IMG-LOGO

जनताको विकास र सकृट्टिको चाहानालाई सम्वोधन भएको छ ।

 मंगल, सावन १३, २०७७  रमेश प्रसाद न्यौपाने

निर्मला शाही
उपप्रमुख
मण्डन देउपुर नगरपालिका
कोभिड १९ प्रकोपको महामारीले विश्व अर्थतन्त्रको स्वाशप्रश्वास प्रणालीलाई असहज बनाएको अवस्था छ । त्यसको असर नेपालमा पनि नराम्ररी परेको छ । नेपालको अर्थतन्त्र पनि कोरोना कहरले गर्दा थिलथिलो भएको छ । कोरोनाबाट १८ हजार ३ सय बेसी संक्रमित भएका छन् । ४५ जनाले ज्यान गुमाएका छन् । विदेशबाट स्वदेश फर्केका ५ लाख युवा वर्गलाइ रोजगारी दिने स्वदेशका युवा वर्गलाई उद्यमी व्यवसायी बनाउन आवश्यक छ । विदेशी भुमिबाट स्वदेश आएकाहरुको सिप र पूजीलाई उपयोग गर्ने गरी केन्द्र प्रदेश र स्थानीय सरकारले नीति कार्यक्रम बजेट बनाउनुपर्छ । गरिबीको रेखामुनि रहेका पिछडिएका वर्ग, दलित जनजातिहरुको जीवनमा हाँसो खुसि ल्याउन सक्ने गरी स्थानीय सरकारले बजेट ल्याउनुपर्छ । महिलाहरुको सिप विकास गरी आर्थिक सशक्तिकारण गर्नुपर्छ । शिक्षा, स्वास्थ्यको पहुच, पुर्वाधार विकास, खानेपानीको पर्याप्तता दिगो लक्ष्य हासिल गर्नको लागि मण्डनदेउपुर नगरपालिकाले कस्तो निति कार्यक्रम बजेट ल्यायो भन्ने सन्दर्भमा मण्डन देउपुरकी उपप्रमुख निर्मला शाहीसँग रेडियो एबिसी एफएम ८९. ८ मेगाहर्ज गरिएको कुराकानीको मुख्य अंश यहा प्रस्तुत गरिएको छ ।
शिक्षासँग सम्बन्धित, स्वास्थ्य, गुणस्तरीय पिउने पानी प्रबन्ध गर्न एकघर एक धारा जडान, नगरभित्रको सडक सञ्जाल निर्माण, कालोपत्रे गर्ने समुहिक व्यवसायिक खेति व्यवसायिक सामुहिक पशुपालन व्यवसाय सञ्चालन गरी नीति कार्यक्रम र बजेट ल्याइएको छ । महिलाहरको आर्थिक सशक्तिकारणको लागि २ सय महिलाहरुको सिप विकास गरिएको छ । सिंचाइ नभएको क्षेत्रमा सिंचाइको विकास गरिएको छ । गत आर्थिक वर्ष ९० प्रतिशत पुजीगत खर्च कार्य सम्पन्न भएको थियो । आर्थिक वर्ष ०७६।०७७ मा ९५ प्रतिशत पुजीगत खर्च गरी शिक्षा स्वास्थ्य पुर्वाधारको विकासमा खर्च हुने अनुमान गरिएको थियो । कोरोना भाइरस कोभिड १९ प्रकोपले अर्थतन्त्रमा संकुचन ल्याएको छ । ग्रामीण अर्थतन्त्रलाइ माथि उकास्न कोरोना प्रभावितहरुलाई राहत दिन, शिक्षा स्वास्थ्यको पहुच सबैमा पुरुयाउन, स्वरोजगार श्रृजना गर्न श्रमलाई सिपसँग जोड्न विदेशबाट स्वदेश फर्केका युवा वर्गलाई रोजगारी दिन , व्यवसायिक पशुपालन, व्यवसायिक सामुहिक कृषिखेती प्रणालीलाइ प्रोत्साहित गर्ने गरी नीति कार्यक्रम बजेट ल्याइएको छ । ९९ करोडको बजेट सार्वजनिकरण गरिएको छ । शिक्षामा गुणस्तरीयता प्रदान प्राविधिक शिक्षामा जोड एक घर एक धारा जडान गरी सबै नगरबासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन लागि परेको छ । महिला हिंसा अन्त्यको लागि जागरण अभियान दिगो शान्ति स्थापनाको लागि मेलमिलाप नीति अघि सारिएको छ । मानव अधिकारका सवाल, सबैम कानुनी सारक्षरता पुर्याउ वडा वडामा भेला गरी जागरुकता ल्याउने हरेक वडाको विकास र समृद्धिको लागि एकताबद्ध गराई जनताको विकासको अधिकारलाइ स्थापित गराउन भरपुर प्रयास गर्ने सबैको अपनत्वको अनुभुति गराउने कार्य गरिने छ । हिंसा, अंश मुद्धा साँध सधियार विवाद माना सामल भराउने लगायतको हाल सम्म १ सय ९५ नब्बे मुद्धामा १ सय नब्बे मुद्धा मेलमिलापका लागि टुङ्गाइएको छ ।न्यायको पहुँच सबैमा पुर्याउन समेत नगरपालिका दत्त चित्त भइ लागि परेको छ । सिंहदरबारको अधिकार गाउगाउमा भएको अनुभुति गराउन जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा विकास निर्माणका सवालमा हाम्रो मण्डनदेउपुर नगरपालिकाका सबै जनप्रतिनिधि कर्मचारी तन्त्र सबैको एकता बलियो बनाएर अघि बढ्न कुनै पनि कसर बाकी राखिने छैन । आगामी २ वर्ष भित्र नगरबासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गरी नगरको समग्र विकास गरिने छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्