IMG-LOGO

जिब्रोलाई हैन मुटुलाई माया गर्ने गरौं

 मंगल, जेठ २१, २०८२  प्राडा. राजेन्द कोजु बरिष्ठ मुटुरोग विशेषज्ञ, धुलिखेल अस्पताल

     विगत ३० वर्ष देखि धुलिखेल अस्पतालमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका प्राडा. बरिष्ठ मुटुरोग विशेषज्ञ मुटु रोगीहरुको आँखाको नानी बन्नु भएको छ । धुलिखेल अस्पतालको संस्थापक एवं प्रमुख निर्माणकर्ता डा.रामकण्ठ माकजु र प्राडा. बरिष्ठ मुटुरोग विशेषज्ञ कोजु दुईजनाले नागरिकहरुलाई प्रारम्भमा स्वास्थ्य सेवा पुराउँदै आएको बताउनु हुन्छ । हँसिलो चेहराका कर्माठ प्राडा. कोजुले हजारौं मुटु रोगीहरुको उपचार गरेर सबैको नायक बन्नु भएको छ । शरिरका सबै अङ्गहरुका आ–आफ्नै हुन्छ मानवको मुख्य भाग मुटु हो जीब्रोलाई हैन मुटुलाई माया गरौं शरीर तन्दुरुस्त राख्न स्वस्थ रहन नियमित व्यायम ंगरौं, सन्तुलित भोजन गरी निरोगी बन्न सकिने तर्क गर्नु हुन्छ । धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. राजेन्द कोजु धुलिखेल अस्पताल स्कुल अफ साईन्सका पूर्व डिन, एवं हलको योजना प्रमुख सँगको रेडियो एबिसीमा मुटुरोगको उपचार, हृदयघात रेकथामका उपायका बारेमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     आजकाल के कार्यमा व्यस्त हुनुहुन्छ ?

चिकित्सा क्षेत्रमा म विगत ३० वर्ष देखि लागे विहान देखि वेलुका सम्म विरामीहरुको उपचार गरी दिनचर्य वित्ने गरेको छ । विरामीको सेवानै हामीहरुको मुख्य कर्म हो । त्यसैमा व्यस्त छु ।

     मुटु जोगाउन कस्तो खालको खानपिन आवस्यक छ ?

मुटु रोेग वंशाणुगत पनि हुन्छ । मुटुको मांशपेशी नली धेरै हुन्छन् ति नलीमध्ये केहि बन्द भयो भने हृदयघात हुन्छ । उच्च रक्तचाँपको कारण, धुम्रपान धेरै गर्ने, मदिराजन्य पदार्थ धेरै सेवन गर्ने हरुलाई मुटुरोग लाग्न सक्छ मानव जिवनमा मुटु प्रमुख अङ्ग हो यसलाई असाध्यै माया गर्नुपर्छ जीब्रोलाई मात्र माया गरेर हँुदैन नुन बेसी नखाने, धेरै मोटाउनु भएन मोटायो भने पनि मुटुरोग लाग्न सक्छ । खानपिन रहन सहन चिल्ला,े पिरो, अमिलो थोरै मात्रामा सेवन गर्ने गर्नुपर्छ ।

     मुटुरोगका लक्ष्णहरुबारे बताइदिनुस्न ?

हृदयघात हुँदा छाती धेरै दुख्नु, थकाई महशुुस हुनु हिड्दा बढी स्याँ स्याँ हुनु, मुटुको मांशपेसीका नलिहरु जसले रक्तसंचार गर्छन् । त्यस नलिहरुले मुटुको मांशपेसीलाई आवश्यक पर्ने अक्सीजन ग्लुकोज लगायत पोषण तत्व पु¥याउने गर्छ कुनै कारणवस यी रक्तनलिमा अवरोध आउँदा मुटु दुख्ने असजीलो हुने हुन्छ । गोडा सुन्निने रोग, मुटुमा काफियत हुँदा र कलेजो विग्रेर र मृगौलामा समस्या भएर पनि हुन सक्छ ।

     किन हुन्छ हृदयघात ? कसरी बच्ने ?

पुरुषमा ४५ वर्षमाथिका र ५५ वषमाथिका महिलाहरुमा हृदयघात भएको पाइन्छ । आधुनिक जाीवनशैली मानिसहरुमा आरामदायी जीवन शैली, अनावश्यक रुपमा प्रशोधित खानाको प्रयोग, बढी नुनीलो गुलियो, चिल्लो युक्त खानाको प्रयोग तनावयुक्त जीवनशैली धुम्रपान मध्यपान सेवन हृदयघातको जोखिम रोगहरु मधुमेह, उच्च रक्तचाप कोलस्ट्रोल बढ्दै गइरहेको यी दीर्घ रोग नियन्त्रण नभएमा हृदयघात हुन्छ । धुम्रपान, मध्यपान र तनावले रक्तनलि साँधुरो बनाउने त्यसपछि हृदयघातको जोखिम बढ्ने हुन्छ । मधुमेय उच्चरक्तचाप कोलेस्ट्रोल नियन्त्रणमा राख्ने, अनिवार्यरुपमा मधुमेय, रक्तचाप र कोलेस्ट्रोलको समय समयमा परीक्षण गर्ने, चुरोट रक्सी सेवन नगर्ने, नियमित व्यायम गर्ने, अस्वस्थ खाना नखाने र सन्तुलीत भोजन गर्ने, नियमितरुपमा स्वास्थ्य जाँच गर्ने गरेमा मुटुरोग, हृदयघात हुनबाट जोगिन्छ मानिस बढी बाँच्न सक्छ त्यसैले जीब्रोलाई हैन मुटुलाई मायाँ गरौं ।  

     मुटुरोग रोकथाम तथा उपचारका लागि धुलिखेल अस्पतालले खेलेको भुमिकाको बारेमा बताउनुहोस् न ?

अस्पतालमा दैनिक जसो ४÷५ जना मुटुको समस्या लिइएको आउनुहुन्छ । हरेक हप्तामा २÷३ जनाको संख्याले मुटुरोगी बृद्धि भएको अवस्था छ । मुटुमा हुने वाथरोग भने कम हुँदै गएको छ । एसियन कन्ट्रीहरुमा दैनिक जसो मुटुरोगी बढेको अवस्था छ । धुलिखेल अस्पतालमा मानिसलाई हृदयघात भयो भने, हार्ट फेलियर भएमा, मुटुको चालकम भएमा, मुटुमा व्याट्री राख्नु परेमा मुटु सुन्निएका विरामीहरुलाई आवश्यक पर्ने औषधी उपचार र सल्यक्रिया समेत गरिन्छ । इसीजी, मुटुको भिडियोएक्स्रे, लगायतको अत्याधुनिक मेशिनबाट उपचार गरिन्छ ।

     १८ वर्ष देखि २५ वर्ष उमेरका युवाहरुमा समेत मुटु रोगको समस्या देखियो किन यस्तो भएको हो ?

मुटुरोग हृदयघात हुने संख्या दिनप्रतिदिन बढेको छ । ४० वर्ष माथिका युवाहरुलाई मुटुरोग भएकोमा आजकाल २६ वर्ष माथिका युवाहरुलाई मुटुरोग भएकोमा आजकाल २६ वर्ष माथि ४० वर्ष मुनीकालाई समेत मुटुको समस्या भएको छ । धुम्रपान, मध्यपान, चिनी रोग शारिरीक व्यायम नगर्ने, आधुनिक आरामदायी जीवन शैलीको कारण युवापिढींलाई समेत मुटुको रोगमा संक्रमित गरेको छ । नियमित व्यायम गर्ने धुम्रपान, मध्यपान नगर्ने गरेमा मुटुरोगको समस्या हल हुन्छ ।

     यहाँले मुटुको कथा पुस्तक लेख्नु भयो यसको सन्देश प्रभावकारीता पाठकको अनुभूति कस्तो पाउनुभयो ?

मैले विगत ३० वर्ष देखि धुलिखेल अस्पतालमा कार्याअनुभवको यथारर्थ चित्रण सहितको मुटुको कथा लेख प्रकाशन गरेको हुँ । पब्लीकेशनले ५ हजार पुस्तक प्रकाशन गरेको हो । ४ हजारको हाराहारीमा विक्रि भएको जानकारी मैले पाएको हु । मुटुको कथा पढेर पाठकहरुले राम्रो सन्देश पाएको बताउनु भएको छ । के गर्नुु हुने के गर्नु नहुने खानपिन रहन सहन जीवन शैलीको बारेमा बुभ्mने अवसर पाएको पाठकहरुको प्रतिक्रिया पाएको छु ।

प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्