IMG-LOGO

किन रोयो बुद्ध

 मंगल, बैशाख २२, २०८३  निमेष निखिल

आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध योद्धालाई थाहा छैन किन भयो युद्ध ।   पखेरीमा लालीगुराँस फक्रिएको छैन मनभरि हेर्ने प्यास निख्रिएको छैन किन हुन्छ समय यो मान्छेदेखि क्रुकद्ध योद्धालाई थाहा छैन किन भयो युद्ध ।   रोएको छ गाउँ सहर हिंसा जताततै मान्छेभन्दा ठूलो शत्रु देखिएन कतै मानिसको मुटु कालो कहिले होला शुद्ध योद्धालाई थाहा छैन किन भयो युद्ध ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्