IMG-LOGO

विश्व बजारमा विक्ने शिक्षा प्रदान गरेका छौं

 सोम, असार ९, २०८२  सुर्यबहादुर बस्नेत प्रिन्सिपल, संकल्प कलेज बनेपा, जनगाल

 

    २ वर्ष अघि बनेपाको जनगालमा संचालित संकल्प कलेजमा द्यज्ः र द्यक्ष्ः विषयको अध्यापन प्रारम्भ गरेर काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । द्यबअजभयिच या ज्यतभ िःबलबनझभलत ९द्यज्ः० र द्यबअजभयिच या क्ष्लायचmबतष्यल :बलबनझभलत ९द्यक्ष्ः० विषयको विषगत महत्व उपयोगीता, विद्यार्थीहरुले ४ वर्षे कोर्ष ८ सेमस्टर अध्ययन सपलतापछि प्राप्त गर्ने अवसरको बारेमा संकल्प कलेज बनेपा जनगालका प्रिन्सिपल सुर्यवहादुर बस्नेत सँग विद्यार्थीहरुलाई उपलब्ध गराएको सेवा सुविधा, शैक्षिक गुणस्तर विकास, शिक्षालाई प्रविधिसँग जोडीएको सवालमा :बकतभचक या क्अष्भलअभ क्ष्लायचmबतष्यल त्भअजलययिनथ शैक्षिक योग्यता हाँसिल गर्नुभएका कलेजका प्रिन्सिपल बस्नेतसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

    विगत दुई वर्ष देखि सञ्चालित संकल्प कलेजको अवस्थाको आरोह अवरोहको बारेमा बताइदिनुस न ?

२०२३ मा स्थापित संकल्प कलेज नेपालकै सबभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । काभ्रे जिल्लामा संस्थागत र सामुदायिक क्याम्पसमा प्राविधिक धारका विषयहरु निक्कै कम सञ्चालित छन् । विद्यार्थीहरुलाई राजधानी सम्म नपुगी जिल्लाको व्यपारीक नगरी बनेपामा कम शुल्कमा प्रविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ संकल्प कलेज स्थापना गरिएको हो । द्यज्ः र द्यक्ष्ः विषयहरुको अध्यापन गरीन्छ । व्याचलर अफ होटल म्यानेजमेन्ट ९द्यज्ः० र व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट ९द्यक्ष्ः० ४ वर्षे कोर्ष हो । विद्यार्थीहरुले अध्ययन सफलता हासिल गरेपछि विश्व बजारमा कुनै पनि कम्पनीमा दक्षता हासिल अनुसारको रोजगारीको अवसर प्राप्त गर्न सक्छन् ।

    विद्यार्थीहरुले +२ अध्ययनपछि द्यज्ः र द्यक्ष्ः नै किन रोज्ने ?

संसारभरी सूचना र प्रविधिको विकास कुनरुपमा भइरहेको छ । ५ वर्षपछि विश्वबजारमा मनबीय सम्साधन (जनशक्ति) कस्तो खालको.आवश्यक पर्छ भन्ने बैज्ञानिक आधारसहित विषयहरुको छनौट गरी हाम्रो संकल्प कलेजले द्यज्ः र द्यक्ष्ः ४ वर्षे कोर्ष सञ्चालन गरिएको हो । द्यज्ः अध्ययन सफलता प्राप्त गरेका विद्यार्थीहरुले पर्यटन, उद्योग, होटलमा रोजगारीको अवसर प्राप्त गर्न सक्छन् । राम्रो तलब र सुविधाको प्रबन्ध हुने भएकाले आप्‌mनो जीवनलाई समृद्धिको यात्रालाई गन्तव्यमा पुर्‍याउन सक्छन् त्यस्तै द्यक्ष्ः अध्ययन पुरा गरेका विद्यार्थीहरुले ठूला इन्टर नेश्नल कम्पनीहरुमा सुपरभाइजर आइटी अफिसरको अवसर प्राप्त हुन्छ । उद्यमी, व्यवसायी बन्न सकिन्छ । म विगत १६ वर्षदेखि आइटी क्षेत्रमै अध्यापन गराउँदै आएको छु । मैले पढाएका विद्यार्थीहरु अस्ट्रेलिया, अमेरीका र युरोपीली कन्ट्रीहरुमा रोजगारीप्राप्त गरी जीवनलाई सुखमय बनाएका छन् । विगत तीन महिना देखि संकल्प कलेजमा प्रिन्सिपलको जिम्मेवारी समाल्दै आएको छु । यहाँ अनुभवी विषय विज्ञता भएका शिक्षकहरुको युनिटीबाट सशक्तढङ्गबाट विद्यार्थीहरुलाई गुणस्तरीय प्रविधिक शिक्षा प्रदान गर्दै आएका छौं ।

    विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न भए गरेका प्रयासहरुबारे प्रस्ट पारिदिनुस न ?

विद्यार्थीहरुको चौतर्फी बिकास हुने शिक्षा ग्रहण गर्ने अवस्थाको सृजना गरिएको छ । विश्व बजारमा विक्ने प्रविधिक शिक्षा प्रदान गरी सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप न्यूनतम शुल्कमा अध्यापन गराएका छौं । ईलाबेरीको प्रबन्ध, आन्तरिक परीक्षा, वर्कशप, औधोगिक क्षेत्रको अवलोकन भ्रमण, विद्यार्थीहरुलाई पढ्दै गर्दैको लागि होटल तथा उद्योगसँग सम्झौता गरी इन्टर्नसिपको व्यवस्था, अनुभवी विशेष दक्षता हाँसिल गर्नुभएका शिक्षकहरुबाट अध्यापन गराईएको छ । उद्यमसिलता र सृजनासीलतामा जोडदिई विद्यार्थीहरुलाई अध्ययन गर्ने अवसर छ । फुटसल, बास्केटबल, भलिवल खेल्ने खुल्ला चौरको प्रबन्ध गरिएको छ ।

    +२ अध्ययन सक्यो गाउँ छोड्यो व्याचलर अध्ययन सक्यो देश छोड्ने क्रम बढ्यो युवा जनशक्तिलाई स्वदेशमै राख्न के गर्नु पर्ला ?

विगत र वर्तमानमा भौतिक पूर्वाधार स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा क्रमिक सुधार आएको छ । नागरिकहरु भने सन्तुस्ट हुन सकेका छैनन् । युवा जनशक्तिलाई देशमै रोजगारीको सृजना गर्न राज्यले नीति निर्माण गर्नुपर्छ, उद्योग धन्दा कलकारशाना सञ्चालन गरी युवा विदेश पलायन रोक्नुपर्छ । विद्यार्थीहरुको लागि पढ्दै गर्दै गर्न राज्य र नीजि क्षेत्र मिलेर कार्य अघि बढाउँनु पर्छ ।

    अन्त्यमा केहि भन्नु छ की ?

विद्यार्थीहरुको लागि प्राविधिक विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न हामी निरन्तर लागेका छौं । अभिभावक र विद्यार्थीहरु संकल्प कलेज भ्रमण गर्न आउनुहोस यहाँको शैक्षिक वातावरण बुभ्‌mनुहोस र आप्‌mना सन्ततीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण निर्णय लिनुहोस भन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्