बनेपा वडा नं. ९ पिता केशव महाजु ÷ माता न्हुच्छेमाया महाजुको छोरा ईश्वर महाजुको जन्म २०३५ सालमा भएको हो । हसीलो चेहराका सालीन व्यक्तित्व समन्वयकारी भूमिका निर्वाह गर्न सिपालु महाजु पानस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ । विगत १० वर्षदेखि लायन्स क्लब अफ काभ्रे बनेपामा आवद्ध भइ विगत १ वर्ष देखि अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । व्यवस्थापन संकायमा संञ्जीवनी नमुना उच्च माध्यामिक विद्यालय धुलिखेलमा +२ अध्ययनमा सफलता २०७० सालमा ख्वप कलेज भक्तपुरबाट ःद्यक् उत्तीर्ण गरी सफलता हाँसिल गर्नुभएको छ । लायन्स क्लब अफ काभ्रे बनेपाको नेतृत्व समालेपछि सामाजिक सेवामा गरेका कार्यहरु, समाज रुपान्तरण गर्न खेलेका भूमिकाका बारेमा क्लबका अध्यक्ष महाजुसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
समयको कार्य सँगैं लायन्स क्लवमा कहिले देखि लाग्नुभयो ?
हामी सेवा गछौँ भन्ने नाराका साथ जहाँ आवश्यक त्यहाँ सहयोग उपलब्ध भन्ने अवस्था सृजनाका साथ लायन्स क्लवमा विगत १० वर्ष देखि निरन्तर लागि परेको हो । लायन्स क्लवको स्थापना सन् १९१७ मा अमेरिकामा भएको हो । नेपालमा मातृका प्रसाद कोईरालाले सन् १९७१ मा स्थापना गर्नुभएको हो । बनेपामा १९७८ मा स्थापना भएको हो । समुहगत रुपमा सामुहिक एकताका साथ एकतावद्ध भई सामाजिक सेवा गर्न सकिन्छ भन्ने मुल्य मान्यता लायन्स क्लवमा हुन्छ । मलाई लायन्स क्लव अफ बनेपाका पूर्व अध्यक्ष सुशान राजवंशीले डोराएर आवद्ध गराएको हो ।
लायन्स क्लवमा युवा पिढींको आकर्षण किन बढ्न नसकेको ?
लायन्स क्लवमा आवद्ध हुन कुनै उमोरको छेकबार छैन । जात जाति, भाषा भाषी, लिङ्ग, कुनै पनि खालको भेदभाव हुँदैन ३,४ वटा मिटिङमा उपस्थित भईसकेपछि व्यक्तिले हरेक वर्ष नियमित क्लवमा शुल्क तिरिदिएपछि हरेक वर्ष नीति मापदण्ड अनुसार ४८ डलर शुल्क तिर्नु पर्छ । आ–आफ्नो क्षमता प्रस्तुत गर्ने प्लेटफर्म हुन्छ । दुःखी गरिब असाहयलाई सकेको सहयोग गर्ने अवसर हुन्छ । प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्ने कार्यमा लायन्स क्लव निरन्तर लागी परेको छ । शुल्क तिरिन्जेल क्लवमा सदस्यता कायम हुन्छ । लियो क्लवमा भने ३० वर्ष उमोर समुहका युवाहरु आवद्ध हुन सक्छन । लायन्स क्लव सामाजिक कार्य अभियानमा सरिक भई आफ्नो गरिमा उच्च बनाई राखेको छ । युवा तथा जेष्ठ दुवैले क्लबमा आवद्ध भई सेवा गर्न सकिन्छ । युवा आर्कषण वृद्धिहुँदै गएको छ ।
क्लवले समाज रुपान्तरणमा गरेका कार्यहरु के के हुन् ?
सुरुमा आँफै रुपान्तरण भई अरुको सेवामा समर्पित हुने हो । समाजमा देखिएका विकृति, विसंगतिका विरुद्ध सचेतना फैलाउने, वातावरण प्रदुषण रोक्न सामाजिक चेतना फैलाउने कार्य गर्दै आएको छ । गत असोजमा गएको बाढी पहिरो पिडितहरुलाई राहत उपलब्ध गराउने कार्य गरियो ।
तपाईँले नेतृत्व गरेपछि उपलब्धिमूलक कार्य के के गर्नुभयो ?
लायन्स क्लब अफ बनेपा काभ्रे सन् १९७८ मा स्थापना भएको हो । लायन्स डिष्ट्रिक ३२५ न्, अन्तरगत हामी छौं । ३३ औँ अध्यक्षतामा म निर्वाचित भएको हुँ । क्लवले आफ्नै भवनबाट विगत लामो समयदेखि बिरामीहरूको मुटु रोगको परीक्षण गर्दै आएकोमा हाल वरिष्ठ मुटु रोग विशेषज्ञबाट अत्याधुनिक मेसिनबाट मुटु परीक्षण कार्य हुँदै आएको छ । प्राकृतिक विपत्तिमा परेकाहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आगोलागि पर्दाका बखत पीडित परिवारलाई आर्थिक राहत, गरिब असाहहरुलाई सहयोग, विद्यालयमा अध्ययनरत छात्राछात्रीहरूलाई छात्रवृत्ति, मेन्टल हेल्थ क्याम्प सञ्चालन, अपाङ्ग असहायहरूलाई हव्लचेयर वितरण जस्ता कार्य गरिएको छ । बनेपा हार्टक्लिनिकबाट मुटुरोगीहरूको उपचार हाल हप्ताको तीनपटक शनिवार शनिवार सञ्चालन भइरहेको छ ।
युवा वर्गको विदेश पलायन रोक्न के सन्देश दिनुहुन्छ ?
स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुँदा अवसरको खोजीको लागि विदेश पलायन दिनप्रतिदिन बढ्दै गएको छ । संघ, प्रदेश र स्थानीय सरकारले युवा लक्षित नीतिकार्यक्रम बजेट विनियोजन गरी उद्यमी व्यवसायी बनाउनु पर्यो जसको कारण विदेश पलायन विस्तार रोकिँदै जान्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सञ्चालन गरेका प्रोजेक्ट हरू गरिबी न्यूनीकरण र उद्यमी व्यवसायी बनाउन प्रोत्साहित गर्नुपर्ने नीति केन्द्रीय सरकारले लिनुपर्छ । हरेक स्थानीय पालिकाहरूमा उत्पादन भएका कृषि उपजहरूलाई उद्योगसँग जोडेर रोजगारीको सृजना गर्ने र ग्रामीण अर्थतन्त्र बलियो बनाउने दिगो लक्ष्य हासिलका योजना लागू गर्न सकेको खण्डमा युवा बेरोजगार विस्तार कम हुँदै जान्छ । सामाजिक संघसंस्थाहरूले युवा वर्गलाई समाहित गरेर सक्षमता विकासलाई प्रोत्साहन गर्ने सामाजिक जागरण ल्याउने कार्य गर्दै जानुपर्छ । वेथिति विकृति मौलाउनु, युवामा निराशा पलाउनु राजनीति अस्थिरता हो । सरकार नागरिकको अभिभावक बनेर शिक्षा, स्वास्थ्य निःशुल्क, सुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्न सक्नुपर्छ ।
अन्त्यमा केही भन्नु छ ?
लायन्स क्लबमा आबद्ध हुनु भनेको आआफ्नो प्रतिभालाई प्रस्तुत गर्ने उद्यमी व्यवसायी बन्ने, जहाँ आवश्यकता त्यहाँ सेवामा समर्पित हुने, अन्तर्राष्ट्रिय स्तरको लायन्स क्लब हो। नेपालमा भएको पैसा विदेश जाने मात्र होइन विभिन्न प्रोजेक्टको माध्यमबाट बाहिरी देशबाट सहयोग उपलब्ध भई हाम्रो देशको विकासमा सहयोग पुगेको अवस्था छ ।. ३६५ न् मल्टी डिस्ट्रक क्लब नेपालमा १५ वटा छन् ती हाँगा अन्तर्गत २५० क्लब छन् त्यसमा ५ हजार भन्दा बेसी सदस्यहरू छन् । काभ्रेको बनेपाको लायन्स क्लबमा ५७ सदस्य रहेको अवगत गराउन चाहन्छु । क्लबमा लागेर सबै सदस्यहरूले समाजसेवामा केही न केही कार्य गरेका छन् । समाजप्रति सबै उत्तरदायी हुनुपर्छ ।.
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
