भदौ २३–२४ को जेन्जी बिद्रोह कसरी भयो ? बिद्रोहका कारण, कार्य र परिणाम बारे तपाईंको धारणामा एक मत हुन नसकी बामपन्थी एकताको चर्चा बेकार र बेतुक हो भन्न सकिन्छ । झन् नेकपा एमालेका अध्यक्ष केपी ओली जस्तो दम्भी, अभिमानी, अहमकारी र तुच्छ स्वभावका नेता भए सम्म हामी बाम एकताको कुरा नगरे हुन्छ । देश र जनतालाई पटकपटक धोका दिने ओली बाहेक एमालेका नेता कार्यकर्तालाई एकताका लागि बिद्या भण्डारीले आह्वान गर्नु पर्दछ । हिजो मिल्दा स्वर्ग नर्क संगै जाने भनेर देउवासंग मिल्या होईनन् ओली ? प्रचण्डलाई त्यत्रो अपमान गर्ने । माधव कुमार नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने ओलीले जनयुद्धको त्यत्रो सत्तो सरापलाई मात्रै गरेनन् २०६२÷०६३ आन्दोलन सुरु भएको बेला ठेला गाडा चढेर अमेरिका पुगिन्न भनेको कुरा यो जगले भुलेको छ र ? राजनीतिमा ओली त्यस्ता पात्र हुन्, उनी सबैलाई तल पार्न चाहन्छन् । उनका अगाडि प्रचण्ड लागायतका नेताहरुले अडान र ठेगान राख्न सक्नु पर्छ । राजनीति सम्भावनाको खेल हो भन्दैमा पटकपटक ओलीका धोकाबाट नचेत्ने हो भने प्रचण्ड फेरि ओलीसंगै मिले अर्को आत्मघाती निर्णय हुनेछ । कागतीको बोटमा कहिल्यै सुन्तला फल्दैन । ओली कहिल्यै सुध्रने नेता होइनन् । ओलीलाई जेन्जी बिद्रोहले सुलुत्तै निलिदिएको छ । उनको नेतृत्व कम्युनिष्ट पार्टीका लागि झन् घातक हुनेछ । अबका ५७ महिनासम्म सत्ताको आशै नगरे हुन्छ । हामीलाई थाहा छ केपी ओलीले पोहोर साल मदन भण्डारीको जन्म जयन्तिमा के बोलेका थिए । आफ्नो विकल्पमा बिद्या भण्डारीले एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि त्यही सभाबाट ओलीले मदन भण्डारीकै अपमान हुनेगरी बोलेका भनेका थिए–चार वटी श्रीमती र सहकारी ठगीको आरोप लागेको भनेर मदनप्रति अपमान गरेका ओलीले विद्याको पार्टी सदस्यता नै नवीकरण नगर्ने निर्णय लिएका थिए । ओलीसँग विवादकै कारण माधव नेपाल र झलनाथ खनालले आफैं संस्थापक भएर बनाएको एमाले छोडेका कुरा साह्रा संसारलाई थाहा छ । जेन–जी आन्दोलनका क्रममा सेनाको हेलिकोप्टरबाट ज्यान जोगाउनु परेका ओलीका निम्ति यो पहिलो सार्वजनिक कार्यक्रम थियो । जहाँ, उनले आफ्ना पुरानै अडानलाई निरन्तरता दिए । ओलीले जस्तो अडान लिएपनि दुवै पार्टीका नेताहरूले यो कार्यक्रमलाई वाम एकताको बहस सुरु गरिएको रुपमा बुझेका छन् । ’भोलि के हुन्छ थाहा छैन, तर तिक्ततापूर्ण सम्बन्धमा रहनुभएका नेताहरू एउटै मञ्चमा उभिएको सन्देश देशभर गयो तर ओली नै बाम एकताका बाधक हुन् ।
