IMG-LOGO

अर्बुद रोग निवारण संस्था काभ्रे र शिर मेमोरियल अस्पतालको सहकार्यमा क्यान्सर रोगको उपचार प्रारम्भ गरियो

 मंगल, मंसिर ११, २०८१  नेपाल सुधार भैल अध्यक्ष, नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे, शाखा

         बनेपा–७, पिता नातीप्रसाद भैल, माता कृष्णमाया भैलको छोरा नेपाल सुधार भैलको जन्म २०१५ सालमा भएको हो । सामाजिक कार्यमा रमाइ उत्सुकताका साथ कार्य गर्ने नेपाल सुधार भैलले चण्डेश्वरी मन्दिर प्राङ्गण पछाडी भैल नारायणको मुर्ति निर्माण गर्नुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रको अध्यक्ष जयन्ती शाह हुनुहुन्थ्यो । २०४४ सालमा नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा गठनपछि काभ्रे जिल्ला, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखा जिल्लाका नागरिकहरुले समेत क्यान्सर निवारणको सेवा प्राप्त गर्न सकेको बताउनु हुन्छ । नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखाका अध्यक्ष भैल, उहाँ २०८० जेष्ठ २० गते देखि उक्त संस्थामा नेतृत्वमा रही क्यान्सर रोगको निवारणका लागि शसक्त भूमिका निर्वाह गर्दै आउनु भएको छ । अर्बुद रोग निवारण संस्था काभ्रे शाखाले क्यान्सर रोगीहरुको लागि प्रदान गरेको सेवा प्रवाह, भावि योजनाको सवालमा अध्यक्ष भैलसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

         नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा गठनको मुख्य उद्देश्य बारे बताइदिनुस् न ?

         नागरिकहरुलाई क्यान्सर रोग लाग्न नदिन चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, क्यान्सर रोग लागेकाहरुको निवारण गर्न सहयोग पु¥याउने कार्य २०४४ सालदेखि निरन्तर गर्दै आएको छ । महिलाहरुको पाठेघर मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर, पुरुषहरुमा भएको प्रोस्टेट क्यान्सरको निवारणका लागि कार्य गर्दै आएको छ । निकट भविष्यमा आन्द्रामा हुने क्यान्सरको निवारणको लागि समेत कार्य गर्ने योजना बनाएका छौँ ।

         संस्थालाई यहाँसम्म ल्याइपु¥याउन योगदान गर्नेहरुको सवालमा स्मरण गर्नुपर्दा कसरी सम्झन सकिन्छ ?

         २०४४ सालमा जयन्तीशाह सम्मिलित भई गठन भएको संस्थामा तत्कालिन जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रायमाझी अध्यक्ष हुनुहन्थ्यो । शेखर सत्याल, तिर्थराज शाक्य, दिपक सरकार, केजी पलाञ्चोके, कृष्ण गोपाल तौजले, रविन पलाञ्चोके लगाएतको सुरुवाती चरणमा सक्रियताका साथ कार्य गर्नुभयो । केहि समय ग्यापिङ भयो सो सँगै २०५३ सालमा समिति पुनः गठन भयो । बनेपाका तत्कालिन नगरप्रमुख डा. सुरेन्द्र बहादुर बादेको नेतृत्वमा गठन भयो । क्रमसंग संस्थाको स्थायित्व र दिगो विकासका लागि कार्य निरन्तर अघि बढ्यो । ८ आना २ पैसा जग्गामा ३ तला भवन निर्माण भयो । उक्त जग्गा बनेपा नगरपालिकाले उपलब्ध गरायो । उक्त भवन क्यान्सर सोसाइटीको नाममा छ । बनेपाका उद्यमी, व्यवसायी, स्थानीयहरु पूर्णकाजी कायस्थ, डवलकाजी श्रेष्ठ, भिमनाथ ध्वजु, कान्छाभाइ बैद्य, रामेश्वर मकै, पृथ्वीध्वज केसी, माणिकलाल श्रेष्ठ, नेपाल सुधार भैल म आफैँ यो संस्थामा प्रतिवद्ध भई लागेर क्यान्सर रोग निवारणको लागि कार्य गर्दै आएको छौँ । “प्रारम्भमा बेल्जीयम अस्ट्रेलियाबाट एसीसीएफ संस्थाबाट सहयोग प्राप्त भएको थियो । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, ब्रेस्ट क्यान्सर, पुरुषको प्रोस्टको समस्या भएकाहरुको लागि रोग लाग्नै नदिन चेतनामुलक कार्य, जुन शिरमेमोरियल अस्पतालका डाक्टरहरुको सहायतामा र हाम्रो संस्थाको प्रोग्राम अफिसर स्वास्थ्य सम्बन्धी ज्ञान भएका कर्मचारीबाट सेवा प्रवाह गर्दै आएको छ । यस्तै एनएनसीटीआर संस्थाले सहयोग पु¥याएको छ । अस्ट्रेलियाको एसीसीएफ संस्थाको सहयोग रहेको छ । हालसालै मात्र अमेरीकाबाट डाक्टर प्रकाश तौजले र डाक्टर सेरीरिडले ५२ हजार ७ अमेरीकी डलर सहयोग पठाउनु भएको छ ।”

         तपाईले नेतृत्व गरेपछि गरेका पाँच कार्यहरु बारे बताईदिनुसन् ?

         २०८१ जेष्ठ २० गतेबाट म आफू अध्यक्ष भएपछि महिलाहरुको पाठेघरको मुखको क्यान्सर निवारणका लागि हप्तामा २ पटक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । क्यान्सर रोग निवारणको लागि शिरमेमोरियल अस्पतालमा १० बेडको अस्पताल विभाग सञ्चालन गरिएको छ । शिरमेमोरियल अस्पतालको मेडिकल प्रमुख डा. एन्जेला, डा. ध्रुव सेढाइँ र अस्पताल व्यवस्थापनको सहयोगमा क्यान्सर रोग निवारणको लागि औषधी उपचार सुरु गरेको छ । क्यान्सर पिडितलाई केमोथेरापी सर्बशुलभ ढङ्गबाट प्रदान गरिएको छ । महिलाहरुमा हुने ब्रेष्ट क्यान्सर सम्बन्धी चेतनामुलक सन्देश फैलाउन लागि प¥यौँ । पाठेघरको मुखमा र ब्रेस्टमा हुने क्यान्सर सम्बन्धी परामर्श सेवा, शिरमेमोरियल अस्पतालका डाक्टरहरु, कार्यालयका स्वास्थ्य सेवामा खटिएका स्वास्थयकर्मी, कर्मचारी, सञ्चालक समिति सबैको सक्रियतामा साढे पाँचसय महिलाहरुको लागि सेवा पु¥याएको छ । क्यान्सर भएकाहरुको लागि सल्यक्रिया गर्न सहयोग उपलब्ध गराउने कार्य गरियो । क्यान्सर पिडितको उपचारको लागि १० बेडको अस्पतालमा २ बेड आइसियुकक्षको व्यवस्था समेत गरिएको छ ।

         गैर सरकारी संस्थाले अन्तराष्ट्रिय निकाय, देशका विभिन्न संघ संस्थाले सहयोगगरेको रकमको आर्थिक कारोबार पारदर्शीता गरेनन् भनेर गुनासो आउने गरेको छ । हाम्रो संस्थाको अवस्थालाई कसरी नियाल्ने ?

         गैर सरकारी संस्था सामाजिक विकासको अगुवा भइ समाजमा जागरण ल्याउने सबै खालका सामाजिक विभेदको अन्त्य, विकृति र बेथितिको विरुद्धमा अग्रर हुने हो । मुख्य उद्देश्य नै त्यहि हो । सामाजिक संस्थामा बस्ने व्यक्तिहरुले आर्थिक लाभ हानीमा रहेर कार्य गर्ने छैन् । देशको सम्बन्धीत निकायबाट त्यसको अनुगमन हुनुपर्छ । नेपाल अर्बुद रोग निवारण संस्थाले हरेक वर्ष लेखापरीक्षण गर्छ । हरेक संघ, संस्था, अन्तराष्ट्रिय दाताले दिएको सहयोग सबैको यथार्थ आर्थिक चित्रण हुृन्छ । हाम्रोमा कुनै आर्थिक क्रियाकलापमा कुनै समस्या छैन् ।

         भावि कार्ययोजना के के छन् ?

         कर्ण शाक्यको सन्तती क्यान्सर रोग पिडित भएर निधन भयो । त्यति बेला नेपालमा क्यान्सर रोगको उपचार गर्ने अस्पताल थिएन । इण्डिया जानुपर्ने अवस्था थियो । तत्कालिन नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सरकार हुँदा जनकपुर चुरोट कारखानााबट उत्पादित चुरोटमा प्रति खिल्ली चुरोटमा १ पैसा कर असुली भएको रकम क्यान्सर सोसाइटीलाई दिने उक्त रकम क्यान्सर पिडितको उपचारमा खर्च गर्ने परम्पराको सुरुवात भएपछि क्यान्सर पिडितहरुले उपचारमा केहि सहुलीयत प्राप्त भएको थियो । आज भन्दा ३ दशक अघि भक्तपुर क्यान्सर अस्पतालमा मात्र क्यान्सर सम्बन्धी रोगको उपचार हुन्थ्यो । अहिले अन्य जिल्लामा पनि उपचार सेवा सुरु भएको छ । क्यान्सर रोगका लक्ष्यणहरु त्यसको बारेमा नागरिकहरुलाई सचेतना गराउने कार्य हरेक जिल्लामा गरिनु आवश्यक छ । देशै भरीका अस्पतालमा क्यान्सरका विरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्छ । “बनेपाको शिरमेमोरियल अस्पतालबाट १ वर्ष अघि देखि महिलाहरुको पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सरको उपचार सेवा सुरु भएको छ । जुन १० बेडको अस्पताल हो । २ वटा आइसियु सहितको छ । रोटरी क्लव अफ काभ्रे बनेपाको सहयोगमा मृगौला रोगीहरुको उपचारको लागि डायलोसिस मेशीन आइसकेको छ । जडान गर्न प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग उपलब्ध नगराएको हुँदा समस्या भएको छ । निकट भविष्यमै आन्द्राको र पुरुषको लागि प्रोस्टेटको उपचारको साथसाथै मृगौला रोगको डायलोसिसको सेवा समेत प्रदान गछौँ ।”

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्