IMG-LOGO

न्युनतम शुल्कमा जीवनोपयोगी शिक्षा प्रदान गरेका छौं

 सोम, असार २३, २०८२  रामप्रसाद तिमल्सिना प्रिन्सिपल, एबिएम स्कुल÷कलेज, बनेपा

     विगत २७ वर्षदेखि मध्य पहाडी पूर्वीय जिल्ला काभ्रेको व्यापारिक नगरी बनेपामा मिडिया इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थीहरूको शिक्षण सिकाई अंग्रेजी ल्याङ्ग्वेज, टुयुसन कक्षा सञ्चालनबाट शिक्षण सेवामा प्रवेश गरी संधर्ष गर्नुभएका कर्मठ युवा व्यक्तित्व हुनुहुन्छ रामप्रसाद तिमल्सिना । २१ वर्षअघि एबिएम स्कुल सञ्चालन गरेर संस्थागत विद्यालय सञ्चालन गर्नुभयो । निजी लगानीमा सञ्चालित एबिएम स्कुलमा प्लेग्रुपदेखि माध्यमिक तह र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाको रूपमा परिचित छ । विद्यार्थीहरूलाई संस्कारसहित सिर्जनात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष, अनुभवी क्षमतावान शिक्षकहरूको लगनशीलताले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुहुन्छ एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना । गत असार १३ गते २०८१ को एसईई परीक्षाको नतिजा प्रकाशन सँगै कक्षा ११ को भर्ना अभियान सुरु भएको छ । विद्यार्थीहरूले विषय छनोट गर्दा ध्यान दिनुपर्ने कुरा विद्यालयको शैक्षिक स्तरीयताको बारेमा प्रिन्सिपल तिमल्सिनासँग रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः

     २१ वर्षअघि सञ्चालनमा रहेको एबिएम स्कुलको आरोह अवरोह बारे प्रस्ट पारिदिनुस् न ?

२१ वर्षअघि एबिएम स्कुल प्ले ग्रुप देखि माध्यमिक तहसम्म कक्षा १२ सम्म अध्यापन गराउँदै आएकोमा विगत दुई वर्षदेखि उच्च शिक्षा अध्ययन समेत गर्ने अवसर सहित एबिएम स्कुल कलेज सञ्चालनमा छ । आइएसओ मान्यता प्राप्त यस विद्यालयमा संस्कारसहितको सृजनात्मक विद्यार्थी केन्द्रित विद्यार्र्थीहरूको चौतर्फी विकास हुने शिक्षा प्रदान गरेको छौँ । २०८१ को एसईईको नतिजा सार्वजनिक भयो हाम्रो विद्यालय स्थापनाकालदेखि नै शतप्रतिशत विद्यार्र्थी उत्तीर्ण गर्दै आएको छ । २०७२ सालबाट राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ प्रणाली सुरु गरेको हो । विगतका वर्षमा भन्दा हरेक वर्ष एसईईको नतिजा सुधार हुँदै आएको छ ।

     गत असार १३ गते एसईईको नतिजा सार्वजनिक भयो हाम्रो एभिएम स्कुलको नतिजा कस्तो रह्यो ?

२०८१ को एसईई परीक्षाको नतिजा गतवर्ष देशको ४८ प्रतिशत नतिजा आएको थियो यस वर्ष अलि सुधार भई ६१ दशमलव ८१ प्रतिशत नतिजा आएको छ । क्रमागतरूपमा शैक्षिक सुधार भएको छ । हाम्रो एबिएम स्कुलको ३१ आना विद्यार्थी सहभागी रहेकोमा सत प्रतिशत उत्तीर्ण हुन सफल भएका छन् । ३.२ जीपिएदेखि ३.८५ जीपिए ल्याउन सफल भएका छन् । सफलता हासिल भएका सम्पूर्ण विद्यार्थीहरू सबैलाई बधाई ज्ञापन गर्दै उज्वल भविष्यको कामना व्यक्त गर्दछु ।

     विद्यार्थीहरूको रोजाई एबिएम स्कुल हुनुको कारण ?

एबिएम स्कुलमा विद्यार्थीहरूको मनोभावनालाई बुझेर शिक्षा प्रदान गरिन्छ । संस्कार सहित सृजनात्मक विद्यार्र्थीहरूका सर्वाङ्गीण विकास हुने आइएसओ मान्यता प्राप्त गुणस्तरीय शिक्षा ग्रहण गर्ने न्यूनत मूल्यमा जीवन उपयोगी शिक्षा प्रदान गरेका छौँ । उपयुत्त शैक्षिक वातावरण भएको शैक्षिक संस्था हो । कक्षा नर्सरीदेखि कक्षा १२, त्यस्तै ब्याचलर लेभलसम्मको अध्ययन गर्ने अवसर छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन विषयहरू अध्ययन गर्न सकिन्छ । दक्ष अनुभवी क्षमतावान शिक्षकहरूले जीवन उपयोग उद्यमशीलतासहितको शिक्षा ग्रहण गर्न सकिन्छ ।

     विद्यार्थीहरूले विज्ञान व्यवस्थापन र कानुन विषय नै अध्ययन किन गर्ने ?

विद्यार्थीहरूले आफ्नो जीवनको मुख्य लक्ष्य के हो ? विगतमा आफूले अध्ययन सफलता हासिल गरेका विषयवस्तुहरू आफ्नो क्षमता दक्षतालाई हेरविचार गरेर विषय छनोट गर्नु उपयुक्त हुन्छ । विषयहरू सबैको आफ्नै महत्व हुन्छ । जुन विषयमा प्रारम्भ अध्ययन गरिन्छ गन्तब्यमा पु¥याए अध्ययनमा सफलता हाँसिल हुन्छ जीवनलाई सुखमय बनाउन सकिन्छ । विज्ञानमा कक्षा ११ र १२ मा सफलता हासिल गरे व्यवहारिक ज्ञान प्राप्त हुन्छ । ब्याचलर लेभलमा जुनसुकै विषय अध्ययन गर्ने अवसर हुन्छ । डाक्टर इन्जिनियर बन्ने अवसर छ । त्यस्तै व्यवस्थापन विषय हरेक क्षेत्रको उद्यम व्यवस्थापन गर्न सक्ने क्षमता प्राप्त गर्न सकिन्छ । उद्योगधन्दा व्यवसायिक फर्ममा रोजगारीको अवसर हुन्छ । त्यस्तै कानुनी विषय अध्ययन सम्पन्न गरेको खण्डमा कानुनका विषयको ज्ञान प्राप्त हुन्छ । संविधान र कानुनका विषयमा नागरिकहरूलाई सचेतना गराउन सक्छ सभ्य समाज निर्माणको लागि  महत्वपूर्ण भूमिका हुन्छ । कानुनमा दक्षता हाँसिल गरेमा सरकारी वकिलदेखि, प्रधान न्यायाधीश समेत बन्न सक्ने हुन्छ । लगनशीलता भइ उच्च शिक्षा हासिल उपयुक्त हुन्छ । दुई वर्षको तथ्याङ्कलाई हेर्ने हो भने देशमा ९० हजारले विज्ञान संकाय, ७५ हजारले व्यवस्थापन र ६५ हजारले कानुन र मानविकी संखाय अध्ययन गर्ने गरेको पाईन्छ ।

     शैक्षिक स्तरीयता सुधारमा भएका प्रयासका बारेमा बताउनुस् न ?

संस्कारसहितको सिर्जनात्मक शिक्षा प्रदान गर्ने हाम्रो मूल उद्देश्य हो । विद्यार्र्थीहरूको जीवनमा उपयोगी हुने शिक्षा प्रदान गर्दै आएका छौँ । विज्ञान व्यवस्थापन र कानुन अध्यापन गराउँदै आएको ७ औँ ब्याच हो । सक्षम, सबल, अनुभवी शिक्षकहरूबाट अध्यापन गराइन्छ । आईएसओ मान्यता प्राप्त शैक्षिक संस्था विश्व बजारमा बिक्ने जीवन उपयोगी शिक्षालाई उद्यमसँग जोड्नलाई पढ्दै गर्दैको अवधारणालाई अघि सारेको छौं । पढेको विषयवस्तुलाई व्यवहारमा उतार्न लगाएका छौं, विद्यार्थीहरूको लागि यातायातको सुविधा, भौतिक पूर्वाधारले विकासमा स्तरीयता, गरिबी, विपन्न, दलित, जनजाति लाई छात्रवृत्तिको व्यवस्था, कक्षा ११ र १२ मा स्मार्टबोर्ड मल्टिमिडियाबाट अध्यापन गरिन्छ । खेलकुदको लागि फुट्सल ग्राउन्ड, म्युजिक डान्स सिक्न सकिन्छ ।

     अधिकांश संस्थागत विद्यालयहरूले अभिभावकहरूको ढाड सेक्ने गरी शुल्क लिएको भन्ने तपाईँहरूलाई आरोप लाग्ने गरेको छ नि वास्तविकता त्यस्तो हो ?

अभिभावक वर्गले आफ्ना बालबालिकाहरूलाई संस्थागत विद्यालयमा अध्यापन गराएबापत शुल्क तिर्नुहुन्छ त्यही शुल्क नै संस्थागत विद्यालयको प्रमुख आयस्रोत हो । त्यही शुल्कबाट ६० देखि ७० प्रतिशत रकम शैक्षिक क्षेत्रमा शिक्षकहरूलाई तलब दिनुपर्छ । १० देखि २० प्रतिशत भौतिक पूर्वाधार निर्माण १० देखि १५ प्रतिशत लगानीकर्ताको लागि प्रतिफल भनेपनि भौतिक पूर्वाधार निर्माण, समेत बैैंकबाट ऋण गरेर शैक्षिक संस्था चलाएको हुन्छ । संस्थागत विद्यालयले । नेपाल सरकारको सामुदायिक विद्यालयको भन्दा कम शुल्कमा स्तरीय शिक्षा प्रदान गरेको छ ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्