IMG-LOGO

पोलियो विरुद्धको खोप अभियान किन ?

 मंगल, जेठ १५, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

     काभ्रेपलाञ्चोक जिल्लामा पोलियो विरुद्ध राष्ट्रिय खोप कार्यक्रम अस्ति २०८१ जेठ १३ देखि २६ गतेसम्म संचालन हुँदैछ । २०७३ बैशाख देखि २०७५ असोजसम्म विश्वमा नै पोलियो विरुद्धको आई.पि.भि खोप अभाव भएका कारण सोहि अवधीमा जन्मिएका बालबालिकाहरुलाई खोप लगाउन सकिएको थिएन । त्यसैले यस पटक २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभि खोप लगाउने लक्ष्य राखिएको छ । विशेषगरी ५ वर्ष मुनिका बालबालिकाहरुलाई उक्त खोप लगाईंदैछ ।      ५ सय ११ वटा खोप केन्द्र मार्फत् काभ्रेका १३ वटै पालिकामा रहेका १७ हजार ७ सय ५९ बालबालिकाहरुलाई खोप लगाईंदैछ । खोप कार्यक्रम, त्यसको पूर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिमुखिकरण दिने कामहरु सम्पन्न भैसकेका छन् । अन्य बालबालिकाहरुलाई भने नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाउने गरिएको छ । पोलियो रोग उल्मुलनका लागि विश्वमा यस्ता अभियान संचालन भईरहेको छ । एलर्जी हुने, सिकिस्त विरामी भएका तथा उक्त अवधी बाहेकमा जन्मिएका बालबालिकाहरुलाई भने उक्त खोप लगाउन नहुने जानकारी गराईएको छ । के हो पोलियो ?      पोलियोमाइलाइटिस अर्थात्् आर एन ए खालको भाइरस (विषाणु) ले सामान्यतः मानिसको खाद्य नलीलाई असर गरे पनि थोरै प्रतिशत संक्रमित व्यक्तिको स्नायु प्रणालीलाई असर गरी विभिन्न स्तरको पक्षघात गराउनुका साथै ज्यान लिन सक्छ ।      पोलियो खोपको आविष्कार तथा प्रचलनपूर्व विश्वको हरेक देशमा हुने गरेको पोलियो रोग सन् १९५४ देखि व्यापक रुपमा पोलियो खुवाउन र यसको सुई लगाउन थालेपछि हाल नियन्त्रणमा आएको हो । उच्चस्तरको सामाजिक आर्थिक अवस्था र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका देशहरुमा मात्र यसको संक्रमण बाँकी छ । यसरी विकसित देशहरुमा पोलियो रोग विरलै पाइए पनि खोप नलगाउने राष्ट्रका ५ वर्षमुनिका बच्चाहरुमा ५ वर्षका उमेर सम्ममा पोलियो भाइरसको संक्रमणले यो रोग विरुद्ध लड्ने क्षमता प्राकृतिक रुपमै विकसित हुन्छ । नेपालजस्तो खोप कार्यक्रम भएको देशहरुमा खोपको भाइरसले जंगली (संक्रमण प्रकारको) भाइरसलाई विस्थापित गर्दछ ।      पोलियो भाइरसका ३ प्रजाति हुन्छन् । ती मध्ये पहिलो प्रकारको प्रजातिले महामारी पैmलाउँछ । पोलियो भाइरस वाह्य वातावरणमा लामो समय बाँच्न सक्दछ । जस्तै चिसो पानीमा ४ महिना र दिसामा ६ महिना बाँच्न सक्दछ । वर्षात् मौसममा बढ्ता पैmलिने पोलियो संक्रमण दूषित खाना, पानीबाट सर्दछ । संक्रमित व्यक्तिको दिसा तथा मुख घाँटीको श्राव (¥याल) मा संक्रामक वस्तु हुन्छ । पोलियो संक्रमणको लक्षण चिन्ह देखा पर्नु १० दिन अगाडि देखि १० दिन पछाडि सम्म बढ्ता संक्रामक अवस्थामा हुन्छ ।      पोलियो संक्रमणले ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाहरुलाई बढ्ता प्रभावित गर्दछ । केटाहरुमा यस्ता संक्रमणको सम्भावना तेब्बर हुन्छ । कुनै ठाउँमा एक जना पोलियो रोगी पत्ता लाग्नुको तात्पर्य त्यो ठाउँमा थप १००० जना बालबालिकाहरु र ७५ जना वयस्क मानिसहरु पनि पोलियोबाट प्रभावित छन् भन्ने कुरा बुझ्नु पर्दछ । पोलियो संक्रमण लाग्न सक्ने व्यक्तिलाई चोट लाग्यो, कुनै शल्यक्रिया ग¥यो वा आलस्य भयो भने पोलियो लाग्ने बढ्ता सम्भावना हुन्छ । गर्भवती आमाबाट प्राप्त हुने पोलियो रोग विरुद्ध लड्न सक्ने क्षमता जन्मेको ६ महिनामा हराएर जान्छ । अतः नवजात शिशु डेढ महिना पुगेदेखि ४–४ हप्ताको अन्तरालमा तीन मात्र पोलियो खोप खुवाउनु पर्दछ । यसको अलावा बेला बेलामा खुवाउने गरेको थप पोलियो मात्रा पनि खुवाउँदै जानु पर्दछ ।      पोलियो संक्रमण लागे जतिलाई पक्षाघात (प्यारालाइसिस) हुने चाहिं होइन । पोलियो संक्रमण लागेका करिब ९५ प्रतिशत व्यक्तिहरुमा यसको कुनै लक्षण चिन्ह देखा पर्दैन । यस्ता खाले बिरामीहरुमा ल्याब परीक्षण गर्दा भाइरस पत्ता लाग्ने वा उक्त रोग विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि भएको पाइन्छ ।      करिब ४ देखि ८ प्रतिशत संक्रमित व्यक्तिहरुमा सामान्य खालको समस्या देखा पर्दछ । जुन आपैm निको भएर जान्छ । एक प्रतिशत संक्रमित व्यक्तिहरुमा पक्षाघात (प्यारालाइसिस) नहुने खालको पोलियो संक्रमण हुने हुनाले घाँटी (गर्दन) तथा पिठ्यु अररो हुने मात्र हुन्छ । यस्तो खाले संक्रमण मेनिन्जाइटिससँग मिल्दोजुल्दो हुन्छ । तर, एक प्रतिशतभन्दा कम संक्रमित व्यक्तिहरुमा पक्षाघात हुने खालको (गम्भीर प्रकारको) पोलियो संक्रमण हुन्छ । हातखुट्टा लुलो हुने, सुकेर जाने, सुुरुतिर ज्वरो आउने पनि हुन्छ । हात खुट्टा लुलो हुने समस्या बढ्दै जाने तथा लुलोपनासँगै काम छुट्ने, बेहोस हुने समस्या पनि छ भने पोलियो संक्रमण नभई अन्य कुनै संक्रमण हुनसक्छ । अतः यसबारे स्पष्ट हुन चिकित्सकलाई राम्ररी जाँच पड्ताल गराउनु पर्दछ ।      पोलियो संक्रमणको ठ्याक्कै कुनै उपचार छैन । अतः रोकथामका लागि पोलियो थोपा खुवाउनुपर्दछ । तर पोलियो संक्रमणबाट प्रभावित शरीरको भाग, मांसपेशी तथा जोर्नीलाई बढ्ता असर हुन नदिन वा अपाङ्ग हुनबाट जोगाउन समयमै फिजियोथेरापी (शारीरिक अभ्यास) एवं आवश्यक हेरचाह गर्नुपर्दछ । पोलियो संक्रमण विरुद्धको खुवाउने पोलियो थोपा सन् १९५७ मा पत्ता लागि प्रचलनमा आएको हो । मुखबाट खुवाउने खालको पोलियो थोपाले तीनै प्रजातिको पोलियो भाइरसबाट बचाउँदछ । संक्रामक रोग, गम्भीर प्रकारको ज्वरो तथा झाडापखाला, क्यान्सर लागेका तथा स्टेरोइड औषधि सेवन गरिरहेका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउनु हुँदैन

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्