IMG-LOGO

त्यो भदौ २३ र आज भदौ २३

 मंगल, भदौ २३, २०८३  -

    दिनले रातलाई रातले दिनलाई लखेटा लखेट गरेर हप्ता सकिन्छ । हप्ताले हप्तालाई लखेटेर महिना मर्छ । महिनले महिनालाई लखेटेर वर्ष पुग्छ भने वर्षले बर्षलाई लखेटेर दशक र दशकले लखेटेर शताब्दी यसरी लेखेर हिसाब किताब राखे इतिहास बन्छ । त्यही इतिहास नयाँ पिढीले पढ्छन् ,सिक्छन्, अब यस्तो नहोस् भनेर सजक हुन्छन् । नेपालको इतिहासमा २०८२ भदौ २३ गते केपी ओली सरकारको उन्मादले भएको घटना थियो जिन्जी बिद्रोह । उक्त दिन २३ जनाको ज्यान गएको थियो । त्यसै जेन्जी आन्दोलनलाई अपहरण २४ गते उत्पात मच्चाइएको थियो । तिनै उत्पात मच्चाउन सफल भएकाको अहिले रजगज छ । यो भदौ २३ भदौ १० गते भोटेकोसीमा बाढी आएर प्रलयको  महा–विपत्तिले शोकाकुल छ ।     जेन्जी बिद्रोह त्यत्तिकै भएको थिएन । यसमा बिदेशीको लगानी थियोे भन्ने प्रशस्त आधार छन् । इतिहास भएका सबै पार्टीका नेताका निजी निवासमा आगजनी लुटपाट मात्रै भएन पाँच पल्ट प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा दम्पतीमाथि हमला भयो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल पत्नीको झन्डै ज्यान गएको थियो । संसद भवन सिंहदरबार र सर्वोच्च अदालत नियोजित योजनामा जलाइदिएका थिए । नेपालको इतिहासमा यो विद्रोह भएको ४८ घन्टा नबित्दै सरकारबाट केपी ओली हट्नु परेको थियो । त्यसपछि नेपालको संविधान २०७२ कोमा गएको थियो । संविधानले नचिनेको ब्यक्ति सुशीला कार्कीलाई सेनासङ्ग वार्ता गरेर छ महिना भित्र चुनाव गराउने भनेर  प्रधानमन्त्री बनाइयो । फागुन २१ मा चुनाव भयो कसैले विश्वास नगरेको परिणाम चुनावमा आयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा झण्डै दुई तिहाइको जनमत प्राप्त पछि बालेन साहको नेतृत्वमा सरकार गठन भयो । त्यही सरकार अहिले छ ।      पोहोर भदौ एक किसिमले दुख्यो यो सालको भदौले प्रकृतिले ताण्डव नृत्य ग¥यो । रसुवा जिल्लामा आएको भोटेकोसीको बाढीले हजारौंलाई बेपत्ता बनायो । जनधनको क्षतिको कुनै लेखाजोखा नै गर्न मुस्किल छ । यो नेपालमा आएको प्रलय र महाबिपत्ति थियो । हिजो भदौ २२ गते सोमबार राष्ट्रियरूपमा नै शोक दिवस मनाइसकिएको छ । हामी सरकारलाई पीडितको उद्दार राहत पुनःस्र्थापना र पुनर्निर्माणमा जोड दिन हार्दिक अनुरोध गर्दछौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्