चालनगरी प्रथम, दुतीय र तृतीय हुनेहरुलाई पुरस्कृत गर्ने गरेका छौं ।
वर्तमान शिक्षा प्रणालीले जीवनोपयोगी र व्यवहारीक शिक्षा प्रदान गर्न सक्ने अवस्थालाई कसरी कार्यान्वयन गर्न सकिन्छ ?
शिक्षा प्रणालीमा सुधार हुँदै आएको छ । माध्यमिक शिक्षालाई जीवनोउपयोगी सिपसँग जोड्नुपर्छ । शिक्षा नीतिमा अपेक्षा गरिएका सिपलाई विद्यालयहरुले मिहिन ढङ्गले विद्यार्थीमा स्वहस्तान्तरण गर्ने, माध्यामिक तहको पाठ्यक्रमलाई थप व्यवहारीक बनाउँदै लैजानुपर्ने छ ।
विद्यार्थीहरुमा पढाईमा भन्दा बेसी चासो चिन्ता अन्त्यत्र मोडिएको मनोवैज्ञानिक विश्लेषणलाई कसरी हेर्न सकिन्छ ?
प्रविधिको प्रयोग, डिभाइसको प्रयोग सहिढङ्गबाट शिक्षा ग्रहणमा प्रयोग हुनु लाभदायक छ । दैनिक गृहकार्य, असाइन्मेन्ट दिदाँ नेटबाट कपी पेस्ट गर्नेभन्दा सृजनालाई समेट्ने गरी तयार गर्ने कार्य गरीनुपर्छ । घरमा आप्mना बालबालिकाहरुलाई विशेष निगरानी गरेर सहि मार्गमा ल्याउन जरुरी छ । अनलाइन एजुकेशनको बारेमा अभिभावक तथा विद्यार्थीहरुलाई सकारात्मक चिन्तनमा बदल्न अनतरक्रिया छलफल जरुरी छ । अभिभावकले घरमा प्रयोग गर्ने इन्टरनेटका समाग्री स्वस्थकर सृजनाशिल हुनेगरी प्रवाह गर्ने, बालबालिकाहरुको लागि साइवर सेकुरेटी, डिजीटल फुट प्रिन्ट, साइवर सिटीजन चेतनामुलक कार्यहर गरी विद्यार्थीहरुको मनोभावनालाई पढाइमा ध्यान केन्द्रीत गरी चौतर्फी विकास गर्ने गरी शिक्षा प्रदान गर्ने हाम्रो मुल उद्देश्य हो ।
एसओएस स्कुलमा अध्यापन गराउन गठीन छ धेरै मापदण्ड पुरा गर्नुपर्छ भनिन्छ नि वास्तविकता त्यस्तो हो र ?
एसओएस स्कुलमा सिमित सिट हुने, प्रवेश परीक्षा लिई छनोट भएका विद्यार्थीहरुलाई भर्ना गरिन्छ । विद्यालयमा उपयूक्त शैक्षिक वातावरण, भुकम्प प्रतिरोधक भवन, हरियाली, सुविधा सम्पन्न भौतिक पूवाधार भवन निर्माण भएको यस विद्यालयमा हरेक वर्ष नयाँ नयाँ विद्यार्थीहरुको आगमन हुन्छ । सबैले पढ्ने अवसर प्राप्त नहुने हुँदा त्यस्तो भएको हुनुपर्छ ।
विद्यालयमा पढ्ने अवसर कसकस्ले प्राप्त गर्न सक्छन् ?
एसओएस बालग्राम, स्कुलका शिक्षक वर्ग, प्रशासनिक कर्मचारीका छोरा छोरी, विपन्न, असाहय, टुहुरा बालबालिका, समुदायका बालबालिकाहरुले यस विद्यालयमा अध्ययनरत गर्दै आएका छन् ।
भावि नयाँ योजना के के छन् ?
गुणस्तर कायम गरी थप प्रगति गर्दै जाने, प्रविधि मैत्री शिक्षालाई आत्म साथ गरी अघि बढ्ने, विद्यालयमा रहेको ३०० वर्गमिटरको चाइल्ड कनरलाई थप व्यवस्थित गर्ने, कक्षा ११ र १२ मा कम्प्यूटर शिक्षा, विजीनेश स्टडीज, होटल मेनेजमेन्टका कक्षाहरु थप सञ्चालन गर्ने, विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पढाउने, नेपाली सेनाका संगठन सँग समण्वय गरी राष्ट्रिय सेवादलका तालिमहरु सञ्चालन गर्ने, फुटबल, भलिबल, बास्केटबल खेल मैदानलाई थप व्यवष्थित गर्ने, स्थानीय समुदाय संघ प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी शैक्षिक गुणस्तर वृद्धिगरी विद्यार्थीहरुलाई सक्षम बनाउन निरन्तर लागि रहने छौं ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
