यो सम्पादकीय टिप्पणी लेख्दा हाम्रा प्रधानमन्त्री बालेन साह भारत भ्रमणमा छन् । प्रधानमन्त्री भएपछि एक वर्षसम्म कतै विदेश भ्रमण गर्दिन भन्ने बालेन सात महिनामा मै आफ्नो भनाइ उलंघन गरे । राजनीतिक सम्वाद नचाहने, कतै कार्यक्रममा गएर भाषण नगर्ने संसदमा पनि नबोल्ने, प्रश्नउत्तर कार्यक्रममा सहभागी नहुने हाम्रा प्रधानमन्त्रीको क्रेज भने उस्तै छ । उनले आफ्नो भ्रमणमा पहिलेका परम्परालाई क्रमभङ्ग गरेका छन् । केही परम्परा राज्यका आफ्नै थितिलाई पछ्याउनु पथ्र्यो तर त्यसो नगर्नु उनको अहमकार देखिन्छ । जुन बाहिर भिडले राम्रो भने पनि त्यो पहिचान छोडन हुँदैन थियो । श्रीमती भ्रमणमा लानु नलानुको उनका कुरा हुन् तर राष्ट्रपतिलाई अवगत नगराउनु राष्ट्रपतिलाई बेवास्ता मात्रै होइन गणतन्त्र मान्दिन भन्ने पनि सन्देश हो । नेपाल भारत सम्बन्ध सदियांै पुरानो सम्बन्ध हो । हाम्रा दुई देश बीचका सम्बन्ध नाता धर्म र सस्कृतीसँग पनि मिल्छ । यो सम्बन्ध दुई देश बीचमा मात्रै होइन तल जनतासँग पनि सदियौ देखि छ र रहिरहने छ । हाम्रो जस्तो सम्बन्ध भारतको अर्को देशसंग नहोला तर पनि हामी भारतीय शासकबाट बेला बेलामा पीडित हुने गरेका छौ हो यसको नयाँ समय नेतृत्वले नयाँ किर्तिमान कायम गर्नुपर्ने हो । त्यस कारण प्रधानमन्त्री बालेनको भ्रमण फलदायी हुने नहुने कुरामा निर्भर गर्छ । सीमा विवाद लगायत हामीले नमिलेका कुरा छिटोभन्दा छिटो कुटनैतिक माध्यमबाट मिलाएर सम्बन्धलाई नयाँ उचाई दिनुपर्छ । प्रधानमन्त्री भारत भ्रमण गर्नु अघि हाम्रो तयारी कतिको थियो ? ती एजेन्डाहरु यस्ता भ्रमणमा खुलस्त राख्नु पर्छ । मुख्यकुरा हाम्रो अर्थतन्त्र उकास्ने हो त्यसका लागि ब्यापार घाटा होइन ब्यापारमा फाइदा हुनुपर्छ । नेपाली उत्पादनमा सहज प्रवेश हुनुपर्छ । दुबै देशको साझेदारीमा हाम्रो देशमा कल कारखाना उधोग खोलिनु पर्छ । भारतले २०७२ मा भुकम्प जादा देखि आफुले कबुल गरेको सहयोग समयमै उपलब्ध गराउनु पर्छ । भारतमा रहेका नेपालीको सुरक्षा र रोजगारीमा भेदभाव हुन हुँदैन । यिनै साना साना कामले नै हाम्रो सम्बन्धलाई मजबुत बनाउँछ ।
